युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:31pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
विश्व राजनीतिमा हलचल मच्चिएको वर्ष २०१६
Thursday, 12.29.2016, 03:01pm (GMT+5.5)

सन् २०१६ विश्व राजनीतिमा हलचल मच्चिएको वर्षका रुपमा रहेको छ । सबभन्दा ठूलो हलचल अमेरिकी राष्ट्रपतीय निर्वाचनले मच्चायो । अमेरिकी राष्ट्रपतीय निर्वाचनले । निर्वाचनमा उम्मेदवारी दर्ता एवं प्रचार, प्रसारको शुरुवातदेखि नै चुनावी मैदानमा अन्य उम्मेदवारहरू उत्रेका देखिए तापनि रिपब्लिकन पार्टी तर्फका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्य्राटिक पार्टीकी उम्मेदवार, पूर्वविदेशमन्त्री हिलारी क्लिन्टबीच मात्र प्रतिस्पर्धा भए जस्तो देखियो र यो अवस्था अन्त्यसम्म पनि कायमै रह्यो ।

प्रचारप्रसारको सुरुदेखि नै अमेरिकी जनता, पर्यवेक्षक र अमेरिकी राजनीतिसँग सरोकार वा चासो राख्ने बाह्य विश्व समूदायले हिलारी क्लिन्टनले जित्ने नै बलियो अनुमान गरेका थिए । अमेरिकी राष्ट्रपतीय चुनावको प्रमुख एजेन्डा आतंकवादविरुद्ध लड्ने प्रतिबद्धता रहेको थियो । ट्रम्पको कतिपय आक्रामक अभिव्यक्तिले अमेरिकाभित्र मात्र होइन बाहिरी विश्वमा पनि तरंग ल्यायो । हिलारी क्लिन्टनको अभिव्यक्ति त्यति आक्रामक र ताता भने थिएनन् ।

क्लिन्टनले विशेष गरी आप्रवासीसम्बन्धी कानुनलाई खुकुलो बनाउने वर्तमान राष्ट्रपति बाराक ओबामाको नीतिकै निरन्तरताको कुरा बढी गर्नुभएको थियो । उहाँ अमेरिकामा आप्रवासी सम्बन्धी कानुनको नरमपन्थी हुनुहुन्थ्यो । सबै मुस्लिम समुदायलाई आतंककारीको कोटिमा राखिनु अराजकता निम्त्याउनु मात्र हो भन्दै उहाँले मुस्लिम समुदायका विरुद्धमा ट्रम्पले दिएको अभिव्यक्तिको पनि विरोध गर्नु भएको थियो ।

विश्वको शक्तिराष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने संयुक्त राज्य अमेरिकाको इतिहासमा नै पहिलो पटक सशक्त महिला उम्मेदवार चुनावी मैदानमा उत्रनाले विश्वभर नयाँ चर्चाको विषय बनेको थियो ।

यथार्थमा पनि क्लिन्टनको निकटतम प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प मात्र देखिनुभो र चुनावी प्रचारप्रसारका क्रममा क्लिन्टन र ट्रम्पकाबीच धेरै पटक बाकयुद्ध र बाझाबाझ चल्यो । कतिपय राज्यहरूमा त रिपब्लिकन पार्टीका नेताहरूले आफ्नो मातृ पार्टीका उम्मेदवार नेता डोनाल्ड ट्रम्पलाई समर्थन नगर्ने बरु डेमोक्य्राटिक पार्टीकी उम्मेदवार क्लिन्टनलाई समर्थन गर्ने लहडवाजी समेत चल्यो ।

यसपटक उम्मेदवारको लैङ्गिक विषयले व्यापक चर्चा पाएको थियो । निर्वाचनताका भने राजनितिक हिसाबले पनि ट्रम्पभन्दा हिलारी अगाडी नै हुनुहुन्थ्यो ।

तर, गत नोभेम्बर ८ मा सम्पन्न भएको निर्वाचनमा समग्र विश्व र बहूसंख्यक अमेरिकीले लगाएको अड्कल फरक पर्न गयो । चुनावी प्रचार प्रसार अभियानको क्रममा कम सभ्य शैलिमा, आक्रामक शव्दवाणबाट आफ्ना विपक्षी र अन्य समुदायलाई अनेक लान्छना लगाउनुहुने अमेरिकी खर्बपतिको रूपमा परिचित, रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति पदमा निर्वाचित हुनुभो ।

अमेरिकाको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्न विजयको नजिकै पुग्न लाग्नुभएकी क्लिन्टनले अन्तिम क्षणमा पराजयको पीडा भोग्नु प¥यो । सम्पूर्ण विश्वलाई महिला अधिकारको पाठ सिकाउने अमेरिकाको ४५औं राष्ट्रपति पदमा पनि बर्षौदेखिको राजनितिक इतिहास बोकेकी एउटी महिला विजयी हुन सकिनन् । फेरि पनि अरु साधारण देशले दिएजति पनि अमेरिकी मतदाताले महिलालाई महत्व दिन नसकेको जस्तो देखियो ।

यस वर्ष कोलम्बियामा आधा शताब्दीभन्दा अगाडीदेखि जारी द्वन्द्वको अन्त्य भएको छ । कोेलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क)सँग भएको शान्ति सम्झौता संसद््ले पारित गरेपछि कोलम्बियामा शान्ति प्रक्रिया संस्थागत भएको छ ।

सरकार र विद्रोही समूहबीच भएको सोसम्झौता संसद्ले पारित गरेपछि सम्झौताले पहिलो चरणको परीक्षा उत्तीर्ण गरी अव यसको परीक्षणकाल सुरु भएको र यसले राष्ट्रको ५२ वर्ष पछिको लामो गृहयुद्धको अन्त्य गरेको छ ।

वर्तमान कोलम्बियाली राष्ट्रपति सान्तोसको अथक प्रयासको कारण उक्त शान्ति सम्झौताले मूर्त रुप लिएकोमा राष्ट्रमा चीर शान्ति स्थापनार्थ उहाँले दिनु भएको प्रशंसनीय योगदानको कदर गर्दै सन् २०१६ को नोवेल शान्ति पुरस्कारद्वारा उहाँ विभूषित हुनु भएको थियो ।

त्यस्तै बेलायतमा गत जुन २३ मा युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा भएको जनमत संग्रहको परिणामले बेलायतलाई युरोपेली संघ छोड्ने जनादेश दियो र औपचारिकरुपमा बेलायतले बाहिरिने घोषणा पनि गर्यो (यस प्रक्रिया छोटकरीमा ब्रेक्जिट शव्दले परिचित छ) ।

तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो भित्री इच्छाको विपक्षमा आएको जनमतको यस्तो परिणाम सँगसँगै आफनो पदबाट राजिनामा दिने घोषणा गर्नु भो । शुरुमा उहाँले आफ्नो पदबाट तीन महिनाभित्र राजिनामा दिने घोषणा गर्नुभए तापनि महिना दिन मात्र पनि पदमा बसिरहन सहज ठान्नुभएन र सत्ताबाट बाहिरिनु भयो ।

यस्तै, पश्चिम युरोप नजिकैको राष्ट्र टर्कीमा गत जुलाई १५ मा भएको एक असफल सैनिक ‘कू’ पछि टर्कीमा अर्को हलचल मच्चियो । एकजना सैनिक जर्नेलको नेतृत्वमा भएको असफल ‘कू’ को प्रंयासपछि राष्ट्रपति रेसेप तैयप एर्डोगानले ‘कू’ मा संलग्न हुने वा प्रत्यक्ष, परोक्ष रुपमा सघाउने आफू विरुद्धका सैनिक अधिकारी, सार्वजनिक सेवाका कर्मचारी वा अन्य जो कोही पनि संदिग्ध मानिसले जेल भर्ने अभियान नै शुरु गर्नुभयो ।

यता एसियाली मुलुक दक्षिण कोरियाको इतिहासमा पहिलो महिला राष्ट्रपति पार्क गेउन हाइविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसद्को बहूमतले पारित गरेको छ । महाअभियोग प्रस्तावबाट अपदस्थ राष्ट्रपति पार्क सन् १९५२ फेब्रुअरी २ मा जन्मनुभएको उहाँले ११औँ राष्ट्रपतिको रुपमा सन् २०१२ मा आफ्नो कार्यभार सम्हाल्नु भएको थियो ।

सामान्यतया शान्त र राजनीतिक उतार चढावभन्दा टाढा रहने भनेर मानिएको दक्षिण कोरियामा राष्ट्रपति पार्क गेउन हाइविरुद्ध सडकमा बिशाल जनप्रदर्शन र विरोध सभा सन्चालन हुनाले गत दुई महिनाभन्दा बढी समयावधिदेखि सोल र अन्य नगरहरू समेत अशान्त थिए ।


Rating (Votes: )   
Share     Print


Other Articles:
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु (12.20.2016)
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक (11.29.2016)
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप (04.27.2016)
महेश्वर शर्मा अभिनन्दिन (04.12.2016)
मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु (04.12.2016)
द्वन्द्वग्रस्त सिरिया शान्ति वार्तामा सहभागी हुने (01.13.2016)
वर्ष २०१५ का प्रमुख विश्व घटना (01.05.2016)



 
::| Latest News

 
[Page Top]