युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:25pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
अमेरिकी कूटनीतिज्ञ निकाला गर्ने रूसको तयारी
Wednesday, 01.04.2017, 11:48am (GMT+5.5)

विश्वका दुई शक्ति राष्ट्र अमेरिका र रूसबीच यतिबेला कूटनीतिज्ञ निकाला गर्ने होड चलेको छ । केही दिन अघि ओबामा प्रशासनले आफ्ना अमेरिकास्थित ३५ जना कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णयलाई पछ्याउँदै रसियास्थित ३५ जना अमेरिकी कूटनीतिज्ञलाई फिर्ता पठाउने प्रस्ताव गरेको रसियाली विदेश मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।

रसियाली विदेश मन्त्री सर्गेइ लाभरोभले अमेरिकी प्रशासनबाट आफ्ना वासिङटनस्थित दूतलाई फिर्ता पठाउने निर्णयको प्रतिक्रियास्वरूप मस्कोले पनि मस्कोस्थित अमेरिकी कुटनीतिक अधिकारी लाई फिर्ता गर्न राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिफारिस गरेको बताउनु भयो । 

यसै साता अमेरिकी ओबामा प्रशासनले रसियाले अमेरिकी निर्वाचनमा गोप्य इमेल सार्वजनिक गरी डेमोक्रेटिक पार्टीका नेता हिलारी क्लिन्टनको निर्वाचन अभियानमा बदनाम गर्न रिपब्लिकन पार्टीलाई सघाएको लगायतका अन्य हस्तक्षेपकारी भूमिका खेलेको भन्दै ३५ जना रसियाली कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय लिएको  थियो ।

मस्कोले फिर्ता पठाउन सिफारिस गरेका अमेरिकीमध्ये ३१ जना रसियास्थित अमेरिकी राजदूतावासमा कार्यरत कर्मचारी रहेका छन् भने चार जना सेन्टपिटर्सबर्गस्थित अमेरिकी महावाणिज्य दूतावासका कर्मचारी रहेका छन् । 

ट्रम्पको नीति हेरेर निर्णय लिइने ः पुटिन

यसैबीच विदेश मन्त्रालयबाट आएको सिफारिसलाई रसियाली राष्ट्रपति पुटिनले तत्काल कार्यान्वयनमा नलग्ने प्रतिक्रिया दिनुभएको छ । पुटिनले अमेरिकाद्वारा लगाएको आरोपको पहिले नै खण्डन गरिसक्नुभएको थियो । विदेश मन्त्रालयबाट आएको सिफारिसलाई रसियाली राष्ट्रपति पुटिनले केही दिनमा अमेरिकी प्रशासनमा परिवर्तन हुने अवस्थालाई मध्यनजर राख्दै विदेश मन्त्रालयको प्रस्तावलाई तत्काल कार्यान्वयनमा नलग्न निर्देशन दिनुभएको बताइएको छ ।

पुटिनलाई बर्तमान ओवामा प्रशासनले ट्रम्पको सहयोगी भएको आरोप लगाउदै आएको छ भने ट्रम्प तथा रसियाले यसको खण्डन गर्दै आएका छन् ।



Rating (Votes: )   
Share     Print


Other Articles:
विश्व राजनीतिमा हलचल मच्चिएको वर्ष २०१६ (12.29.2016)
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु (12.20.2016)
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक (11.29.2016)
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप (04.27.2016)
महेश्वर शर्मा अभिनन्दिन (04.12.2016)
मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु (04.12.2016)
द्वन्द्वग्रस्त सिरिया शान्ति वार्तामा सहभागी हुने (01.13.2016)



 
::| Latest News

 
[Page Top]