युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:23pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
ट्रम्पको सपथ ग्रहण अभ्यासको तयारी
Wednesday, 01.18.2017, 12:41pm (GMT+5.5)

आगामी २० जनवरीका दिन सम्पन्न हुन गइरहेको अमेरिकाको ४५ औँ राष्ट्रपति पदको औपचारिक सपथ ग्रहण दिवस आउन अब पाँच दिन मात्र बाँकी छ । यसै दिन निवर्तमान र नवनिर्वाचित राष्ट्रपतिबीच शान्तिपूर्ण सत्ता हस्तान्तरण र बरबुझारथ गरिने कार्यक्रमको आयोजना पनि भएको छ ।
 
निर्धारित समय तलमाथि हुन नपाओस् र आगामी सपथ ग्रहण समारोहका सबै कार्यक्रमहरूमा सानातिना बाधा व्यवधान पनि आउन नपाई एकदमै सहज ढङ्गबाट सम्पन्न होउन् भन्ने उद्देश्यले आज नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्स लगायत अन्य विशिष्ट व्यक्तिहरू वाशिङ्गटन डी.सी.को क्यापिटोल हिलमा अवस्थित अमेरिकी कँग्रेसको मुख्यालय क्यापिटोलमा पोशाक अभ्यास (ड्रेस रिहर्सल) कार्यक्रममा सरिक भएका छन् ।

यस छायाँ सपथ ग्रहण कार्यक्रममा सरिक गराउन आयोजकहरूले एकजना विशेष व्यक्तिलाई पनि निम्तो दिएका छन् । कार्यक्रम अवधिभर यिनी राष्ट्रपति बाराक ओबामाको भूमिकामा प्रस्तुत हुने छन् ।   

वर्तमान राष्ट्रपति बाराक ओबामाको अनुहार, उचाई, तौल, छालाको रङ्ग, हाउभाउ, चालढाल, बोलिचालीसँग काटीकुटी दुरुस्तै मिल्ने भएकाले नर्थक्यारोलिना निवासी, अमेरिकी सेनामा सर्जेन्ट पदमा कार्यरत यिनै २६ वर्षीय युवकलाई आयोजकहरूले चयन गरेका हुन् ।

आयोजकहरूले यी युवकलाई आफ्नो भूमिका निर्वाह गर्न चयन गरेको कुरो राष्ट्रपति ओबामाले केही दिन अघि थाहा पाउनु भएपछि लौ जा १, यिनको कान त मेरो जत्रो ठूलो रहेन छ नि भनी टिप्पणी गर्नु हुँदा त्यहाँ उपस्थित ब्यक्तिहरूबीच हाँसोको फोहोरा छुटेको थियो ।

ट्रम्प र पुटिनको भेट आइसल्याण्डमा हुने
अमेरिकी राष्ट्रपतिमा निर्वाचति डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग आपूm अमेरिकी राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेपछि आइसल्याण्डमा शिखर सम्मेलनको आयोजना गरी भेटवार्ता गर्ने योजना रहेको खुलासा बेलायतको सन्डे टाइम्सले गरेको छ । 

अमेरिकी राष्ट्रपतिको जिम्मेवारी लिएलगत्तै केही हप्ताभित्र आइसल्याण्डमा एउटा शिखर सम्मेलन गर्ने र त्यही वासिङ्टन र क्रेमलिनबीचको सम्बन्ध पुनःस्थापित गर्ने विषयमा छलफल हुने योजना भएको उक्त पत्रिकाले एक बेलायती उच्च अधिकारीलाई उद्धृत गर्दै बताएको छ । अधिकारीको नाम भने पत्रिकाले सार्वजनिक गरेका छैन । 

१९८६ मा अमेििरकी र रसियाबीच शीतयुद्ध जारी रहेकै समयमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र मिखायल गोर्वाचोभको आइसल्याण्डको रेयकजाभिक भेटपछि सम्भवत दुई देशका बआलवाला शिर्ष नेताबीचको पहिलो भेटवार्ता हुने छ । 

सन्डे टाइम्सले उक्त स्रोतलाई उद्धृत गर्दै भनेको, “मस्कोले ट्रम्प  र पुटिनबीच हुने सम्मेलनबारे सहमति जनाइसकेको छ ।” तर आइसल्याण्डले सम्मेलनबारे आपूmलाई जानकारी नभएको बताउँदै मस्को र वासिङ्टनबीचको सम्बन्ध सुधार गर्न सहयोगी भूमिका खेल्ने सम्मेलनको आयोजना गर्न भने आपूm इच्छुक रहेको जनाएको छ । 

आइसल्याण्डका विदेशीमन्त्री गुडलाउगर थोर थोडार्सनले भन्नुभयो, “आइसल्याण्ड सरकारले यस विषयमा आपूmलाई कुनै जानकारी पाएको छैन । यदि वासिङ्टनले रेयकजाविकमा सम्मेलन गर्ने औपचारिक अनुरोध गरेमा आइसल्याण्ड सरकार सम्मेलनको आयोजना गर्न तयार रहनेछ ।”

ट्रम्पले रसियाली नेता पुटिनको प्रशंसा गर्दै आएपनि अमेरिकी गुप्तचर निकायको रसियाको निर्देशनमा अमेरिकी निर्वाचनसमयमा इमेल चुहायर निर्वाचनलाई प्रभावित पार्न खाजेको भनाइलाई अतिच्छापूर्वक स्वीकार गर्नुभएको छ । 

‘द वाल स्ट्रीट जर्नल’लाई शुक्रबार दिएको अन्तवार्तामा ट्रम्पले साइबर हमलामा दोषी भन्दै रसियामाथि अमेरिकी प्रशासनद्वारा लगाइएको नाकाबन्दी हटाउन सक्ने बताउनुभएको छ । तर ट्रम्पले रसियालाई अमेरिकाको मुख्य आक्रमणको केन्द्र बनेको जिहादी समूहमाथिको कारवाहीमा सहयोग गर्नुपर्ने पनि अन्तवार्तामा बताउनुभएको जनाइएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रपति विदा हुनुपूर्व क्षमदान गर्ने लहर र चर्चा (01.12.2017)
अमेरिकी कूटनीतिज्ञ निकाला गर्ने रूसको तयारी (01.04.2017)
विश्व राजनीतिमा हलचल मच्चिएको वर्ष २०१६ (12.29.2016)
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु (12.20.2016)
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक (11.29.2016)
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप (04.27.2016)
महेश्वर शर्मा अभिनन्दिन (04.12.2016)



 
::| Latest News

 
[Page Top]