युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:24pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
३० लाख आप्रवासीको छानबिन गर्दै अमेरिका
Wednesday, 02.15.2017, 12:40pm (GMT+5.5)

राष्ट्रपति निर्वाचन अभियानदेखि नै मुस्लिम आतंकवादी गैरकानुनी रुपमा अमेरिकामा बसिहेकाहरूप्रति कडा रबैया देखाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैरकानुनी रुपमा बसेकाहरूको खोजी सुरु गरेको छ ।

एक साता अघिदेखि थालिएको यो अभियानका क्रममा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सुरु भएको हो ।

प्रहरी कारबाहीपछि अमेरिकामा बसोवास गरेका हजारौँ आप्रवासी तनावमा परेका छन् । आप्रवासी प्रतिबन्ध लगाउने ट्रम्पको कार्यकारी आदेशलाई अमेरिकी अदालतले प्रतिबन्ध लगाएको सन्दर्भमा सरकारले गैरकानुनी आप्रवासीमाथि छापा तीव्र पारेको हो ।

अमेरिकामा ३० लाख आप्रवासी गैरकानुनी रूपमा बसोवास गरेको भन्दै ट्रम्प प्रशासनले उनीहरूलाई देशनिकाला गर्ने योजना बनाएको छ । सोही योजनाअनुरूप प्रहरीले गैरकानुनी रूपमा बसोवास गरेका आप्रवासीमाथिको अनुसन्धानलाई तीव्र पारेको हो ।

एटलान्टा, सिकागो, न्युयोर्क, लस एन्जल्स, नर्थ क्यारोलाइन, साउद क्यारोलाइनालगायतका राज्यमा बसोवास गर्ने आप्रवासीमाथि प्रहरीले छापा मारेको वासिंग्टन पोस्टले जनाएको छ । प्रहरी छापाका कारण आप्रवासी समुदायमा त्रास उत्पन्न गरेको आप्रवासीको अधिकारका लागि कार्यरत विभिन्न संघसंस्थाले जनाएका छन् ।

ट्रम्प प्रशासनले अपराधको अभियोग लागेका वा अदालतले दोषी ठहर गरेका आप्रवासीलाई तत्कालै देशनिकाला गर्ने जनाएको छ । उता अधिकारीहरूले भने आप्रवासीमाथिको छापा नियमित कार्य भएको जनाएका छन् ।

गृह मन्त्रालयका प्रेस सेक्रेटेरी गिलियन क्रिस्टिेनसेनले आप्रवासीमाथिको अनुसन्धान नियमित कार्य भएको बताउँदै देशको आप्रावाससम्बन्धी कानुन उल्लंघन गर्ने जो–कोहीमाथि अनुसन्धान हुने पनि बताए ।

त्यसो त पूर्वराष्ट्रपति ओबामाको शासनकालमा पनि गैरकानूनी रूपमा बसोवास गरेका आप्रवासीमाथि अनुसन्धान भएको थियो । ओबामा प्रशासनले देशका लागि खतरनाक र सुरक्षित गरी आप्रवासीलाई दुई तहमा वर्गीकरण गरेको थियो ।

ओबामाको कार्यकालमा २० लाख गैरकानुनी आप्रवासीलाई देशनिकाला गरिएको थियो । सोपछि आलोचकहरूले ओबामालाई ‘डिपोर्टर इन चिफ’को संज्ञा दिएका थिए ।

यसै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निश्चित देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश ल्याउने तयारी गरेका छन् । मुस्लिम देशका आप्रवासीलाई अमेरिका प्रतिबन्ध लगाउने आदेशलाई अदालतले उल्ट्याइदिएपछि राष्ट्रपति ट्रम्पले नयाँ कार्यकारी आदेशबारे योजना बनाएका हुन् ।

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको आलोचना
युरोपियन युनियन (ईयू) ले उत्तर कोरियाले आइतबार गरेको क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा आलोचना गर्दै यस्ता उत्तेजनात्मक गतिविधि ईयूका लागि अस्वीकार्य भएको जनाएको छ ।

ईयूले लगातार रूपमा उत्तर कोरियाले गरेका हतियार परीक्षण संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को हतियारसम्बन्धी सङ्कल्प प्रस्तावको अर्को उल्लङ्घनको घटना भएको बताएको छ ।

ईयूको कूटनीतिक मामिला हेर्ने बाह्य गतिविधि सेवा (ईईएएस) का प्रवक्ताले हतियार परीक्षणको निन्दा गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र प्रविधिसम्बन्धी सम्पूर्ण कार्यक्रमलाई पूर्णरूपमा त्याग्न र राष्ट्रसङ्घ सुरक्षा परिषद्को कानुनअनुरूप अघि बढ्न आग्रह गर्नुभयो ।

ईयूका विदेश नीति प्रमुख फेडेरिका मोघेरिनीले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै आफ्ना गतिविधिबारे अन्तर्राष्ट्रिय प्रतिक्रिया बुझ्न छलफलमा सहभागी बन्न आग्रह गर्नुभयो । 

उत्तर कोरियाले आइतबार एउटा ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण गरेको दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयले जानकारी दिएको थियो । प्रमुख मित्रराष्ट्र जापानका प्रधानमन्त्री शिन्जो आबे अमेरिका भ्रमणमा रहनु हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मात्र आयोजित एक पत्रकार सम्मेलनमा जापानलाई शत प्रतिशत पूर्ण सहयोग गर्न आश्वस्त पार्ने प्रयास गरे लगत्तै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो । साथै, उत्तर कोरियाको यस क्षेप्यास्त्र परीक्षण अमेरिकामा राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछिको पहिलो परीक्षणसमेत हो ।

स्थानीय समयानुसार आइतबार विहान ७ः५५ मा उक्त क्षेप्यास्त्र उत्तरी प्योङ्गयाङ्गको पश्चिमी प्रान्तमा अवस्थित बाङ्गयोन सैनिक हवाइ अखाडाबाट सुदूरपूर्व जापानी समुद्र (सि अफ जापान)तर्फ प्रहार गरी परीक्षण सम्पन्न गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । 

वायुमण्डलमा पाँचसय किलोमिटर जति उडेर समुद्रमा झरेको उक्त क्षेप्यास्त्र के कति क्षमताको र कुन श्रृङ्खला वा मोडेलको थियो भन्ने तत्कालै खुल्न सकेको छैन ।

अहिलेसम्म उत्तर कोरियाले अन्तर–महाद्विपीय ब्यालिस्टिक क्षेप्यास्त्र (इन्टर कन्टिनेन्टल ब्यालिस्टिक मिसाइल–आइसिबिएम)को सफल परीक्षण नगरेको हुँदा शनिबार परीक्षण गरेको आइसिबिएम नै हो कि भन्ने कसै कसैले अडकलबाजी गरेका छन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
ट्रम्पको कारण आएको सङक्रमणकाल (01.31.2017)
ट्रम्पको सपथ ग्रहण अभ्यासको तयारी (01.18.2017)
राष्ट्रपति विदा हुनुपूर्व क्षमदान गर्ने लहर र चर्चा (01.12.2017)
अमेरिकी कूटनीतिज्ञ निकाला गर्ने रूसको तयारी (01.04.2017)
विश्व राजनीतिमा हलचल मच्चिएको वर्ष २०१६ (12.29.2016)
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु (12.20.2016)
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक (11.29.2016)
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)



 
::| Latest News

 
[Page Top]