युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:23pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
राष्ट्रपतिद्वारा पत्रकारद्वारा आयोजित रात्रिभोज बहिष्कार
Tuesday, 02.28.2017, 11:03am (GMT+5.5)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताउनुभएको छ । केही समययता ह्वाइट हाइस र पत्रकार अर्थात सञ्चार माध्यमबीच राष्ट्रपतिको  सम्बन्ध बिग्रिएको यस अवस्थामा उक्त भनाइ आएको हो । ह्वाइट हाउस करेसपोन्डेन्ट एशोसियसनले बार्षिक रुपमा गर्ने उक्त रात्रिभोजमा राजनितिका विभिन्न चर्चित व्यक्तित्व र पत्रकारहरूको उपस्थिति रहने गर्छ । 

ह्वाइट हाउसमा पत्रकारहरूद्वारा आयोजना हुने यस रात्रिभोजमा खासगरी राष्ट्रपति र पत्रकारबीच भएका मतभेदलाई पनि पञ्छाउने एक अवसरका रुपमा रहँदै आएको पाइन्छ । करिब १०० वर्षयता हुँदै आएको यस कार्यक्रममा अहिलेसम्म १५ जना राष्ट्रपतिले उपस्थिति जनाएको बताइएको छ । तर हालका दिनमा राष्ट्रपति ट्रम्प र पत्रकारकबीच सम्बन्ध बिगिँ्रदै आएको छ । ट्रम्पले केही सञ्चारगृहले गलत समाचार सम्प्रेषण गर्ने गरेको र उनीहरू अमेरिकी जनताको दुश्मन भएको बताउनुभएको थियो । 

आतङ्ककारी विरुद्धको लडाइलाई प्राथमिता  
सिरियाको विषयका जेनेभा भएको वार्तामा सिरियाली सरकारी प्रतिनिधिमण्डलका वरिष्ठ कुटनितिज्ञले आतङ्ककारी विरुद्धको लडाइँलाई उच्च प्राथमिता दिन आह्वान गरेका छन् ।

सिरियाको मध्यभागमा पर्ने प्रान्त होम्समा शनिबार भएको दुई वटा आत्मघाती आक्रमणमा परी एक दिनमा नै ४२ जनाको मृत्यु भएको घटनापछि यो आह्वान गरिएको बताइएको छ ।

जेनेभामा भइरहेको शान्ति वार्तालाई समेत असर पार्नेगरी सिरियाको होम्समा हमला भएको सरकारी टेलिभिजन र अनुगमनकर्ताले जनाएका थिए । 

आतङ्ककारी विरुद्धको लडाईलाई प्रमुख प्राथमिता दिइने सिरियाली सरकारका तर्फबाट जेनेभा आउनुभएका बसार अल जाफरी वार्ता टोली प्रमुख प्रतिनिधिले बताउनुभएको छ । शनिबार दुई घण्टा आधासम्म भएको यस वार्ताका उक्त कुरालाई प्राथमिता दिइएको राष्ट्रसङ्घका सिरियाका लागि राजदूत स्टेफेन डे मिस्टुराले समाचारदातालाई बताउनुभएको छ । 

सिरियाको होम्स प्रान्तमा भएको आत्मघाती आतङ्ककारी आक्रमणको निन्दा गरी विज्ञप्ति प्रकाशन गर्न राष्ट्रसङ्घका सिरियाका लागि राजदूत स्टेफेन डे मिस्टुरालाई अनुरोध गरिएको वार्ता टोली प्रमुख प्रतिनिधि बसार अल जाफरीले बताउनुभएको छ । 

सिरिया द्वन्द्वबारे संयुक्त राष्ट्रसङ्का पहलमा जेनेभा वार्ता १० महिनापछि बिहीबार पुनःसुरु भएको छ । सिरियामा जारी द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म करिब चार लाख सिरियालीको मृत्यु भइसककेको छ । झन्डै आधा जनसङ्ख्या विस्थापित गराएको सिरियामा छ वर्षदेखि जारी विनासकारी गृहयुद्धको अन्त्य गर्ने अन्तिम प्रयास हुनेमा विश्वास गरेको बताइएको छ ।

सन् २०१६ को सुरुदेखि यता भएको चौँथो प्रयास हो । पछिल्लो चरणमा सरकार र विद्रोहीलाई रसिया र टर्कीको पहलमा वार्तामा सहभागी बनाइएको काजकिस्तानको अस्तानामा भएको वार्ता जेनेभामा भेट्ने गरी सहमति गर्दै अन्त्य भएको थियो ।

महाअभियोगको अन्तिम सुनुवाईमा पार्क अनुपस्थित हुने
दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हे यहाँको संवैधानिक अदालतद्वारा सोमबार गरिने उहाँमाथिको महाअभियोगका विषयमा हुने अन्तिम सुनुवाईमा उपस्थित नहुने बताउनुभएको दक्षिण कोरियाली सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

उक्त अदालतले महाभियोग लगाइएका दक्षिण कोरियाली नेतालाई प्रतिवादीका रूपमा अन्तिम बचाउका लागि उपस्थित हुने वा नहुने विषयमा जानकारी दिन आइतबारसम्मको समय दिएको थियो ।

सन् २०१६ को डिसेम्बर ९ मा दक्षिण कोरियाली संसदले राष्ट्रपति हे विरुद्ध महाअभियोग विधेयक पास गरेको थियो । सो विषय अहिले अदालतमा विचाराधिन अवस्थामा छ ।

अदालतले मार्च १३ को आसपासमा उहाँको महाअभियोग विधेयकका सम्बन्धमा अन्तिम फैसला दिने अपेक्षा गरिएको छ ।

स्मरणीय कुरा के छ भने मार्च १३ मा नै यहाँका कार्यवाहक प्रधानन्यायाधीशले अवकाश पाउँदै हुनुहुन्छ । महाअभियोग सम्बन्धी प्रस्ताव सदर हुनका लागि सर्वोच्च अदालतका बाँकी आठ न्यायाधीशमध्ये छ जनाले समर्थन गर्नुपर्ने हुन्छ । समाचारमा जनाइएअनुसार थप एक न्यायाधीशको अवकाशले अदालतको फैसलाको वैधतामा ‘खतरा’ हुने देखिएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
३० लाख आप्रवासीको छानबिन गर्दै अमेरिका (02.15.2017)
ट्रम्पको कारण आएको सङक्रमणकाल (01.31.2017)
ट्रम्पको सपथ ग्रहण अभ्यासको तयारी (01.18.2017)
राष्ट्रपति विदा हुनुपूर्व क्षमदान गर्ने लहर र चर्चा (01.12.2017)
अमेरिकी कूटनीतिज्ञ निकाला गर्ने रूसको तयारी (01.04.2017)
विश्व राजनीतिमा हलचल मच्चिएको वर्ष २०१६ (12.29.2016)
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु (12.20.2016)
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक (11.29.2016)
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)



 
::| Latest News

 
[Page Top]