युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:28pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु
Tuesday, 04.18.2017, 11:15am (GMT+5.5)

सरियाको सरकार नियन्त्रित सहर रसिदिनबाट विस्थापित भएका सिरियाली नागरिक बोकेको दुई वटा बसमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुने बालबालिकाको सङ्ख्या ६८ पुगेको सिरियाली मानवअधिकारवादी संस्थाले आइतबार जनाएको छ ।

अलेप्पोबाट पश्चिममा रहेको उक्त सहरबाट विस्थापित भएका सर्वसाधारणलाई सुरक्षित स्थलतर्फ लग्दै गर्दा भएको आक्रमणमा १२६ जनाको मृत्यु भएको जानकारी उक्त संस्थाले दिएको थियो ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृत्यु हुने १०९ जना फुवा र काफराया सहर र वरपरका वासिन्दा रहेका छने भने बाँकी १७ जना मावनीय सहयोगका लागि काम गर्ने मजदुर र उनीहरूलाई बाटो देखाउन गएका केही सिरियाली विद्रोही रहेका छन् । 

उता सिरिया सरकारको नियन्त्रणमा रहेको सहरबाट  विस्थापित भएका व्यक्ति बोकेको दुई वटा बसमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ११२ पुगेको मानव अधिकारवादी समुहले आइतबार जानकारी दिएको छ । 

सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले आइतबार दिएको जानकारीअनुसर उत्तरी सहर फुआ र काफ्रियाबाट विस्थापित भएका ९८ व्यक्तिको अलेप्पोको पश्चिमी भागमा पर्ने मार्गमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएको छ । 

आक्रमणमा परी अरु सयाँै घाइते भएका बताइएको छ । घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्ने पनि अनुमान गरिएको छ । फुआ र काफ्रिया विगत दुई वर्षदेखि विद्रोहीको नियन्त्रणमा रहेको थियो । 

सिरियामा सन् २०११ को मार्चबाट सुरु भएको छ वर्षीय  लामो गृह युद्धका क्रममा यस्ता घटना बेलाबेलामा भइरहेका छन् । राष्ट्रपति बसर अल असदले हिंसा अन्त्यका लागि आह्वान गरिरहनु भएको छ ।

यसैबीच क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले सिरियामा जारी आतङ्क अन्त्य गर्न आग्रह गर्दै मध्यपूर्वमा शान्तिका लागि प्रार्थना गर्नुभएको छ ।

आइतबार रोममा क्रिश्चियन पर्व ‘इस्टर डे’ को अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै धर्मगुरु फ्रान्सिसले जिससले सिरियामा नागरिकहरूको पीडामा आफ्नोतर्फबाट कुनै न कुनै चमत्कार देखाउँदै यहाँ जारी आतङ्कको अन्त्य गर्न द्वन्द्वरत् पक्षलाई उत्प्रेरणा दिने छन् भन्नुभयो ।

पोपले पवित्र भूमि सिरियाबाट सुरु भएर इराक, यमनलगायतका मध्यपूर्वी मुलुकमा छिट्टै शान्ति स्थापनाका लागि यस अवसरमा सबैले प्रार्थना गरौँ, पोपले इस्टरको अवसरमा गरेको सम्बोधनमा बताउनुभयो ।

पोपले अफ्रिकी मुलुकहरू दक्षिण सुडान, सुडान, सोमालिया र कङ्गोमा ब्याप्त भोकमरी अन्त्यका लागिसमेत आवश्यक पहल गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभयो । 

सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समय पछाडि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट पनि हाबी हुँदै गयो । जारी यस द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी जारी यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन् ।त्यस्तै लाखौँले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

उत्तर कोरियाको धम्की जारी रहदैन
अमेरिकी सुरक्षा सल्लाहकार हबर्ट रेमन्ड (एचआर) म्याक मास्टरले उत्तर कोरियाको ‘धम्कीपूर्ण व्यवहार’ आगामी दिनमा यसरी नै अघि बढ्न नसक्ने बताउनुभएको छ ।

उत्तर कोरियाद्वारा आइतबार गरेको पछिल्लो असफल क्षेप्यास्त्र परीक्षणपछि प्रतिक्रिया जनाउँदै म्याक मास्टरले भन्नुभयो, उत्तर कोरियाको पछिल्ला क्रियाकलापका सम्बन्धमा चीनलगायत विश्व समुदाय एक किसिमको समाधान खोजिरहेको बताउँदै यस सम्बन्धमा अब अन्तर्राष्ट्रियस्तरमा सहमति बनिसकेको छ । 

अफगानिस्तानबाट अमेरिकी टेलिभिजन एबीसीसँग कुरा गर्दै उत्तर कोरियाको निकट सहयोगी मानिँदै  आएको चीन पनि प्योङयाङको लगातारका हतियार परीक्षणबाट चिढिएको म्याक मास्टरले बताउनुभयो ।

अमेरिकी सुरक्षा सल्लाहका म्याक मास्टरले थप्नुभयो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रष्ट रूपमा आफ्नो अडान प्रस्तुत गरिसक्नुभएको छ, अब आणविक हतियारधारी प्योङयाङले अमेरिका र यसका एसिया क्षेत्रीय सहयोगी राष्ट्रमा कुनै सुरक्षाको चेतावनी दिन सम्भव छैन । 


Rating (Votes: )   
Share     Print


Other Articles:
ट्रम्पले छाडे चीनको विरोध गर्न (04.11.2017)
राष्ट्रपतिद्वारा पत्रकारद्वारा आयोजित रात्रिभोज बहिष्कार (02.28.2017)
३० लाख आप्रवासीको छानबिन गर्दै अमेरिका (02.15.2017)
ट्रम्पको कारण आएको सङक्रमणकाल (01.31.2017)
ट्रम्पको सपथ ग्रहण अभ्यासको तयारी (01.18.2017)
राष्ट्रपति विदा हुनुपूर्व क्षमदान गर्ने लहर र चर्चा (01.12.2017)
अमेरिकी कूटनीतिज्ञ निकाला गर्ने रूसको तयारी (01.04.2017)
विश्व राजनीतिमा हलचल मच्चिएको वर्ष २०१६ (12.29.2016)
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु (12.20.2016)
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक (11.29.2016)
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)



 
::| Latest News

 
[Page Top]