युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:38pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ
Thursday, 05.11.2017, 11:27am (GMT+5.5)

उत्तर कोरिया आइतबार एक अर्का अमेरिकी नागरिकलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेको छ । प्योङ्याङले किम हाक सोङ् नामक अमेरिकी नागरिक उत्तर कोरिया विरोधी गतिविधिलार्य प्रोत्साहन गर्ने क्रियाकलापमा संलग्न भएको आरोपमा शनिबार पक्राउ परेका ‘उत्तर कोरियन सेन्ट्रल न्यूज एजेन्सी’ ले जनाएको छ । 
एक महिनाको अन्तररालमा उत्तर कोरियामा पक्राउ पर्ने किम दोस्रो अमेरिकी नागरिक हुन् भने हालसम्म चार जना अमेरिकीलाई पक्राउ गरिएको छ । प्राप्त जानकारी अनुसार किमले ‘प्योङ्याङ यूनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा अध्यापन गर्नुहुन्छ ।
कुनै स्रोतलाई उल्लेख नगरिकनै यहाँको न्यूज एजेन्सीले पक्राउ परेका किममाथि आवश्यक अनुसन्धान जारी राखिएको जनाएको छ । 
पक्राउ परेका दुवैजना कोरियाली मुलका अमेरिकी नागरिक हुनुहुन्छ र उत्तर कोरियामा शिक्षण पेशामा संलग्न  हुनुहुन्छ । उहाँहरु बाहेक दुई अन्य अमेरिकी नागरिक पनि कोरियाली जेलमा बन्दी जीवन बिताइरहेका छन् । 
उत्तर कोरियाले गत शुक्रबार संयुक्त राज्य अमेरिकाको जासुसी निकाय र दक्षिण कोरियाद्वारा आफ्नो सर्वोच्च नेता किम जोङ् उनलाई गत महिना सामूहिक समारोहमा हत्या गर्ने गरेको षड्यन्त्रलाई असफल पारेको जनाएको थियो । 
सो षड्यन्त्रणमा संलग्न भएको भन्दै केही आरोपितलाई पनि थुनामा लिइएको बताइएपनि कति जना अहिले सो मुद्दामा जेलमा छन्, पुष्टि हुन सकेको छैन । 

सन् २०२२ को विश्वकपमा कतार एअरद्वारा प्रायोजन गर्ने
सन् २०२२ मा खाडी मुलक कतारमा आयोजना गरिने विश्वकप पूmटबल प्रतियोगिताको प्रयोजन गर्ने भएको छ । 
आइतबार विश्व पूmटबल महासङ्घ (फिफा)को नेतृत्व बहराइनमा वार्षिक कार्यक्रममा हुने शिलशिलामा सन् २०२२ का लागि प्रयोजनका लागि कतार र फिफा एअरले हस्ताक्षर गरिसकेको घोषणा गरिएको छ । 
सन् २०१४ को विश्वकपमा दुवईस्थित इमिरेट्स विमान कम्पनीले प्रायोजन गरेको थियो । सन् २०१४ पछि फिफाद्वारा खेलाइने विश्वकप फुटबलको प्रयोजनाका लागि कसैले इच्छा व्यक्त गरेका थिएन । 
फिफाले हालै आफ्नो खर्च विवरण सार्वजनिक गर्दै सन् २०१६ मा ३६ करोड ९० लाख अमेरिकी उत्तर घाटा वेहोरेका जनाएको थियो । 
पछिल्लो समय फिफामा मौलाएको भ्रष्टाचार प्रकरणका कारण फिफालाई आवश्यक पर्ने आर्थिक सहयोग प्रदान गर्ने संस्थाको खडेरी देखिएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब (05.02.2017)
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु (04.18.2017)
ट्रम्पले छाडे चीनको विरोध गर्न (04.11.2017)
राष्ट्रपतिद्वारा पत्रकारद्वारा आयोजित रात्रिभोज बहिष्कार (02.28.2017)
३० लाख आप्रवासीको छानबिन गर्दै अमेरिका (02.15.2017)
ट्रम्पको कारण आएको सङक्रमणकाल (01.31.2017)
ट्रम्पको सपथ ग्रहण अभ्यासको तयारी (01.18.2017)
राष्ट्रपति विदा हुनुपूर्व क्षमदान गर्ने लहर र चर्चा (01.12.2017)
अमेरिकी कूटनीतिज्ञ निकाला गर्ने रूसको तयारी (01.04.2017)
विश्व राजनीतिमा हलचल मच्चिएको वर्ष २०१६ (12.29.2016)
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु (12.20.2016)
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक (11.29.2016)
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)



 
::| Latest News

 
[Page Top]