युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:31pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु
Wednesday, 05.17.2017, 11:57am (GMT+5.5)

विश्वका प्रबुद्ध व्यक्तिहरूको सम्मेलन (फिफ्थ थिङ्क टाङ्क समिट) सोमबार बेइजिङमा सुरु भएको छ ।
सम्मेलनमा छलफलका लागि चीन र विश्वका अन्य मुलुकका गरी १०० भन्दा बढी विज्ञहरूको सहभागिता रहने सम्मेलनमा दिगो विकासका लागि विश्वको भूमिकाबारे छलफल गरिने आयोजक ‘चाइना सेन्टर फर इन्टरनेसनल एक्सजेन्ज’ ले बताएको छ ।
सम्मेलनमा विश्वव्यापीकरण, दिगो विकास, बेल्ट एन्ड रोड पहलकदमी र क्षेत्रीय एवम् विश्वव्यापी सुरक्षालगायतका विषयमा छलफल गरिने आयोजकले बताएको छ ।
विश्वभरीका अनुसन्धानकर्ता नयाँ परिवेशमा विश्वव्यापी समस्याको अध्ययनमा थप ध्यानपूर्वक अघि बढ्नुपर्ने, विश्वभर असल शासन र सुधारका कार्यक्रमलाई प्रवद्र्धन गर्नुपर्ने र अन्तर्राष्ट्रिय नियममा आवश्यक परिवर्तन गरिनुपर्नेलगायतका कुरामा जोड दिइने ‘नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’ का उपप्रमुख चेन युयानले उदघाटन सत्रमा बताउनुभयो ।
उक्त अवसरमा चेनले बेल्ट एन्ड रोड इनिसिएटिभ र विश्वका नयाँ चुनौतीका विषयमा विश्वका विद्वानहरूको सहभागिताका लागि अनुरोध गर्नुभयो । उहाँले रोड एन्ड इनिसिएटिभका विषयमा आफ्ना गहकिला सुझाव आउनु भनी आग्रह गर्नुभयो ।
उक्त अवसरमा सहभागीले विश्वव्यापीकरण विकसित सामाजिक उत्पादकत्वका लागि आवश्यक सर्त भएको र वैज्ञानिक र प्राविधिक प्रगतिबारे प्राकृतिक परिणाम भएको बताएका आयोजकले बताएको छ ।
उनीहरूले विश्वको आर्थिक सुधार जटिल भएको तर यसको समाधान विश्वका कुनै समस्यालाई देखाएर पन्छिन नहुने बताए । 

सिरियामा अमेरिकी आक्रमणम
अमेरिकी नेतृत्वको आतङ्कवाद विरोधी गठबन्धनले देइर अल जोर प्रान्तको बुकामाल सहरमा गरिएको सोमबारको आक्रमणमा करिब ४० जना सर्वसाधारण सिरियालीको मृत्यु भएको यहाँको सरकारी शाम एफएम रेडियोले जनाएको छ । इस्लामिक स्टेट (आईएस) समूहको प्रभाव क्षेत्र देइर अल जोरमा सर्वसाधारणलाई लक्षित गरी हवाई आक्रमण भएको उक्त रेडियोले बताएको छ ।
गत मङ्गलबार उत्तरी प्रान्त रक्कामा अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गर्दा ११ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।
सिरियामा अमेरिकी नेतृत्वको आतङ्कवादविरोधी गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) लाई सघाउँदै आएको छ ।उता सिते विद्रोहीको बलियो प्रभाव रहेको यमनी राजधानी सानामा हैजाको भीषण प्रकोप सुरु भएपछि राज्य सङ्कटकालको घोषणा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । हैजाको प्रकोप भीषण रुपमा फैलिन थालेपछि सो कदम चालिएको अधिकारीहरुले  जनाएका छन् । 
हुथी विद्रोही समूहद्वारा सञ्चालित स्वास्थ्य मन्त्रीले यस प्रकोप अनियन्त्रित भएको अन्तर्राष्ट्रिय मानवीय सहयोगको लागि अपिल गरिएको जानकारी दिनुभएको छ ।
‘इन्टर नेसनल कमिति अफ द रेड क्रस’का अनुसार  गत अप्रिल २७ बाट शनिबारसम्म यस हैजाको कारण ११५ व्यक्तिको मृत्यु भइसकेको छ । 
यस प्रकोपको कारण आठ हजार ५ सय बिरामी परेका छन् ।  अरब विश्वको यस गरिब राष्ट्रमा एक वर्ष भन्दा कम समयमा दोस्रो पटक हैजाको प्रकोप सुरु भएको बताइएको छ ।  



Rating (Votes: )   
Share     Print


Other Articles:
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब (05.02.2017)
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु (04.18.2017)
ट्रम्पले छाडे चीनको विरोध गर्न (04.11.2017)
राष्ट्रपतिद्वारा पत्रकारद्वारा आयोजित रात्रिभोज बहिष्कार (02.28.2017)
३० लाख आप्रवासीको छानबिन गर्दै अमेरिका (02.15.2017)
ट्रम्पको कारण आएको सङक्रमणकाल (01.31.2017)
ट्रम्पको सपथ ग्रहण अभ्यासको तयारी (01.18.2017)
राष्ट्रपति विदा हुनुपूर्व क्षमदान गर्ने लहर र चर्चा (01.12.2017)
अमेरिकी कूटनीतिज्ञ निकाला गर्ने रूसको तयारी (01.04.2017)
विश्व राजनीतिमा हलचल मच्चिएको वर्ष २०१६ (12.29.2016)
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु (12.20.2016)
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक (11.29.2016)
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)



 
::| Latest News

 
[Page Top]