युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:29pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
बेलायतमा २३ हजार जिहादी लडाकू रहेको
Wednesday, 05.31.2017, 01:42pm (GMT+5.5)

बेलायती राष्ट्रिय अनुसन्धान (जासूसी) निकायले मुलुकभर २३ हजारको हाराहारीमा मुस्लिम अतिवादी जिहादी लडाकूहरू बसोबास गरिरहेका छन् भनी बेलायती सरकारसमक्ष पेश गरेको एक प्रतिवेदन आइतबार सार्वजनिक भएको छ । 
मर्न र मार्न तम्तयार भइ बसिरहेका यिनीहरूलाई नै बिभिन्न आतङ्कबादी सङ्गठनले आत्मघाती आक्रमणमा प्रयोग गर्ने गरेका समेत सो प्रतिवेदनमा जनाइएको छ । 
आत्मघाती बम आक्रमण वा अन्य प्रकारका हिंसात्मक घटना रोकथाम गर्न बेलायती सुरक्षा निकायसक्षम रहेको तथा प्रशस्त अवसर र विकल्प छँदाछँदै सो गुमाएर गत सोमबार राति म्यान्चेस्टर एरिनामा आत्मघाती आक्रमण हुनु लाजमर्दो कुरा भएको भनी सर्वत्र आलोचना भएको थियो ।
त्यसपछि बेलायती राष्ट्रिय सुरक्षा सेवाद्वारा लन्डनको स्थानीय ह्वाइटहलमा एक पत्रकार सम्मेलनको आयोजना गरी उपरोक्त जानकारी दिइएको हो ।
कूल तेइस हजार जना जिहादी लडाकूमध्ये करिब तीनहजार सम्भाब्य आत्मघाती आक्रमणकारी बेलायतलाई जहिले पनि अधिकतम खतरनाक सावित भइरहेका र बाँकी बीस हजार जना पनि अलि कम खतरनाकको श्रेणीमा परे तापनि यिनीहरूउपर कडा निगरानी राखी सदैब सतर्क रहनु पर्ने समेत खुलासा गरिएको छ । 
म्यान्चेस्टर आक्रमण पश्चात् बेलायती प्रहरी र अनुसन्धान निकायले गतः एक हप्ताभित्र सञ्चालन गरेको अनुसन्धान तथा अपरेशन कारबाहीको क्रममा उपरोक्त तथ्य पत्ता लागेको जनाइएको छ ।
यस बर्ष सम्पूर्ण बेलायतभरी सनसनी फैलाउने गरी भएका दुई खतरनाक आत्मघाती बम आक्रमणका नाइकेहरू – म्यान्चेस्टर एरिना घटनाका सलमान आबेदी र दुई महिना अघि पाँचजना मानिसको ज्यान जाने गरी वेस्ट मिन्स्टर आत्मघाती आक्रमण घटनाका खालिद मसूद, यी दुवै जनाउपर पहिलेदेखि नै निगरानी बढाउनु पर्नेमा सो गर्न छुटेको राष्ट्रिय सुरक्षा सेवाले स्वीकार गरेको छ । 
म्यान्चेस्टर एरिना घटनाको अनुसन्धानको क्रममा हालसम्म ११ जनालाई पक्राउ गरी प्रहरी नियन्त्रणमा लिइएको र अन्य कतिपयलाई पनि पक्राउ गर्न निरन्तर खोजी भइरहेको छ । घटनाको नाइके सलमान आबेदीका पृष्ठभूमिमा रहेका सबैजसोलाई पनि पक्राउ गरिसकिएको जनाइएको छ । 
यसैबीच, बेलायती प्रधानमन्त्री टेरेसा मेले राष्ट्रब्यापी सुरक्षाको स्थितिलाई पहिला घोषणा गरिएको क्रिटिकल (नाजूक अवस्था)को श्रेणीबाट झारी सिभर (कठोर अवस्था)को श्रेणीमा राख्ने आदेश दिनुभएको छ ।
तथापि सशस्त्र सुरक्षाकर्मीका समूहले राजधानीमा सोमबारसम्म २४ सै घन्टा गस्तीमा खटिई सुरक्षा निगरानी बढाइ रहने छन् । 
गत २२ मे सोमबार साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै  भएको भीषण आतङ्ककारी आक्रमण परी २२ जनाको मृत्यु भएको थियो भने, अरु कैयाँै घाइते भएका थिए ।



Rating (Votes: )   
Share     Print


Other Articles:
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण (05.24.2017)
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब (05.02.2017)
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु (04.18.2017)
ट्रम्पले छाडे चीनको विरोध गर्न (04.11.2017)
राष्ट्रपतिद्वारा पत्रकारद्वारा आयोजित रात्रिभोज बहिष्कार (02.28.2017)
३० लाख आप्रवासीको छानबिन गर्दै अमेरिका (02.15.2017)
ट्रम्पको कारण आएको सङक्रमणकाल (01.31.2017)
ट्रम्पको सपथ ग्रहण अभ्यासको तयारी (01.18.2017)
राष्ट्रपति विदा हुनुपूर्व क्षमदान गर्ने लहर र चर्चा (01.12.2017)
अमेरिकी कूटनीतिज्ञ निकाला गर्ने रूसको तयारी (01.04.2017)
विश्व राजनीतिमा हलचल मच्चिएको वर्ष २०१६ (12.29.2016)
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु (12.20.2016)
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक (11.29.2016)
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)



 
::| Latest News

 
[Page Top]