युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:30pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित
Thursday, 06.15.2017, 12:54pm (GMT+5.5)

वृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दि परित्याग गर्न सहज हुने गरी जापानी संसद् डायटूले एक नयाँ कानुन पारित गरेको छ । हालै मात्र पारित उक्त कानुनले जापानको राजगद्दि आफ्ना पुत्र युवराज नारु हितोलाई सुम्पिई आफू उक्त दायित्वबाट मुक्त हुन सम्राट् आकि हितोलाई बाटो खुलेको छ । 
यसअघि, जापानमा आफू जीवित छँदै सम्राट्ले आफ्ना उत्तराधिकारीलाई गद्दि सुम्पन पाउने ऐन, कानुनी प्रावधान नै थिएन । हाल पारित कानुन सँगसँगै जापानी राजगद्दिको करिब दुई सय वर्ष पुरानो इतिहास र यस सम्बन्धि कानुनी ब्यवस्थामा संशोधन भएको छ । 
हाल, विशेषगरी जापानका वर्तमान सम्राट आकिहितोलाई मात्र सहज हुनेगरी कानुन पारित गरिएको बताइएको छ । साथै यस कानुन लागु भएको मितिले तीन वर्षभित्र वृद्ध सम्राट्ले गद्दि परित्याग गरी उत्तराधिकारी युवराज नारु हितोलाई सुम्पिइ सक्नुपर्ने प्राबधान पनि पारित कानुनमा उल्लेख गरिएको छ । 
युवराज नारु हितोलाई राजगद्दिको जिम्मा दिई वृद्ध सम्राट्लाई कहिले दायित्वबाट मुक्त गरिने हो यसबारे राजप्रासाद ब्यवस्थापन परिषद् (इम्पेरियल हाउस काउन्सिल)सँग परामर्श गरी निर्णय लिने अधिकारसमेत उक्त कानुनले जापान सरकारलाई प्रदान गरेको छ ।
आगामी सन् २०१८ को डिसेम्बर महिनामा वृद्ध सम्राट् आकिहितोको ८५औं शुभजन्मोत्सव पर्ने भएको हुँदा सरकारले त्यही अवसर पारेर युवराज नारु हितोलाई राजगद्दिको जिम्मा लगाई वृद्ध सम्राट्लाई मुक्त गराइदिने हो कि भनी जापानका स्थानीय सञ्चार माध्यमले अन्दाज गरिरहेका समेत जनाइएको छ ।
हरेक नवनरेशले जापानको राजगद्दि आरोहण गरिसकेपछि नबीन सम्वतसरको नामाकरण गरिने चलन रहेकाले युवराज नारु हितोको परम्परागत राजगद्दि आरोहण पश्चात् सरकारले नयाँ सम्बत्को उचित नाम राख्नका लागि पनि तीब्र प्रयास गरिरहेको जनाइएको छ । 
रोगले च्यापी रहने जीर्ण शरीर र वृद्धावस्थाको कारण जापानी जनताको आस्थाको केन्द्र राजगद्दि परित्याग गरी आफ्ना पुत्र युवराज नारु हितोलाई सुम्पने इच्छा प्रकट गर्दै वृद्ध नरेश आकि हितोले गत वर्षको अगस्टमा जनताका नाममा सम्बोधन गर्नुभएको एक भिडियो प्रसारण सार्वजनिक भएको थियो । तर, कानुनी बाधा ब्यबधानको कारण सम्राट्को उक्त इच्छा पूर्ण हुनसकेको थिएन ।
हाल पारित कानुन सम्राट आकिहितोको ब्यक्तिगत इच्छा पूर्ण गराउनका लागि सहजता मात्र भएको जनाइएको छ । तर राजगद्दि परित्याग गरी उत्तराधिकारीलाई सुम्पिने सम्बन्धमा यस्तो घटना भविष्यमा दोहोरिन गएमा विवाद पनि फेरि दोहोरिने र बारम्बार कानुन बनाइ रहनु बुद्धिमानी नदेखिने भन्दै जापानका बहूसङ्ख्यक सांसदहरुले स्थायी कानुन निर्माण गरिनुपर्ने तथ्यमा चर्को बहस गरिरहेका छन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
बेलायतमा २३ हजार जिहादी लडाकू रहेको (05.31.2017)
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण (05.24.2017)
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब (05.02.2017)
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु (04.18.2017)
ट्रम्पले छाडे चीनको विरोध गर्न (04.11.2017)
राष्ट्रपतिद्वारा पत्रकारद्वारा आयोजित रात्रिभोज बहिष्कार (02.28.2017)
३० लाख आप्रवासीको छानबिन गर्दै अमेरिका (02.15.2017)
ट्रम्पको कारण आएको सङक्रमणकाल (01.31.2017)
ट्रम्पको सपथ ग्रहण अभ्यासको तयारी (01.18.2017)
राष्ट्रपति विदा हुनुपूर्व क्षमदान गर्ने लहर र चर्चा (01.12.2017)
अमेरिकी कूटनीतिज्ञ निकाला गर्ने रूसको तयारी (01.04.2017)
विश्व राजनीतिमा हलचल मच्चिएको वर्ष २०१६ (12.29.2016)
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु (12.20.2016)
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक (11.29.2016)
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)



 
::| Latest News

 
[Page Top]