युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:25pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
हङकङको वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने
Wednesday, 06.28.2017, 11:50am (GMT+5.5)

चिनियाँ राष्ट्रपति सि जिनपिङ यही जुन २९ देखि जुलाई १ तारिखसम्म हङ्कङमा रहनुहुने भएको छ । उहाँले यसैहप्ता हङ्कङ भ्रमण गर्न लाग्नुभएको चिनियाँ समाचारमाध्यमले आइतबार जनाएका छन् । 
हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको वार्षिकोत्सवका अवसरमा उहाँ त्यहाँ जान लाग्नुभएको चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ । 
आगामी हप्ता सो हस्तान्तरणको २० वर्ष पुग्न लागेको छ । सोही अवसर पारेर हङकङमा आयोजना हुन लागेको समारोहमा चिनियाँ राष्ट्रपतिले हङकङ भ्रमण गर्न लाग्नुभएको पुष्टि आइतबार भएको हो ।
उहाँले हङकङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीले भने केही बताएका थिएनन् । तर उक्त समारोहमा राष्ट्रपति सि उपस्थित हुनसक्ने सम्भावनाको समाचार यसअघि नै आएको थियो । 
उहाँ सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङकङ भ्रमण हो । चिनियाँ पत्रिका द साउथ चाइना मोर्निङ पोष्टले उहाँको हङकङ भ्रमण निश्चित भएको आइतबार जनाएको छ । 
हङकङमा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ । सो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको मात्र नभई हङकङका नागरिकमा यसका कारण निराशा छाएको पनि बताउँदै आइएको छ । 
यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले हङकङ भ्रमण नगर्न पनि सक्नुहुनेछ भन्ने अनुमान पनि गरिएको थियो । तर आज सिन्ह्वाले नै सो समाचार सार्वजनिक गरेको छ । 
हङकङ हस्तान्तरण गरिएको समयको अवसर पारेर ठूलो सङ्ख्याका नागरिकले प्रदर्शनको तयारी गरेका हङकङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैले पनि उहाँको भ्रमणको समयमा ठूलो मात्रामा सुरक्षा दिनुपर्ने अवस्था रहेको पनि विश्लेषक बताउँछन् । त्यसको तयारी भइरहेको हङकङबाट प्राप्त समाचारमा जनाइएको छ ।  
हङकङको पाँचौ प्रशासकीय क्षेत्र उद्घाटनको विशेष अवसरमा पनि उहाँ उपस्थित हुनुहुने चिनियाँ समााचार समितिले जानकारी दिएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
दार्जलिङको विरोधलाई हिंसात्मक नबनाउन आग्रह (06.22.2017)
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित (06.15.2017)
बेलायतमा २३ हजार जिहादी लडाकू रहेको (05.31.2017)
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण (05.24.2017)
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब (05.02.2017)
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु (04.18.2017)
ट्रम्पले छाडे चीनको विरोध गर्न (04.11.2017)
राष्ट्रपतिद्वारा पत्रकारद्वारा आयोजित रात्रिभोज बहिष्कार (02.28.2017)
३० लाख आप्रवासीको छानबिन गर्दै अमेरिका (02.15.2017)
ट्रम्पको कारण आएको सङक्रमणकाल (01.31.2017)
ट्रम्पको सपथ ग्रहण अभ्यासको तयारी (01.18.2017)
राष्ट्रपति विदा हुनुपूर्व क्षमदान गर्ने लहर र चर्चा (01.12.2017)
अमेरिकी कूटनीतिज्ञ निकाला गर्ने रूसको तयारी (01.04.2017)
विश्व राजनीतिमा हलचल मच्चिएको वर्ष २०१६ (12.29.2016)
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु (12.20.2016)
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक (11.29.2016)
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)



 
::| Latest News

 
[Page Top]