युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:27pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
हिरोसीमा वियोगको ७२ वर्ष स्मरण
Tuesday, 08.08.2017, 06:00pm (GMT+5.5)

जापानको हिरोसीमामा सन् १९४५ को अगष्ट ६ मा आणविक बमको आक्रमणबाट भएको नरसंहारको आइतबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको छ । 
हिरोसीमा नगरमा जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सन् १९४५ अक्टोबर ६ का दिन भएको सो आक्रमणको स्मरणगर्दै त्यस बम आक्रमणमा परी भएको नरसंहारमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट भएको त्यस हमलामा परी कम्तीमा पनि एक लाख ४० हजार नागरिकको ज्यान गएको थियो । 
आणविक बमको विकीरणका कारण घटनास्थल मै ती नागरिकको ज्यान गएको थियो भने अरु कैयौँ घाइते भएर रहेका थिए । उनीहरुले निकै पछिसम्म पनि स्वास्थ्य र शारीरिक जटिलताको समस्या झेलेर बसेका थिए ।
आइतबार सो हमलाको ७२ वर्ष पूरा भएको छ । हिरोसीमामा बम खसालिएको स्थानमा प्रत्येक वर्ष दशौँ हजार नागरिक जम्मा हुन्छन् र शान्तिको कामना गर्ने गर्दछन्– हिरोसीमाबाट प्राप्त समाचारमा जनाइएको छ ।
बम खसालिएको सो स्थानमा शान्ति स्तुपा निर्माण गरिएको छ । उक्त स्तुपामा जम्मा भएका नागरिकले संसारमा फेरि यस्तो कहिल्यै नहोस भनेर कामना गर्ने गर्दछन् । 
त्यस घटनाका जीवित केही अहिले पनि रहेका छन् । उनीहरु पनि उक्त वार्षिकी कार्यक्रममा उपस्थित भएका थिए । सो वार्षिकीमा कम्तीमा पनि ५० हजार जना जम्मा भएका थिए । 
यो दिन हिरोसीमामा संसारका विभिन्न देशका प्रतिनिधि पनि सहभागी हुने गर्दछन् । हिरोसीमाबाट प्राप्त समाचारमा जनाइएअनुसार यहाँ विश्वका ८० देशका नागरिक आएका थिए । उनीहरुले हिरोसीमामा विश्वयुद्धका समयमा भएको नरसंहारबाट अब संसारमा यस्तो हिंसा कहिल्यै नहोस भन्ने सन्देश आफ्नो देशमा लिएर जाने बताइएको छ ।
दोस्रो विश्वयुद्धका समयमा अमेरिकी सेनाले सन् १९४५ को अगष्ट ६ को दिनमा हिरोसीमामा र त्यसको तेस्रो दिन अगष्ट ९ मा नागासाकीमा हेलिकोप्टरबाट आणविक बम खसालेर हमला गरेका थिए । 
यी दुवै स्थानमा गरी दुई लाखभन्दा बढी मानिसको ज्यान गएको थियो । अमेरिकाले यी दुवै सहरमा आणविक बमबाट हमला गरेपछि जापानले अगष्ट १५ मा आत्मसमर्पण गरेको थियो । 
जापानको यो आत्मसमर्पणसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । त्यस यता संयुक्त राष्ट्रसंघ एवम् विश्वका विभिन्न देशमा कार्यरत शान्तिका कार्यकाकर्ताहरुले युद्ध नगर्न र संसारमा शान्ति स्थापना गर्न प्रेरित गर्ने गरेका छन् । 
हिरोसीमामा आयोजित विशेष वार्षिकी कार्यक्रमलाई सम्बोधन गर्दै हिरोसीमा नगरका मेयर काजुमी मात्सुइले हिरोसीमाको नरसंहार हेरेर पनि संसारका देशले युद्धको पक्षमा कुनै काम गर्न नहुने धारणा राख्नुभयो । 
उहाँले बमरहित विश्व निर्माणका लागि जापान सरकारले जे गर्न सक्छ संसारका लागि त्यो गरोस भनी आग्रह पनि गर्नुभयो । उहाँले त्यस समयमा जापानको हिरोसीमा शहरमा भएको मानवीय र भौतिक मात्र नभएर सांस्कृतिक र भावनात्मक क्षतिको पनि फेहरिस्त प्रस्तुत गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ । 
उहाँले उक्त बम हमलाबाट बाँचेका नागरिकलाई थप सहयोग गर्न र उनका परिवारको मानसिक घाउ निकोपार्न केही न केही काम गरोस भनी आग्रह पनि गर्नुभयो ।  
सो समारोहलाई सम्बोधन गर्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले आणविक हतियाररहित विश्व निर्माणका लागि जापानले गरिरहेको प्रयत्न संसारमा कुनै न कुनै दिन सार्थक हुने बताउनुभयो । 
उहाँले विश्वमा बढ्दो मात्रामा देखिएका विविभन्न खाले हिंसाका ेअन्त्य गरी शान्ति स्थापनाका लागि संसारका मानिसलाई हिरोसीमा नरसंहारले सन्देश दिन सकोस भन्नुभयो ।  



Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रपतिका छोराले गरेको कुराकानी गलत (07.26.2017)
हङकङको वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने (06.28.2017)
दार्जलिङको विरोधलाई हिंसात्मक नबनाउन आग्रह (06.22.2017)
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित (06.15.2017)
बेलायतमा २३ हजार जिहादी लडाकू रहेको (05.31.2017)
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण (05.24.2017)
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब (05.02.2017)
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु (04.18.2017)
ट्रम्पले छाडे चीनको विरोध गर्न (04.11.2017)
राष्ट्रपतिद्वारा पत्रकारद्वारा आयोजित रात्रिभोज बहिष्कार (02.28.2017)
३० लाख आप्रवासीको छानबिन गर्दै अमेरिका (02.15.2017)
ट्रम्पको कारण आएको सङक्रमणकाल (01.31.2017)
ट्रम्पको सपथ ग्रहण अभ्यासको तयारी (01.18.2017)
राष्ट्रपति विदा हुनुपूर्व क्षमदान गर्ने लहर र चर्चा (01.12.2017)
अमेरिकी कूटनीतिज्ञ निकाला गर्ने रूसको तयारी (01.04.2017)
विश्व राजनीतिमा हलचल मच्चिएको वर्ष २०१६ (12.29.2016)
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु (12.20.2016)



 
::| Latest News

 
[Page Top]