युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:25pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
टाउकाको मोलसहित ६९ जना आतंकवादीको सूची सार्वजनिक
Tuesday, 08.29.2017, 11:43am (GMT+5.5)

पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबले आइतबार विभिन्न ६९ जनालाई आतंककारीको अति वाञ्छित (मोस्ट वान्टेड) सूचीमा राख्दै पाकिस्तानको उत्तरपश्चिमी खाइवर पाखथुख्वा (केपीके) प्रान्त सरकारलाई पक्राउ गर्न सहयोगका लागि जानकारी गराएको छ ।
प्रति व्यक्ति ५०० देखि एक लाख अमेरिकी डलरसम्मको टाउकाको मूल्य तोकी आतंककारीलाई पक्राउ गर्न आग्रह गरेको स्थानीय उर्दू सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पञ्जाब सरकारले केपीके प्रशासनलाई मोस्ट वान्टेड सूची उपलब्ध गराउँदै उनीहरूमाथि कारबाहीका लागि आग्रह गरेको हो । पञ्जाब सरकारले आफ्नो राज्यमा आतंककारीको सूचीमा रहेका उनीहरू उत्तरपूर्वी प्रान्तमा बसोबास गर्दै आएको तथा उनीहरूको छिमेकी मुलुकसँग साँठगाँठ रहँदै आएको जनाएको दुन्या न्यूजले उल्लेख गरेको छ ।
आतंककारीको सूची प्रहरीसहित अन्य सम्बद्ध सुरक्षा निकायलाई समेत उपलब्ध गराइएको छ । पञ्जाबले अतिवादी लडाकू मुलुकको शान्ति तथा अमन चयन र देशको बिग्रँदो कानूनी अवस्थाका लागि जिम्मेवार रहेको बताउँदै उनीहरूलाई कानूनी दायरामा ल्याउन आग्रह गरको छ ।
सूचीलाई अपराधमा जिम्मेवार व्यक्तिको तहलाई विभिन्न तीन समूहमा बाँडेको छ । सूची सार्वजनिक गर्दा उनीहरूको अपराधको भिन्नाभिन्नै प्रकृतिबारे केही जानकारी गराइएको छैन ।
सूचीमा रहेका ३७ जना आतंककारी विभिन्न समूहमा सम्लग्न रहेको तथा बाँकी अन्य व्यक्ति स्वतन्त्र रूपमा नै आतंककारी गतिविधिमा संलग्न हुनेगरेको बताइएको छ । केपीकेले सूचीमा रहेका आतंककारीलाई पक्राउ गर्न विशेष समूह बनाइसकेका जनाएको छ । 
उता अफगानिस्ताको पूर्वी प्रान्त नान्र्गाहारमा गएरात रातभरी भएको सैन्य कारबाहीको क्रममा कम्ती छ आतङ्ककारी मारिएका छन । अफगान सैनिकले आइतबार सो जानकारी दिएका छन । 
अफगान विशेष बलले जारी राखेको यस कारबाहीमा नान्र्गाहार प्रान्तको लाल पुर जिल्लामा अल कायदा एक वरिष्ठ सहायकसमेत पक्राउ परेको जनाइएको छ । विशेष प्रहरीबलले जारी राखेको यो कारबाही स्थानीय समयानुसार शनिबार राती १२ः३० बाट सुरु भई आइतबार २ः५० अन्त्य भएको बताइएको छ । 

अमेरिकी आर्थिक प्रतिबन्धको विरोधमा प्रदर्शन 
दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा शनिबार अमेरिकाले मानव अधिकार उलङ्घन भएको भन्दै लगाएको आर्थिक प्रतिबन्धको विरोधमा सडकमा प्रदर्शन गरिएको छ । भेनेजुएली राष्ट्रपति निकोलास मदुरो र सत्ताधारी पार्टीसँग आवद्ध व्यक्तिहरुले  जुलुस निकालेका हुन् ।   
प्रदर्शनकारीहरुले अमेरिकी सरकारको अतिक्रमणलाई अस्विकार गर्ने ‘युनाइटेड सोसिलिस्ट पार्टी अफ भेनेजुएला (पिएसयुभि)’ का नेता दारियो भिभास्ले एक टेलिभिजनमा बताउनु भएको छ । 
यसैबीच भेनेजुएलाली सरकारले सर्वसाधारणलाई सैन्य तालिम दिन सुरु गरेको छ । सरकारले देशभरी सैन्य तालिम सुरु गरी अभ्यासको आयोजना गर्दै हजारौ सर्वसाधारणलाई बन्दुक चलाउन सिकाएको छ । 
सरकारले दुई लाख सैनिक र ७ लाख सर्वसाधारण र आवश्यकता अनुसार फौजी जिम्मेवारीमा तैनाथ गर्न सकिने व्यक्तिहरुलाई उक्त तालिममा तैनाथ गरिएको छ ।
अमेरिकाले निकोलास मदुरो सरकारमाथि मानवअधिकार उलघनको आरोप लगाउन्दै दवाव बढाएपछि सो सैन्य अभ्यास आयोजना गरिएको हो । राजधानी कराकस र भेनेजुएलाका अन्य सहरमा आधारभूत सैन्य गतिविधिबारे सर्वसाधारणलाई तालिम दिइएको थियो । 

सिरियाबारे छलफल गर्न राष्ट्रसंघका प्रतिनिधि इरानमा
संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि स्टेफेन डे मिस्टुराँले सिरियाली संकटबारे इरानका उच्च अधिकारीसँग छलफल गर्न आइतबार इरान आइपुग्नुभएको छ ।प्रेस टीभीले जनाए अनुसार मिस्टुराँले इरानी उच्च पदाधिकारी लगायत विदेशमन्त्री मोहम्मद जावेद जरीफ र अरब तथा अफ्रिका मामिला हेर्ने उप विदेशमन्त्री हुसेन जावेरी अन्सारीसँग सिरियाको राजनीतिक संकटबारे समाधानको प्रयास स्वरूप छलफल गर्नुहुने बताइएको छ ।
उहाँको भ्रमण नयाँ चरणकको सिरिया शान्तिवार्ता हुने तयारी भइरहेको समय भएको र यसमा इरानको भूमिकाबारे केन्द्रित हुनेछ । मध्य सेप्टेम्बरमा काजकस्तानको राजधानी अस्तानामा हुने कार्यसूची तय गर्न महत्वपूर्ण रहने बताइएको छ ।

फार्क छापामार चिकित्सा शिक्षाका लागि क्युबामा
कोलम्बियाका पूर्व फार्क छापामारहरुका लागि पहिलो चरणमा दिईने चिकित्सा शिक्षाका लागि दुई सय जनाको समूह क्युवा पुगेका छन । दक्षिण अमेरिकी देश कोलम्बियाको शान्ति प्रक्रियालाई सघाउने उद्धेश्यले क्युबाले उनीहरुलाई सरकारी छात्रबृत्तिमा चिकित्सा शिक्षा दिन लागेको हो । 
हवानाको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा छात्रबृत्तिबाट लाभान्वित उनीहरुलाई क्युबाका विदेश मन्त्री र स्वास्थ्य मन्त्रीले स्वागत गर्नुभएको थियो ।
क्युबाको चिकित्सा शिक्षा ल्याटिन अमेरिकी देशहरु मध्येको उत्तम मानिन्छ । हामीले यहाँ चिकित्सा शिक्षा अध्ययन गर्न पाउनु ठूलो उपलब्धी हो, कोलम्बियाली युवा जुङ क्वीजानोले सिन्ह्वासँग बताएका छन ।  
फार्क छापामारहरुको सदस्य भएकाले क्वीजानोले क्युवामा ६ बर्षे चिकित्सा शिक्षा लिएर चिकित्सक बन्ने अवसर पाउनु भएको हो । 
“हामीलाई चिकित्सक बन्ने अवसर दिएको र कोलम्बिया जनतालाई सहयोग गर्न सक्ने सक्षम बनाउन लागेकोमा क्युबाप्रति हामी अत्यन्तै आभारी छौं,“ उहाँले भन्नुभयो ।  
अहिले निसस्त्र भएका पुर्व छापामार लाउरा हेर्रेराले क्युबाले छात्रबृत्ति दिएपछि आफुहरुको सपना सत्यमा परिणत भएको बताउनु भयो । रासस÷सिन्ह्वा


Rating (Votes: )   
Share     Print


Other Articles:
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि (08.15.2017)
हिरोसीमा वियोगको ७२ वर्ष स्मरण (08.08.2017)
राष्ट्रपतिका छोराले गरेको कुराकानी गलत (07.26.2017)
हङकङको वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने (06.28.2017)
दार्जलिङको विरोधलाई हिंसात्मक नबनाउन आग्रह (06.22.2017)
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित (06.15.2017)
बेलायतमा २३ हजार जिहादी लडाकू रहेको (05.31.2017)
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण (05.24.2017)
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब (05.02.2017)
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु (04.18.2017)
ट्रम्पले छाडे चीनको विरोध गर्न (04.11.2017)
राष्ट्रपतिद्वारा पत्रकारद्वारा आयोजित रात्रिभोज बहिष्कार (02.28.2017)
३० लाख आप्रवासीको छानबिन गर्दै अमेरिका (02.15.2017)
ट्रम्पको कारण आएको सङक्रमणकाल (01.31.2017)
ट्रम्पको सपथ ग्रहण अभ्यासको तयारी (01.18.2017)
राष्ट्रपति विदा हुनुपूर्व क्षमदान गर्ने लहर र चर्चा (01.12.2017)
अमेरिकी कूटनीतिज्ञ निकाला गर्ने रूसको तयारी (01.04.2017)



 
::| Latest News

 
[Page Top]