युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:30pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
उत्तर कोरियाले हल्लायो संसार
Wednesday, 09.06.2017, 03:37pm (GMT+5.5)

उत्तर कोरियाले आइतबार एक शक्तिशाली आणविक परीक्षण गरेपछि संसारमा नयाँ र ठूलो हलचल पैदा भएको छ । यस परीक्षणको उत्तरले भने प्रारम्भिक रूपमा कुनै जानकारी दिएको थिएन । त्यो के कस्तो बम हो र यसको शक्ति कति हो भन्ने बारेमा उसले कुनै पुष्टि गरेको थिएन । तर पनि सो परीक्षणका कारण उत्पन्न कम्पनले गर्दा यस कुराको पुष्टि भएको छिमेकी देशहरूले बताएका छन् । परीक्षणस्थल र अन्य छिमेकी देशमा पनि यसको कम्पन आएको उनीहरूको भनाइ छ ।
त्यस लगत्तै उत्तरले उक्त परीक्षण हाइड्रोजन बम भएको सङ्केत गरेको थियो । उत्तरको आधिकारिक समाचारमा सो परीक्षण सफल भएको भनिएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमहरूले उत्तर कोरियाले आइतबार बिहान हानेको हाइड्रोजन बम शक्तिशाली र सफल पनि भएको जनाएका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमहरूले यहाँका नेतालाई उद्धरण नगरी उक्त परीक्षण सफल भएको जनाएका हुन् ।
उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समय मात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो ।  
उत्तर कोरियाका छिमेकी देशहरू दक्षिण कोरिया र जापानले सो परीक्षणको पुष्टि भएको नै बताएका छन् भने चीनले पनि उक्त क्षेत्रमा आएको कम्पन सोही परीक्षणको कारण हुनसक्ने बताएको छ । उत्तर कोरियाले क्षेप्यास्त्रहरू निर्माण गर्ने गरेको क्षेत्रमा कम्तीमा पनि छ म्याग्निच्युड हाराहारीको कम्पन आएको जनाएको छ । तर उत्तर कोरियाले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । 
उता जापानले यस्तो परीक्षणको औपचारिक रूपमा विरोध पनि जनाएको छ । बारम्बार उत्तर कोरियाको यो हदसम्मको हर्कत कदापि मान्य नहुने पनि उसले दाबी गरेको छ । जापानका विदेशमन्त्री तारो कानोले भन्नुभयो, “जापान सरकारले आवश्यक विभिन्न सूचनाहरू संकलन गरेर र आवश्यक अनुसन्धान गरेर सो आणविक परीक्षण गरेको पुष्टि गरेको छ ।”
जापान सरकारले पनि मौसमसम्बन्धी र भौगर्भिक सर्वेक्षणबाट यससम्बन्धी सूचना लिएको थियो । प्राप्त सूचनामा यी निकायबाट प्राप्त जानकारीअनुसार उत्तर कोरियाले आणविक परीक्षण गरेकै कारण पृथ्वीमा कम्पन आएको पाइएको जापानले जनाएको थियो ।
जापानले चीनमा रहेको उत्तर कोरियाको दूतावासमा यस्तो विरोधपत्र पनि दर्ता गराएको छ । सो विरोधपत्रमा यस्तो क्षेप्यास्त्र परीक्षणको त्रास र यसबाट उत्पन्न परिस्थिति कुनै पनि हालतमा क्षम्य नहुने जिकीर पनि गरिएको छ । 
उत्तर कोरियाले हालै मात्र पनि जापानको समुद्रमा पर्नेगरी एक मिसाइल हानेको थियो । जसका कारण जापानले गम्भीर रूपमा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको भन्दै उत्तर कोरियामाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको थियो ।
यस परीक्षणलाई यसअघिको भन्दा करिब दश गुणा धेरै शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । उसले भनेको छ, उत्तर कोरियाले यसअघि गरेको पाँचौँ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली छ । 
साथै दक्षिण कोरियाली विज्ञहरूले यस पटकको यो परीक्षणका कारण उक्त क्षेत्रमा ५.६ म्याग्निच्युडको कम्पन मापन गरिएको जनाएको छ । यो परीक्षण हाइड्रोजन बमको परीक्षण भएको हुनसक्ने अनुमान पनि दक्षिण कोरियाली विज्ञहरूले गरेका छन् ।
उत्तर कोरियाली नेताले आइतबार हाइड्रोजन बम निर्माणस्थलको निरीक्षण गर्नुभएको समाचार आएको थियो । त्यस लगत्तै यो कम्पन आएकाले सोही समयमा नै हाइड्रोजन सहितको क्षेप्यास्त्र परीक्षण गरिएको हुनसक्ने अनुमान गरिएको बताइएको हो ।
यस परीक्षणको कम्पनपछि प्रतिक्रिया दिँदै जापानी प्रधानमन्त्री सिन्जो अबेले भन्नुभएको छ, “यो परीक्षण निकै नै शक्तिशाली छ यस्ता क्रियाकलापहरू जापानका लागि अत्यन्तै अस्वीकार्य छन् ।” 
उत्तर कोरियाले पछिल्लो पटक गरेको यो परीक्षणका कारण संसारमा नै नयाँ हलचल पैदा भएको छ । संसारका नेताहरूले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ शुरु हुने चिन्ता व्यक्त गरेका छन् ।    
यसैबीच एक अर्काे समाचारअनुसार उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रमार्फत हान्न मिल्ने खालको एक अत्याधुनिक हाइड्रोजन बम बनाएको बताएको छ । यस्तो बमको विकास गरेको उत्तर कोरियाले बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले उत्तर कोरियाका नेता किम जोङ उनले यस्तो खालको हतियार निर्माणस्थल र हतियार नै निरीक्षण गरेको जानकारी दिएको छ ।
आइतबार बिहान उनले यस्तो बमको नै निरीक्षण गरेका थिए । तर उक्त बमको तस्बीर भने अझसम्म सार्वजनिक नगरिएको प्राप्त समाचारमा जनाइएको छ । पश्चिमा देशहरूले भने ब्यालेस्टिक क्षेप्यास्त्रमा प्रयोग गर्न मिल्नेगरी उत्तर कोरियाले परमाणुसँग सम्बन्धित उपकरणहरू निर्माण गर्नसक्ने गरी प्रविधिको विकास गर्ने बारेमा आशङ्का व्यक्त गर्दै आएका छन् । 
उत्तर कोरियाले निरन्तरको क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाले कोरियाली प्रायद्वीपको समस्या समाधानका लागि उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको बताउँदै आएको थियो ।  यस प्रयास अमेरिकाले गर्दै आएको जनाएको थियो । त्यस कुराको जानकारी एकजना उच्च सुरक्षा अधिकारीले हालै दिएका थिए । 
अमेरिकी उच्च सैनिक जनरल जो डनफोर्डले केही समयअघि भन्नुभएको थियो “अमेरिकासँग उत्तेजित उत्तर कोरियाली शासकसँग छलफल तथा समस्याको समाधान खोज्ने विश्वसनीय तथा व्यावहारिक विकल्प रहेको छ ।” तर अमेरिकाले दक्षिण कोरियासँगको सैन्य अभ्यासलाई रोक्ने कुनै योजना भने नबनाएको पनि उहाँले बताउनुभएको थियो । उहाँले हालै गरेको चीन भ्रमणका क्रममा सञ्चारकर्मीसँग सो कुरा बताएका थिए । अमेरिकाको दक्षिण कोरियासँग भएको संयुक्त सैन्य अभ्यासले चीन तथा उत्तर कोरिया दुवैलाई चिढाएको उहाँको भनाइ थियो ।
उत्तर कोरियाली नेता किम जोङ उनलाई ब्यालिस्टक क्षेप्यास्त्र विकास गर्न दिने कुरा कल्पना बाहिरको कुरा भएको र यसले अमेरिका तथा यस क्षेत्रको सुरक्षामा चुनौती खडा गरिरहेको पनि उहाँको भनाइ थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
टाउकाको मोलसहित ६९ जना आतंकवादीको सूची सार्वजनिक (08.29.2017)
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि (08.15.2017)
हिरोसीमा वियोगको ७२ वर्ष स्मरण (08.08.2017)
राष्ट्रपतिका छोराले गरेको कुराकानी गलत (07.26.2017)
हङकङको वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने (06.28.2017)
दार्जलिङको विरोधलाई हिंसात्मक नबनाउन आग्रह (06.22.2017)
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित (06.15.2017)
बेलायतमा २३ हजार जिहादी लडाकू रहेको (05.31.2017)
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण (05.24.2017)
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब (05.02.2017)
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु (04.18.2017)
ट्रम्पले छाडे चीनको विरोध गर्न (04.11.2017)
राष्ट्रपतिद्वारा पत्रकारद्वारा आयोजित रात्रिभोज बहिष्कार (02.28.2017)
३० लाख आप्रवासीको छानबिन गर्दै अमेरिका (02.15.2017)
ट्रम्पको कारण आएको सङक्रमणकाल (01.31.2017)
ट्रम्पको सपथ ग्रहण अभ्यासको तयारी (01.18.2017)
राष्ट्रपति विदा हुनुपूर्व क्षमदान गर्ने लहर र चर्चा (01.12.2017)



 
::| Latest News

 
[Page Top]