युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:10am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
शक्तिशाली परमाणु विकास गर्न निर्देशन
Wednesday, 10.11.2017, 01:47pm (GMT+5.5)

उत्तर कोरियाली नेताले फेरि अर्काे परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिनुभएको समाचार छ । उत्तर कोरियाले गत सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो । उसले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी दिइएको थियो । 
सो बम परीक्षणको विश्वव्यापी रुपमा नै विरोध भएको छ । साथै सो परीक्षणको विरोधमा संयुक्तराज्य अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर अमेरिकामाथि कैयौँ क्षेत्रमा कडा खालको नाकाबन्दी पनि लगाएको छ । 
तर उक्त नाकाबन्दीको बाबजुत पनि उत्तर कोरियाली नेताले शनिबार आणविक विकासमा सम्बद्ध अधिकारीहरुलाई आदेश दिनुभएको बताइएको छ । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले जनाएअनुसार कोरियाली वर्कस् पार्टीको सातौँ साधारण बैठकलाई सम्बोधन गर्दै उत्तर कोरियाली वरिष्ठ नेता किम जोङ उनले सो निर्देशन दिनुभएको हो ।
संयुक्तराज्य अमेरिकाले उत्तर कोरियामाथि शसक्त कारबाही गर्ने जनाएका बेला त्यस्तो धम्कीका विरुद्धमा उत्तर कोरियाले अझ शक्तिशाली आणविक विकास गर्नुपर्ने भन्दै नेता उनले सो आदेश दिनुभएको बताइएको छ । 
उक्त बैठकमा सहभागी वर्कस पार्टीका नेता, उच्च सरकारी अधिकारी तथा मिसाइल बैज्ञानिकहरुलाई उहाँले सो आदेश दिएको सो समाचार समितिले जानकारी दिएको छ । उत्तर कोरियाले सेप्टेम्बर ३ मा गरेको हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षणको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ । 
सो परीक्षणपछि अमेरिकाले दिएको धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित नै हुने जनाएको थियो । उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले उत्तर कोरियाली नेताले पुनः यस्तो परीक्षणका लागि आदेश गर्नुभएको र सो आदेश अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्धमा भएको जानकारी पनि हालै दिनुभएको हो ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज (09.12.2017)
उत्तर कोरियाले हल्लायो संसार (09.06.2017)
टाउकाको मोलसहित ६९ जना आतंकवादीको सूची सार्वजनिक (08.29.2017)
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि (08.15.2017)
हिरोसीमा वियोगको ७२ वर्ष स्मरण (08.08.2017)
राष्ट्रपतिका छोराले गरेको कुराकानी गलत (07.26.2017)
हङकङको वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने (06.28.2017)
दार्जलिङको विरोधलाई हिंसात्मक नबनाउन आग्रह (06.22.2017)
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित (06.15.2017)
बेलायतमा २३ हजार जिहादी लडाकू रहेको (05.31.2017)
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण (05.24.2017)
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब (05.02.2017)
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु (04.18.2017)
ट्रम्पले छाडे चीनको विरोध गर्न (04.11.2017)
राष्ट्रपतिद्वारा पत्रकारद्वारा आयोजित रात्रिभोज बहिष्कार (02.28.2017)
३० लाख आप्रवासीको छानबिन गर्दै अमेरिका (02.15.2017)
ट्रम्पको कारण आएको सङक्रमणकाल (01.31.2017)



 
::| Latest News

 
[Page Top]