युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा
Tuesday, 11.07.2017, 10:49am (GMT+5.5)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको नौ दिने भ्रमणको क्रममा आइतबार जापान पुग्नुभएको छ । उहाँको उक्त भ्रमणको पहिलो देश जापान हो । आइतबार बिहान अमेरिकी राष्ट्रपतिको एयर फोर्स विमान जापानमा रहेको अमेरिकी सैनिक शिवीर, युएस योकोता एयर बेसमा अवतरण गरेको थियो । 
सो सैनिक शिवीरमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी र जापानी सैनिकलाई सम्बोधन पनि गर्नुभएको थियो । सोमबार उहाँ र जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता भएको ेछ । त्यसअघि आइतबार अपरान्ह उहाँहरु दुवै जना टोकियोभन्दा बाहिर रहेको ‘कन्ट्रि क्लब’ मा गल्फ खेल्ने कार्यक्रम रहेको छ ।
जापानी प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपतिको जापान भ्रमण ऐतिहासिक भएको टिप्पणी गर्नुभएको छ । उहाँले यस भ्रमणका माध्यमबाट यी दुई देशबीचमा यसअघि कहिल्यै नभएको सम्बन्ध विकास हुनेमा आफूले विश्वास लिएको बताउनुभएको छ । 
यसअघि उक्त सैनिक शिवीरमा सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अमेरिका र जापानबीचको सम्बन्ध अहिले पनि सुमधुर रहेको र आगामी दिनमा पनि यी दुई देश व्यापारिक तथा अन्य आवश्यक सबै एजेण्डाहरुका कारण झनै सुदृढ हुने बताउनुभएको थियो । 
राष्ट्रपति ट्रम्पले मङ्गलबार जापानी सम्राट अकिहितो र महारानी मिचिकोसँग भेटवार्ता गर्नुहुने बताइएको छ । त्यस अगावै जापानी प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुनेछ । 
सो वार्ता अन्य विषयहरुका अतिरिक्त द्विपक्षीय व्यापार, लगानी र क्षेत्रीय सुरक्षाका विषयमा बढी केन्द्रित हुने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकासहुदै परीक्षण गरेको थियो । यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको जापान भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि एक ठूलो महत्वका विषयका रुपमा लिन सकिन्छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ (11.07.2017)
शक्तिशाली परमाणु विकास गर्न निर्देशन (10.11.2017)
मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज (09.12.2017)
उत्तर कोरियाले हल्लायो संसार (09.06.2017)
टाउकाको मोलसहित ६९ जना आतंकवादीको सूची सार्वजनिक (08.29.2017)
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि (08.15.2017)
हिरोसीमा वियोगको ७२ वर्ष स्मरण (08.08.2017)
राष्ट्रपतिका छोराले गरेको कुराकानी गलत (07.26.2017)
हङकङको वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने (06.28.2017)
दार्जलिङको विरोधलाई हिंसात्मक नबनाउन आग्रह (06.22.2017)
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित (06.15.2017)
बेलायतमा २३ हजार जिहादी लडाकू रहेको (05.31.2017)
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण (05.24.2017)
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब (05.02.2017)
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु (04.18.2017)
ट्रम्पले छाडे चीनको विरोध गर्न (04.11.2017)
राष्ट्रपतिद्वारा पत्रकारद्वारा आयोजित रात्रिभोज बहिष्कार (02.28.2017)



 
::| Latest News

 
[Page Top]