युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
सिरियामा प्रगति हुँदैछ ट्रम्प र पुटिनले
Wednesday, 11.15.2017, 01:58pm (GMT+5.5)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुसका सेनाले गरेको संयुक्त सैन्य समन्वय तथा कारबाहीबाट सिरियामा केही प्रगति भएको बताउनुभएको छ । 
भियतनाममा एपेकको सम्मेलनपछि सोही स्थानमा भएको उहाँहरुको छोटो समयको भेटपछि जारी गरिएको वक्तव्यमा सो कुरा बताइएको छ । 
उक्त बक्तव्यमा जनाइएअनुसार यी दुई देशका सेनाले गरेको समन्वयात्मक कारबाहीबाट सिरियामा धेरै आइएसका लडाकू मारिएका छन् । हाल त्यहाँ आइएसका गतिविधि पहिलेको तुलनामा धेरै नै कम भएको विश्लेषण यी दुई देशको छ । 
यी दुई देशको संयुक्त सैन्य काबारही पनि बिगतमा भएको थियो । जसका कारण सिरियामा आइएसका धेरै लडाकू मारिएका छन् र यसबाट दुवै देश सन्तुष्ट छन् । 
उक्त भेटपछि जारी भएको वक्तव्य अमेरिकी विदेशमन्त्रालयको वेबसाइटमा राखिएको थियो । उक्त वेबसाइटमा दिइएअनुसार दुवै देशका सेनाले विभिन्न माध्यमबाट सञ्चार स्थापना गरेका छन् । 
सो विज्ञप्तिमा सिरियामा जारी सैन्य कारबाही मात्र भने त्यहाँको समस्या समाधानको विकल्प नभएको पनि स्पष्ट गरिएको छ । 
दुवै देशका नेताद्वारा जारी गरिएको उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ– सिरियामा जारी सैन्य कारबाही समस्याको समाधान होइन र समाधानका लागि त राजनीतिक निकास नै चाहिन्छ ।
सिरियामा हाल जारी हिंसाको अन्त्यका लागि अरु केही हुन सकेन भनेपनि यसको विकल्प भनेको यसअघि संयुक्त राष्ट्रसंघले अघि सारेको प्रस्ताव नं २२५४ बमोजिमको निकास निकाल्नुपर्दछ । 
उक्त प्रस्तावमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा सिरियामा आम निर्वाचन र त्यसपछिको अवस्थामा संविधानमा संशोधन या सुधार गरी यहाँबाट भागेर शरणार्थीका रुपमा विभिन्न देशमा रहेका सिरियालीलाई सकुशल घर फर्काउनुपर्छ भन्ने व्यवस्था छ । 
सिरियामा गएको पाँचवर्षभन्दा लामो समयदेखि हिंसा जारी छ । सो हिंसाका कारण त्यहाँ साढे दुई लाखभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यहाँको सुरुको राजनीतिक हिंसा हाल आएर गृहयुद्धमा परिणत भएको छ । 
तर त्यहाँ शान्ति स्थापनाको प्रयास भने हुन सकेको छैन । यसअघि भएका कैयौं शान्तिवार्ताहरु तथा पछिल्लो समयमा भएको जेनेभा वार्ता पनि शान्ति स्थापनाको काममा सफल हुन सकिरहेको छैन । 
यसअघि सिरिया समस्याको समाधानका लागि संयुक्त राज्य अमेरिका र रुसको संयोजकत्वमा विभिन्न समिति निर्माण हुनुका साथै सैन्य परिचालन लगायतका प्रयास भएका थिए । तर ती प्रयासहरुले आजका मितिसम्म पनि सिरियामा शान्ति स्थापनाको काममा सफलता पाउन सकिरहेका छैनन् । 



Rating (Votes: )   
Share     Print


Other Articles:
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा (11.07.2017)
राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ (11.07.2017)
शक्तिशाली परमाणु विकास गर्न निर्देशन (10.11.2017)
मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज (09.12.2017)
उत्तर कोरियाले हल्लायो संसार (09.06.2017)
टाउकाको मोलसहित ६९ जना आतंकवादीको सूची सार्वजनिक (08.29.2017)
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि (08.15.2017)
हिरोसीमा वियोगको ७२ वर्ष स्मरण (08.08.2017)
राष्ट्रपतिका छोराले गरेको कुराकानी गलत (07.26.2017)
हङकङको वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने (06.28.2017)
दार्जलिङको विरोधलाई हिंसात्मक नबनाउन आग्रह (06.22.2017)
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित (06.15.2017)
बेलायतमा २३ हजार जिहादी लडाकू रहेको (05.31.2017)
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण (05.24.2017)
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब (05.02.2017)
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु (04.18.2017)
ट्रम्पले छाडे चीनको विरोध गर्न (04.11.2017)



 
::| Latest News

 
[Page Top]