युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 07:44pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित्
Friday, 11.24.2017, 12:49pm (GMT+5.5)

अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको अवस्थाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय एजेन्सी, युनिसेफले चिन्ता व्यक्त गरेको छ । यहाँका बालबालिकाले पोषणयुक्त खानेकुरा नपाएका तथा विद्यालय जान पाउने स्थिति पनि नरहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको एक समाचारमा जनाइएको छ । 
अफगानिस्तानमा आजका मितिसम्म पनि कम्तीमा ३५ लाख बालबालिका विद्यालयबाहिर रहेका छन् भने उनीहरुले राम्रो र पोषणयुक्त खानेकुराबाट पनि बञ्चित रहेका छन् ।
अफगानिस्तानका लागि युनिसेफका आवासीय प्रतिनिधि अदेले खोदरले भन्नुभयो– सशस्त्र द्वन्द्वका कारण लामो समयदेखि समस्यामा परेको अफगानिस्तानका बालबालिकाको अवस्था बिगतको तुलनामा नसुध्रिएको उहाँले बताउनुभयो ।
अफगानिस्तानमा गएको डेढ दशकभन्दा लामो समयदेखि हिंसा जारी छ । सो हिंसाका कारण यहाँको सामाजिक आर्थिक अवस्थामा पनि नराम्रो प्रभाव परिरहेको छ । यसैकारण पनि यहाँका बालबालिका आधारभूत आवश्यकताको प्राप्तिबाट बञ्चित हुन पुगेका छन् । यहाँका बालबालिकामध्ये बढी असर बालिकामा परिरहेको देखिएको छ । विद्यालय बाहिर रहेका भनिएका ३५ लाख बालबालिकामध्ये करिब ७५ प्रतिशत बालिका रहेका छन् । 
विद्यालय जाने गरेका बालबालिका पनि १२ देखि १५ बर्षको उमेरभित्रमा नै उनीहरुले विद्यालय छोड्ने गरेका छन् । अफगानिस्तानमा विश्वमा नै सबैभन्दा बढी साना विद्यार्थीले सानैमा विद्यालय छोड्ने गरेका छन् । यहाँका बालबालिका पोषणयुक्त खानेकुराको अभावमा बाँचेका बताइन्छ । हालै गरिएको एक सर्वेक्षणकाअनुसार अफगानिस्तानका करिब छ लाख बालबालिका चरण कुपोषणमा बाँचेका छन् । 
उनीहरुलई सबैभन्दा बढी देशको आन्तरिक द्वन्द्व र हिंसाले असर पारिरहेको युनिसेफले जनाएको छ । उनीहरुको अवस्थाको सुधारका लागि पनि सो संस्थाले आग्रह गरेको छ । युद्धका बेलामा पनि बालबालिकालाई शिक्षा, स्वास्थ्य र उनीहरुका आधारभूत आवश्यकतामा कुनै कमी आउन नदिई कामगर्न अफगानिस्तानको सरकार तथा सशस्त्र समूहलाई आग्रह गरेको छ । 
त्यसैगरी विश्वका दाताराष्ट्रहरुलाई पनि यहाँका बालबालिकाको अवस्था सुधारका लागि सहयोग पु¥याउन पनि सो संस्थाले आग्रह गरेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सिरियामा प्रगति हुँदैछ ट्रम्प र पुटिनले (11.15.2017)
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा (11.07.2017)
राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ (11.07.2017)
शक्तिशाली परमाणु विकास गर्न निर्देशन (10.11.2017)
मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज (09.12.2017)
उत्तर कोरियाले हल्लायो संसार (09.06.2017)
टाउकाको मोलसहित ६९ जना आतंकवादीको सूची सार्वजनिक (08.29.2017)
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि (08.15.2017)
हिरोसीमा वियोगको ७२ वर्ष स्मरण (08.08.2017)
राष्ट्रपतिका छोराले गरेको कुराकानी गलत (07.26.2017)
हङकङको वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने (06.28.2017)
दार्जलिङको विरोधलाई हिंसात्मक नबनाउन आग्रह (06.22.2017)
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित (06.15.2017)
बेलायतमा २३ हजार जिहादी लडाकू रहेको (05.31.2017)
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण (05.24.2017)
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब (05.02.2017)
सिरिया हमलामा अठसठ्ठी बालबालिकाको मृत्यु (04.18.2017)



 
::| Latest News

 
[Page Top]