युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 06.23.2018, 06:06am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
अमेरिकी निर्णयको उत्तर कोरियाद्वारा विरोध
Tuesday, 11.28.2017, 11:16am (GMT+5.5)

अ‍ेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा हालै राखेकोमा उत्तर कोरियाले विरोध गरेको समाचार छ ।
अमेरिकाले बिना आधार आफूमाथि यस्तो आरोप लगाएको प्रतिक्रिया दिँदै उत्तर कोरियाले यस आरोपलाई अमेरिकाको उत्तेजना फैलाउने कामको संज्ञा दिएको छ । उत्तर कोरियाले अमेरिकाले यसअघि पनि यस्ता आरोपहरु लगाउने गरेको तर ती प्रमाणित नभएका भन्दै यस खालका प्योङयाङ विरोधी अभियानले आफ्नो देशको आणविक कार्यक्रमको विस्तारका क्षेत्रमा कुनै पनि असर नपर्ने पनि बताएको छ ।  
यसका साथै उत्तर कोरियाले आफ्नो देशको आतङ्कवादसँग कुनै पनि सम्बन्ध नरहेको स्पष्टीकरण पनि दिएको प्राप्त समाचारमा जनाइएको छ । उसले भनेको छ, त्यसैले अमेरिकाले हामीलाई आतङ्कबादलाई सघाउने मुलुकको सूचिमा राख्नु र नराख्नुको कुनै पनि अर्थ छैन । 
त्यसैगरी अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि छ वटा लडाकू जहाज दिने भएको समाचारको पनि कडा शब्दमा विरोध गरेको छ । आगामी महिना ती जेट विमान अमेरिकाले दक्षिण कोरियालाई दिने भएको हो । अमेरिका र दक्षिण कोरियाबीच संयुक्तरुपमा हुने सैन्य अभ्यासको लागि प्रयोग गर्न ती लडाकू जेट विमान पठाउन लागिएको हो । 
उत्तर कोरियाले अमेरिकाको यस घटनाको पनि विरोध गरेको छ । उसले भनेको छ, ती विमान अमेरिकाले दक्षिण कोरियालाई दिएको भन्दा पनि सैन्य अभ्यासमा प्रयोग गर्ने भन्नु उत्तर कोरियाका विरुद्धको अभ्यासमा प्रयोग हुने हुन् भन्दै त्यसको विरोध गरेको हो । 
अमेरिकी लडाकू विमान जापानको ओकिनावा एयर शिवीरबाट कडेना एयर शिविर हँुदै दक्षिण कोरियास्थित दक्षिण कोरिया र अमेरिको संयुक्त सैन्य अभ्यास स्थलसम्म पु¥याइने बताइएको छ । पछिल्लो समयमा जापान, दक्षिण कोरिया र अमेरिकासँग पनि उत्तर कोरियाको सम्बन्ध विग्रिएको छ । 
उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमका कारण यस्तो अवस्था आएको हो । जसले गर्दा अमेरिका र उत्तर कोरियाले एक अर्काका विरुद्धमा निकै कडा अभिव्यक्ति दिई आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पको हालै भएको दक्षिण कोरिया, जापान र चीनको भ्रमणका समयमा पनि राष्ट्रपति टम्पले उत्तर कोरियाको निकै नै आलोचना गर्नुभएको थियो । 

तीव्र आर्थिक बृद्धिलाई छेकेन नाकाबन्दीले
खाडी मुलुकहरुको नाकाबन्दीका वावजुद कतारको आर्थिक बृद्धिदर तिव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले बताउनु भएको छ । गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जिसीसी) मा पर्ने देशहरु मध्ये पनि कतारमा सवै भन्दा धेरै आर्थिक बृद्धि भईरहेको जानकारी दिनुभयो । 
उहाँलाई उद्धृत गर्दै कतार समाचार संस्थाले कतारका छिमेकी देशहरुले नाकाबन्दी गरिरहेका बेलामा पनि तिब्र आर्थिक बृद्धि भईरहेको समाचार संप्रेषण गरेको छ । समाचारमा जनाइए अनुसार कतारले नाकाबन्दीपछि पनि आर्थिक अवस्था खस्कन नदिन सतर्कता अप्नाएकाले बृद्धिदर तिब्र भएको हो ।
कतारले सन् २०१७ मा २.५ प्रतिशत कुल ग्राहस्थ उत्पादन हुने प्रक्षेपण गरेको केन्द्रीय बैंकले जनाएको छ । 
गभर्नर अल थानीले आगामी बर्ष आर्थिक बृद्धिदर अझ बढ्ने बताउनु भयो । अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक बृद्धिदर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो । 
साउदी अरब, बहराईन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएइ)ले गत जुन ५ देखि कतारमाथी कूटनीतिक समस्या सृजना गर्दै नाकाबन्दी गरेका छन । कतारले आतङ्कवादी र अतिवादीहरुलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउदै लगेको लगायतका आरोप नाकाबन्दी गर्ने देशहरुले लगाएका छन । तर उनीहरुको आरोपलाई कतारले भने पुरै अस्विकार गरेको छ । 
नाकाबन्दी लगाएका देशहरुले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका थिए । ती माग मध्ये इरानसँगको सम्बन्ध तोड्नु पर्ने र कतारमा रहेका टर्कीका सेनाहरु फिर्ता पठाउनु पर्ने लगायतका मागहरु मुख्य रहेका छन् । तर सहमती नभएपछि नाकाबन्दी अझै पनि कायमै रहेको छ ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित् (11.24.2017)
सिरियामा प्रगति हुँदैछ ट्रम्प र पुटिनले (11.15.2017)
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा (11.07.2017)
राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ (11.07.2017)
शक्तिशाली परमाणु विकास गर्न निर्देशन (10.11.2017)
मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज (09.12.2017)
उत्तर कोरियाले हल्लायो संसार (09.06.2017)
टाउकाको मोलसहित ६९ जना आतंकवादीको सूची सार्वजनिक (08.29.2017)
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि (08.15.2017)
हिरोसीमा वियोगको ७२ वर्ष स्मरण (08.08.2017)
राष्ट्रपतिका छोराले गरेको कुराकानी गलत (07.26.2017)
हङकङको वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने (06.28.2017)
दार्जलिङको विरोधलाई हिंसात्मक नबनाउन आग्रह (06.22.2017)
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित (06.15.2017)
बेलायतमा २३ हजार जिहादी लडाकू रहेको (05.31.2017)
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण (05.24.2017)
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)
उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब (05.02.2017)



 
::| Latest News

 
[Page Top]