युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:07am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने
Tuesday, 12.05.2017, 03:43pm (GMT+5.5)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने कदम अगाडि बढाउँने तयारी गरेको भन्दै यस विरुद्ध कुटनैतिक रूपमा समर्थन जम्मा गर्न प्यालेष्टिनी नेताहरूले आइतबार प्रदर्शनको तयारी गरेका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने बिषयलाई आगामी बुधवार घोषणा गर्ने तयारी रहेको र अमेरिकी राजदूतावासलाई जेरुसेलम सार्नेबारे आगामी सोमबारसम्म निर्णय लिनसक्ने बताएका छन् । 
यसलाई लिएर प्यालेष्टिनी राष्ट्रपति महमद अब्वासले विश्व नेताहरूसँग फोनमार्फत् सल्लाह गरिरहनुभएको राष्ट्रपतिका कुटनीतिक सल्लाहकार माज्दी अल खालिदीले एएफ्पीलाई बताउनुभयो । राष्ट्रपतिले अहिलेसम्म फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्राँे, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, अरब लिग तथा अर्गनाइजेसन अफ इश्लामिक कोअपरेसनका सदस्यसँग छलफल गरिसक्नुभएको खालिफीले बताउनुभयो ।
सूचना तथा सस्ंकृति विभागका प्रमुखसमेत रहनुभएकी आश्रावीले अमेरिकाले राजदूतावासलाई जेरुसेलम सार्ने कदमले समग्र यस क्षेत्रमा अस्थिरता निम्त्याउने, शान्ति प्रक्रियालाई खल्बलाउने, यस क्षेत्रमा अमेरिकी भूमिकालाई अयोग्य सावित गर्ने तथा अतिवादको नयाँ लहर सिर्जना गर्ने भनी शनिबार उक्त तयारीबारे विरोध जनाउनुभएको थियो ।
“मलाई विश्वास छ यस्तो कदम कसैले पनि लिने छैन । यो कदम अत्यन्तै गैरजिम्मेवार तथा खतरनाक सावित हुनेछ,” उहाँले भन्नुभयो । “राजदूतावास सार्ने कदम एकदम खतरनाक हुनेछ र धार्मिक बिषयका रूपमा उदाउने छ ।”  
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफूले अमेरिकी संघीय गुप्तचर विभाग (एफबीआई) का पूर्व निर्देशक जेम्स कोमीलाई पूर्व अमेरिकी सुरक्षा सल्लाहकार मिखायल फ्लिनमाथिको अनुसन्धान अघि नबढाउन भनेको भन्ने भनाइको पुनः खण्डन गर्नुभएको छ ।
जेम्स कोमीले आफूले एफबीआईलाई झूटो विवरण दिएको भन्दै हालै माफी माग्नुभएको थियो । आइतबार ट्वीट गर्दै ट्रम्पले भन्नुभयोे, “मैले अनुसन्धान रोक्न कोमीलाई कहिल्यै भनिन । कोमीले झूटो बोलेको थप झूटा खबरले सञ्चारमाध्यममा स्थान पाएका छन् ।”
शनिबार अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१५ मा भएको अमेरिकी निर्वाचनका क्रममा आफू र आफ्नो निर्वाचन अभियानले मस्कोसँग सहकार्य नगरेको दोहोराउनुभएको थियो । 
उहाँले उक्त आरोप आधारहीन भन्दै अमेरिकी न्याय विभाग र आफ्ना प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई उल्टो आरोप लगाउनुभएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अमेरिकी निर्णयको उत्तर कोरियाद्वारा विरोध (11.28.2017)
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित् (11.24.2017)
सिरियामा प्रगति हुँदैछ ट्रम्प र पुटिनले (11.15.2017)
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा (11.07.2017)
राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ (11.07.2017)
शक्तिशाली परमाणु विकास गर्न निर्देशन (10.11.2017)
मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज (09.12.2017)
उत्तर कोरियाले हल्लायो संसार (09.06.2017)
टाउकाको मोलसहित ६९ जना आतंकवादीको सूची सार्वजनिक (08.29.2017)
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि (08.15.2017)
हिरोसीमा वियोगको ७२ वर्ष स्मरण (08.08.2017)
राष्ट्रपतिका छोराले गरेको कुराकानी गलत (07.26.2017)
हङकङको वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने (06.28.2017)
दार्जलिङको विरोधलाई हिंसात्मक नबनाउन आग्रह (06.22.2017)
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित (06.15.2017)
बेलायतमा २३ हजार जिहादी लडाकू रहेको (05.31.2017)
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण (05.24.2017)
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)
बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त (05.11.2017)



 
::| Latest News

 
[Page Top]