युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 07:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
डायनाको सालिक निर्माण गरिने
Tuesday, 12.12.2017, 02:41pm (GMT+5.5)

राजकुमार विलियम तथा ह्यारीले आफ्नी स्वर्गीय आमा राजकुमारी डायनाको मृत्यु भएको बिसौँ बर्षदिनको सम्झनामा उहाँको प्रतिमा (सालिक) निर्माण गर्ने योजना अनुसार  आइतबार कुशल मूर्तिकारको चयन गर्नुभएको छ ।
बेलायतकी महारानी एलिजावेथ द्वित्तीयको सन् १९९८ देखि बेलायती मुद्रामा प्रयोग भएको प्रतिमा निर्माण गरेका मूर्तिकार इयान राङ्क ब्रोड्लीले डायनाको सालिकलाई आगामी सन् २०१९ सम्म पूरा गरी हस्तान्तरण गर्ने सम्झौता भएको बताइएको छ ।
उहाँको सालिकलाई केसिङ्टन दरबार परिसरमा राखिने छ । केसिङ्टन स्वर्गीय डायनाको बासस्थान हो ।
राजकुमारद्वयले आइतबार एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, “सालिकको निर्माण ‘स्वर्गीय माता डायनाको सम्मानमा निर्माण गरिने उचित एवम् स्थायी’ उपहार भएको र यसले उहाँको जीवन र विरासतको स्मरण गराइरहने छ ।”
स्वर्गीय राजकुमारी डायनाको सन् १९९७ मा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो ।

जिहादी विरुद्धको युद्ध अन्त्यको घोषणा
इराकका प्रधानमन्त्रीले यहाँ गएको करिब तीन वर्ष यतादेखि जारी राखेको जिहादी विरुद्धको युद्धको अन्त्य भएको घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो– अतिवादी जिहादीहरुले हाम्रा (इराकी) नागरिकलाई मार्न चाहन्थे तर हामी हाम्रा नागरिकको सुरक्षा गर्न सफल भएका छौँ, जिहादीहरु हाम्रो भूमिबाट मारिएका छन् वा भागेका छन् । 
इराकी सेनाले गएको करिब तीन बर्षयतादेखि यहाँका मुस्लिम अतिवादी, इस्लामिक स्टेट (आइएस) का विरुद्धमा युद्धमा युद्धको घोषणा गरेको थियो । 
उसले आइएसलाई इराकी भूमिबाट निस्तेज पारेरै छोड्ने बताएको थियो । इराकी प्रधानमन्त्री हैदर अल अबादीले आइतबार भन्नुभयो– हामीले जे भनेका थियौँ त्यो गरेका छौँ, इराकी सेनाले अन्ततः आफूले जितेको घोषणा गरेको छ ।
इराकमा यस युद्ध जितेको घोषणासँगै आइतबार सार्वजनिक विदा पनि दिइएको छ । नागरिकले आफ्नो देशले, सेनाले जितेको अवसरलाई भव्य रुपमा कार्यक्रमहरु गरेर मनाउन भनेर सार्वजनिक विदा दिइएको पनि इराकी अधिकारीहरुले जनाएका छन् । 
प्रधानमन्त्री अबादीले आइतबार देशबासीका नाममा गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी दिनुभएको हो । उहाँले इराकी सेना वीर र हिरो हुन् पनि भन्नुभएको छ । 
उहाँले आइतबार दिनुभएको सो देशवासीका नामको सम्बोधनमा देशले आतङ्कवादीलाई हराइसकेको, यो युद्ध जितेकोले अबका दिनमा भ्रष्टाचारका विरुद्धमा लड्ने अभ्यास गर्ने प्रण पनि गर्नुभएको समाचारमा जनाइएको छ । 
उहाँले सो सम्बोधनमा भन्नुभयो– हामीले हाम्रो भूमिबाट आतङ्कवादीलाई हराइसकेका छौँ, अब भ्रष्टाचारविरुद्धमा लड्ने छौँ । इराकका विशेषगरी उत्तर र पश्चिमी क्षेत्रका कैयौँ भूभागमा आइएसले कब्जा जमाएको थियो । उनीहरुले सशस्त्र युद्धमार्फत इराकी सेनालाई हटाएर ती क्षेत्रमा कब्जा जमाएको थियो । 
सन् २०१४ मा यसरी आइएसले कब्जा जमाएको सो क्षेत्रबाट तीन वर्षको संघर्षपछि आफ्नो भूभाग आफैले लिन इराकी सेना सक्षम भएको हो । यसलाई इराकी सेनाले पनि आफ्नो ठूलो उपलब्धिका रुपमा लिएको छ । यसरी गरिएको कब्जालाई यहाँको सेनाले निकै नै रक्षात्मक रुपमा कारबाही गर्दै अगाडि बढेको थियो ।

सञ्चारका सबै च्यानलहरु खुला राख्न आग्रह
उत्तर कोरियाको राजधानी प्योङ्याङको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका एकजना विशेष दूतले उत्तर कोरियालाई सञ्चारका सबै संयन्त्रहरु खुला राख्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ– आफ्नो मात्र अनुमान र संसारको अध्ययन नै नगरी आफ्नो मात्र मनगणन्ते बिचारका आधारमा आणविक परीक्षणजस्तो घातक काम नगर्नु, बाहिरी संसारको अध्ययान पनि गर्नु । 
उहाँले उत्तर कोरियालाई संसारसँग वा संयुक्त राष्ट्रसंघसँग सम्बन्ध र सञ्चारका सबै संयन्त्रहरु आवश्यक मात्रामा खुला राख्न आग्रह गर्नुभएको छ । 
कोरियाली केन्द्रीय समाचार संस्था (केसिएन्ए) ले संयुक्त राष्ट्रसङ्घका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्रे फेल्टम्यानले दुई दिनदेखि शनिबारसम्म उत्तर कोरियाको भ्रमण गर्नुभएको बताएको छ ।
त्यस भ्रमणका क्रममा भएका द्विपक्षीय वार्ताले उत्तर कोरिया र संयुक्त राष्ट्रसङ्घको सचिवालयबीच आपसी समझदारीमा वृद्धि भएको जानकारी उत्तर कोरियाले शनिबार दिएको थियो ।
यस भ्रमणलाई दुवै पक्षले स्वभाविक र आवश्यक रहेको महशुस गरेको पनि जनाएका थिए । भ्रमणको अन्तिम दिन शनिबार एक प्रेस विज्ञप्ति जारी गरी सो जानकारी गराएका हुन् । 
निकै लामो समयपछि संयुक्त राष्ट्रसंघको उच्च अधिकारीबाट भएको यस भ्रमणबाट दुवै पक्षबीच विश्वासमा वृद्धिगर्न सफलता मिलेको भन्दै यस्तो भ्रमणहरु निरन्तर रुपमा आदानप्रदान हुनुपर्नेमा जोड दिएका थिए ।
उपमहासचि जेफ्रे फेल्टम्यानले राष्ट्रसंघको यति उच्च तहको अधिकारीबाट सन् २०१० पनि पहिलोपटक उत्तर कोरियाको यो भ्रमण गर्नुभएको बताइएको छ । 
उपमहासचिव जेफ्रे फेल्टम्यानसहितका राष्ट्रसङ्घीय केही उच्च पदाधिकारीले यही डिसेम्बर ५ देखि ९ सम्म प्योङ्याङको भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा उनीहरूले उत्तर कोरियाका विदेशमन्त्री, उपविदेशमन्त्री, विदेश मन्त्रालयका अन्य विशिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए । 
सो भेटमा भएका द्विपक्षीय वार्ताहरुमा कोरियाली प्रायद्वीपको सङ्कटका बिषयमा छलफल भएको र उक्त समस्याको शान्तिपूर्ण समाधानका लागि अधिकारीहरुले जोड दिएका पनि प्राप्त समाचारमा जनाइएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने (12.05.2017)
अमेरिकी निर्णयको उत्तर कोरियाद्वारा विरोध (11.28.2017)
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित् (11.24.2017)
सिरियामा प्रगति हुँदैछ ट्रम्प र पुटिनले (11.15.2017)
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा (11.07.2017)
राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ (11.07.2017)
शक्तिशाली परमाणु विकास गर्न निर्देशन (10.11.2017)
मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज (09.12.2017)
उत्तर कोरियाले हल्लायो संसार (09.06.2017)
टाउकाको मोलसहित ६९ जना आतंकवादीको सूची सार्वजनिक (08.29.2017)
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि (08.15.2017)
हिरोसीमा वियोगको ७२ वर्ष स्मरण (08.08.2017)
राष्ट्रपतिका छोराले गरेको कुराकानी गलत (07.26.2017)
हङकङको वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने (06.28.2017)
दार्जलिङको विरोधलाई हिंसात्मक नबनाउन आग्रह (06.22.2017)
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित (06.15.2017)
बेलायतमा २३ हजार जिहादी लडाकू रहेको (05.31.2017)
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण (05.24.2017)
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ (05.11.2017)



 
::| Latest News

 
[Page Top]