युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 08:24pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
जेरुसेलम घोषणाविरुद्धको प्रदर्शन रोकिएन
Tuesday, 12.19.2017, 01:01pm (GMT+5.5)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गर्नुभएको निर्णयका विरुद्धमा इन्डोनेसियाको राजधानी जकार्तामा व्यापक प्रदर्शन भएको समाचार छ ।
उक्त निर्णयका विरुद्धमा अमेरिकाका विरुद्धमा विश्वका विभिन्न देशमा प्रदर्शन जारी रहेको बताइएको छ । यसैक्रममा आइतबार गरिएको अमेरिका विरुद्धको यो निर्णय व्यापक रहेको र यसमा दशौँ हजार मुस्लिम नागरिकको सहभागिता रहेको पनि सो समाचारमा जनाइएको छ । 
यसअघि गत हप्तादेखि भएको सो घोषणाको विषयलाई लिएर विभिन्न देशले आन्दोलन शुरु गरेका थिए । सो आन्दोलन र विरोध प्रदर्शनको क्रम आइतबार पनि जारी रहेको बताइएको छ । 
प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास समूहद्वारा उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान पनि भएको थियो । यो विरोधको क्रम अझै रोकिएको छैन । 
राष्ट्रपति ट्रम्पको निर्णयको विरोध चर्कंदै गर्दा लेबनानको राजधानी बेरुतस्थित अमेरिकी राजदूतावास अगाडि पनि विरोध जुलुस निकालिएको थियो । गत हप्ताको सो प्रदर्शन अहिले पनि जारी नै रहेको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ । आइतबार पनि इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूतावासतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई प्रहरीले रोेकेको थियो । त्यस क्रममा उसले अश्रु ग्यास र पानीको फोहरा पनि हानेको थियो । 
तर जकार्ताबाट प्राप्त एक समाचारमा यहाँको प्रदर्शनमा कम्तीमा पनि ८० हजार नागरिकको सहभागिता रहेको छ । उनीहरुलाई यहाँबाट हटाउन सक्ने अवस्था नरहेको जकार्ता प्रहरीको भनाइ छ ।
आइतबारको यस प्रदर्शनमा यहाँका सरकारी मुस्लिम संगठनहरुको पनि समर्थन र सहभागिता रहेको छ । ती संगठनहरुलाई इन्डोनेसियाको सरकारले पनि समर्थन गरेको जनाइएको छ । 
उता हालैका दिनहरुमा अमेरिकासँग राम्रो सम्बन्ध कायम रहेका संयुक्त अरब इमिरेट्स र साउदी अरेबियासमेत सम्मिलित अरब लिगले पनि राष्टपति ट्रम्पको यस निर्णयको आलोचना गरेका छन् । 
राष्ट्रपति ट्रम्पको उक्त निर्णयको विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनुपर्नेमा उनीहरुले आह्वान गरेका थिए । उता इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गर्दै उहाँले जेरुसलेमको इतिहासको सम्मान गरेको बताउनुभएको छ । 
अरब र मुसलमान बहुल देशका विभिन्न सहरहरुमा गत हप्तादेखि नै प्रदर्शनहरु भएका छन् । लेबनानका अतिरिक्त इजिप्टको काइरो, मोरक्कोको रबातमा पनि आइतबार विरोध प्रदर्शन भएका समाचारहरु प्राप्त भएका थिए । 
त्यसैगरी टर्कीका राष्ट्रपति तैयब रेसप एर्दोगानले जेरुसलेम इजरायललाई सुम्पिने पक्षमा आफू नभएको प्रतिक्रिया हालै दिनुभएको छ । उहाँले अमेरिकाले उक्त निर्णय फिर्ता लिँदा राम्रो हुने बताउनुभएको छ । 
इस्लामिक समूहका नागरिकहरुले विभिन्न इस्लाम बाहुल मुलुकहरु र स्थानमा अमेरिकाको उक्त निर्णयको विरोध गरेका छन् । उनीहरुले प्यालेस्टाइनको पक्षमा लाग्न सबै इस्लामलाई आग्रह पनि गरेका छन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
डायनाको सालिक निर्माण गरिने (12.12.2017)
ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने (12.05.2017)
अमेरिकी निर्णयको उत्तर कोरियाद्वारा विरोध (11.28.2017)
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित् (11.24.2017)
सिरियामा प्रगति हुँदैछ ट्रम्प र पुटिनले (11.15.2017)
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा (11.07.2017)
राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ (11.07.2017)
शक्तिशाली परमाणु विकास गर्न निर्देशन (10.11.2017)
मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज (09.12.2017)
उत्तर कोरियाले हल्लायो संसार (09.06.2017)
टाउकाको मोलसहित ६९ जना आतंकवादीको सूची सार्वजनिक (08.29.2017)
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि (08.15.2017)
हिरोसीमा वियोगको ७२ वर्ष स्मरण (08.08.2017)
राष्ट्रपतिका छोराले गरेको कुराकानी गलत (07.26.2017)
हङकङको वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने (06.28.2017)
दार्जलिङको विरोधलाई हिंसात्मक नबनाउन आग्रह (06.22.2017)
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित (06.15.2017)
बेलायतमा २३ हजार जिहादी लडाकू रहेको (05.31.2017)
उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण (05.24.2017)
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु (05.17.2017)



 
::| Latest News

 
[Page Top]