युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 08.19.2018, 11:09am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
उत्तर–दक्षिण वार्ताको अन्तिम तयारी
Tuesday, 01.09.2018, 01:11pm (GMT+5.5)

उत्तर र दक्षिण कोरियाबीच हुन लागेकोे उच्चस्तरीय वार्ताको अन्तिम तयारी भइरहेको दक्षिण कोरियाली अधिकारीहरूले जानकारी दिएका छन् । 
उत्तर कोरियाले आफ्नो देशका तर्फबाट वार्ता गर्न सोल जाने टोलीका सदस्यको नाम आइतबार दक्षिण कोरियालाई पठाएपछि वार्ताको तयारी अन्तिम चरणमा पुगेको दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले जानकारी दिएको छ । 
आइतबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ताले वार्ताका लागि दक्षिण कोरियाले अन्तिम तयारी जारी राखेको बताउनुभएको समाचारमा जनाइएको छ । 
दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले उत्तर कोरियाको एक एजेन्सीका प्रमुख रहेका रि सुन गाउनको नेतृत्वमा सो वार्तामा सहभागी हुने उत्तर कोरियाली अधिकारीको नाम पठाएको बताएको छ ।  
दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तयारी छ । वार्ताका लागि दक्षिण कोरियाले आवश्यक सबै तयारी गरेको र त्यो अन्तिम चरणमा पुगेको पनि सो मन्त्रालयले जनाएको छ । 
नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गर्नुभएको सम्बोधनपछि उक्त उच्चस्तरीय द्विपक्षीय वार्ताको वातावरण निर्माण भएको हो । 
साथै दक्षिण कोरियामा आयोजना हुन लागेको फेब्रुअरी महिनाको शीतकालीन ओलम्पिक खेलको पनि तयारी जारी रहेको सो मन्त्रालयले जानकारी दिएको हो । 
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताको सम्बोधनपछि नै वार्ताका लागि तयारी थाल्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको थियो । 
दुई वर्षपछि पहिलो पटक हुन लागेको यो उच्चस्तरीय वार्ताका लागि शनिबार दक्षिण कोरिया र आइतबार उत्तरले वार्तामा सहभागी सदस्यहरूको सूची आपसमा सार्वजनिक गरेका हुन् । 
यसैबीच दक्षिण कोरियासँग गर्ने तय भएको उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियाले पनि आफ्नातर्फका वार्ता टोलीका सदस्यको नाम दक्षिण कोरियालाई पठाएको आइतबार प्राप्त समाचारमा  जनाइएको छ । 
दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले आइतबार यो जानकारी दिएको छ । सो मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार सो वार्ता टोलीमा पाँच सदस्य रहेका छन् र सो टोलीको नाम हालै स्थापित सिधा सञ्चार सम्पर्क (हट लाइन कम्युनिकेशन) मार्फत पठाइएको हो । 
यसअघि पनि शनिबार मात्र दक्षिण कोरियाका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्च अधिकारीको नाम दक्षिण कोरियाले पनि उत्तरको जानकरीका लागि पठाएको थियो । 
सो नामपछि उत्तर कोरियाका तर्फबाट पनि सो वार्ता टोलीमा सदस्यको नाम दक्षिण कोरियाको जानकारीका लागि पठाइने अपेक्षा गरिएको थियो । सो अपेक्षा बमोजिम नै उत्तरले पनि आइतबार सो नामावली पठाएको जनाएको छ । 
आगामी हप्ता यी दुई देशबीच उच्चस्तरीय वार्ता हुने भएको छ । उत्तरका तर्फबाट वार्तामा सहभागी हुने सदस्यको नाम आइतबार प्राप्त हुने सोलले जनाए बमोजिम नै आज सो नामावाली प्राप्त भएको छ ।
उत्तर कोरियाको एक एजेन्सीका प्रमुख रहेका रि सुन गाउनको नेतृत्वमा सो नामावाली दक्षिणलाई उत्तरले पठाएको छ । गाउनको नेतृत्वमा सहभागी हुने पाँच जना सदस्यको नाम नै उत्तरले सार्वजनिक गरेको हो । 
उक्त हटलाइन सेवा करिब दुई वर्षपछि पहिलोपटक गत बुधबारमात्र पुनःस्थापना गरिएको हो । जसका कारण यी दुई देशबीचमा आगामी दिनमा वार्ता र सौहार्दताका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । 
दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको छ । सोही बमोजिम तयारी भइरहेको दक्षिण कोरियाली अधिकारीहरूले जानकारी दिएका छन् । 
नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गर्नुभएको सम्बोधन पछि परिस्थिति फेरिएको छ । उहाँको सो सम्बोधनमा दक्षिण कोरियाले गरेको उक्त उच्चस्तरीय द्विपक्षीय वार्तामा उत्तर कोरिया सहभागी हुने संकेत आएको थियो । 
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताको सम्बोधनको स्वागत गर्दै वार्ताका लागि तयारी थाल्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । 
सोही वार्ताका लागि शनिबार दक्षिण कोरियाले सदस्यहरूको सूची उत्तरलाई पठाएको हो । त्यसैगरी उत्तर कोरियाले पनि आफ्नातर्फका सदस्यको सूची सार्वजनिक गरेपछि वार्ता अगाडि बढ्ने अपेक्षा गरिएको छ । 


चीनमा एक लाख ५९ हजार जनालाई भ्रष्टाचारको कारबाही 
चीनमा गत वर्ष सन् २०१७ भरीमा एक लाख ५९ हजार १०० जनालाई भ्रष्टाचार विरूद्धको कारबाही भएको छ । उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरूद्धको केन्द्रीय निकायले जनाएको छ । 
उनीहरू एक लाख २२ हजार १०० वटा घटनामा संलग्न भएको र तीमध्ये ४८ हजार ७०० वटा घटना गरिबी निवारणसम्बन्धी थिए । हालै प्रकाशित एक सर्वेक्षणले ९३.९ प्रतिशत जनता पार्टीको भ्रष्टाचार विरोधी कामबाट सन्तुष्ट भएको देखाएको छ । यसरी सन्तुष्ट हुनेहरूको मात्रा यसअघि सन् २०१२ मा ७५ प्रतिशत थियो । 

उत्तर कोरियाली नेतासँग कुरा गर्ने ट्रम्पको चाहना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताउनुभएको छ । डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरूसँग उहाँले भन्नुभयो– म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन । 
सम्वाददाताले उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग फोनमै भए पनि कुराकानी गर्नुभएको त छैन भनी गरिएको प्रश्नको जवाफमा उहाँले सो धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो– म सधैँ वार्तामा विश्वास गर्ने मान्छे हुँ र उत्तर कोरियाली नेतासँग पनि वार्ता गर्ने कुरामा म इच्छुक छु भनेर बुझ्दा हुन्छ । 
राष्ट्रपति ट्रम्पले दुई कोरियाबीच हुन गइरहेको वार्ताको पनि स्वागत गर्नुभयो । उहाँले भन्नुभयो– म त सधैँ वार्ताकै माध्यमबाट सबै समस्याको समाधान गर्नुपर्छ भन्नेमा विश्वास गर्छु र अमेरिकाको धारणा पनि यही हो ।
दुई कोरियाको बीचमा हुन गइरहेको वार्ताको स्वागत गर्दै उहाँले यस वार्ताबाट उनीहरूबीच आगामी दिनमा पनि सौहार्द वातावरण निर्माण हुन सकोस् भन्ने आफ्नो धारणा रहेको पनि उहाँले बताउनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सन् २०१७ को विश्व राजनीति ः हाइड्रोजन बमदेखि जेरुसेलमसम्म (01.02.2018)
उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध (12.26.2017)
जेरुसेलम घोषणाविरुद्धको प्रदर्शन रोकिएन (12.19.2017)
डायनाको सालिक निर्माण गरिने (12.12.2017)
ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने (12.05.2017)
अमेरिकी निर्णयको उत्तर कोरियाद्वारा विरोध (11.28.2017)
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित् (11.24.2017)
सिरियामा प्रगति हुँदैछ ट्रम्प र पुटिनले (11.15.2017)
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा (11.07.2017)
राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ (11.07.2017)
शक्तिशाली परमाणु विकास गर्न निर्देशन (10.11.2017)
मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज (09.12.2017)
उत्तर कोरियाले हल्लायो संसार (09.06.2017)
टाउकाको मोलसहित ६९ जना आतंकवादीको सूची सार्वजनिक (08.29.2017)
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि (08.15.2017)
हिरोसीमा वियोगको ७२ वर्ष स्मरण (08.08.2017)
राष्ट्रपतिका छोराले गरेको कुराकानी गलत (07.26.2017)
हङकङको वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने (06.28.2017)
दार्जलिङको विरोधलाई हिंसात्मक नबनाउन आग्रह (06.22.2017)
राजगद्दि परित्याग गर्ने नयाँ कानुन पारित (06.15.2017)



 
::| Latest News

 
[Page Top]