युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 07.23.2018, 08:49pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
उत्तर कोरियासँग बैठक चाँडै हुनसक्छ
Tuesday, 02.20.2018, 10:38am (GMT+5.5)

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले अहिले नै उत्तर कोरियासँगको बैठक अलि चाँडो हुने प्रतिक्रिया दिनुभएको छ । हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ । हालैमात्र दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिताका कारण यी दुई देशबीचको सम्बन्ध विगतका तुलनामा केही सुधार भएको हो ।
यसै कारण उत्तर कोरियाले दक्षिण कोरियालाई बैठकको निमन्त्रणा दिएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले उत्तर कोरियामा दुई देशको बैठकका लागि आमन्त्रण गर्नुभएको थियो । 
सो बैठकमा उहाँको उपस्थितिका लागि निमन्त्रणापत्र दक्षिणका राष्ट्रपति मुनले प्राप्त गर्नुभएको छ । उत्तर कोरियाका नेता जोङ उनकी बहिनीले सो पत्र मुनलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँ सो ओलम्पिकमा सहभागिताका लागि त्यहाँ जानुभएको हो ।
दक्षिण कोरियाको पियनचोन नामक श्हरमा रहेको प्रेस सेन्टरमा संवाददाताहरुसँग राष्ट्रपति मुनले भन्नुभयो, “दक्षिण कोरिया र उत्तरका बीचमा धेरै सम्भावनाहरु छन्, आगामी दिनमा आपसी वार्ताबाटै सबै कुराको टुंगो लगाउनुपर्छ तर अहिले नै बैठकमा बसिहाल्ने भन्ने कुराचाहिँ अलि हतार हुनसक्छ ।”
संवाददाताहरुको जिज्ञासामा उहाँले भन्नुभयो, “हामी कोरियनहरुले हतारमा काम गर्छौं भन्ने प्रचलन नै छ । यसै सन्दर्भमा उहाँले कोरियाली उखान सुनाउनुभयो, “हामी कोरियालीहरुलाई हतारमा काम गर्ने भनेर यस्तो स्थानीय उखानको प्रयोग गर्ने गरिएको छ, इनारको छेउमा तातोपानी खोज्ने ।”
उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघका विभिन्न नाकाबन्दी र प्रतिबन्धहरु अहिले पनि कायमै छन् । उसलाई सुरक्षा परिषद्ले पनि यस विषयमा कालो सूचीमा राखेको छ । उत्तर कोरियाले गतवर्ष धेरै आणविक परीक्षणहरु गरेको थियो ।
उहाँले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकासँग पनि वार्ता गर्नुपर्ने विषयमा राष्ट्रिय सहमतिको वातावरण भने बनिरहेको उहाँले बताउनुभयो । हामी पनि दक्षिणको तर्फबाट तयार नै छौँ र उत्तर कोरियाले पनि वार्ताको पहल गरेको छ यो राम्रो र सकारात्मक पहल हो भन्दै उहाँले यही अवस्थाबाट अघि बढेमा आगामी केही दिनमा प्रारम्भिक रुपमा वार्ता हुने र अर्काे बृहत् मात्राको बैठक भने केही पछि नै गर्नुपर्ने उहाँले बताउनुभयो ।


संकटकाल लम्ब्याउन राष्ट्रपतिको आग्रह  
मालदिभ्स्का राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार यहाँको संसद्लाई देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउनको लागि अनुरोध गर्नुभएको छ । मालदिभ्स्मा जारी राजनीतिक संकटकालीन अवस्था थप १५ दिन लम्ब्याउन उहाँले आग्रह गर्नुभएको हो । मालदिभ्स्मा गत फेबु्रअरी ५ देखि संकटकाल लागू भएको थियो । यही फेब्रुअरी १ मा मालदिभ्स्को सर्वाेच्च अदालतले यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहा गर्न आदेश दियो । 
उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्स्का पूर्व राष्ट्र«पति मोहम्मद नसिद र पूर्व उपराष्ट्र«पति अहमद अदिबलाई रिहा गर्नुपर्ने.भएको थियो । तर राष्ट्रपति अब्दुल्लाह यामिन उहाँहरुलाई रिहा गर्न नचाहेकाले यहाँ अदालत, संसद् र सरकारबीच विवाद उत्पन्न भएको हो । 
अदालतको आदेश कार्यान्वयन गर्दा आफ्ना विरोधीलाई रिहा गर्नुपर्ने भएपछि उहाँ त्यो निर्णयसँग डराउनुभयो र सर्वाेच्च अदालतको आदेशको कार्यान्वयन नगर्न आदेश दिनुको साथै प्रधानन्यायाधीशलाई नै पक्राउ गर्नुभयो । 
मालदिभ्स्मा उत्पन्न राजनीतिक संकटका कारण यहाँ हाल सैनिक परिचालन गरिएको छ । संकटकालीन अवस्थाको घोषणा सोमबार सकिने बताइएको थियो । 
सोमबार नै राष्ट्रपतिले उक्त संकटकालीन अवस्थालाई लम्ब्याउन आग्रह गर्नुभएको हो । राष्ट्रपतिले आफूमाथि संसद्मा महाभियोग लाग्नसक्ने त्रास जीवितै रहेको अवस्था देखेकाले त्यहाँ संकटकालको घोषणा गर्नुभएको हो । 

इरान विश्वका लागि खतरा ः नेतन्याहु
‘इरान विश्वको लागि खतरा’ भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले म्युनिक सुरक्षा सम्मेलन (एमएस्सी)मा बोल्दै आइतबार बताउनुभएको छ । नेतन्याहुको भनाइलाई उद्धृत गर्दै जेरुसेलम पोष्टले लेखेको छ, “हामीले कहिल्यै पनि ऐतिहासिक सत्यलाई पुनःलेखन गर्न दिने छैनौँ । विश्वका लागि इरान खतरा भएको छ तर यो मेरो धारणा हो । एक पटक आणविक हतियारबाट सुसज्जित भएपछि इरानको आक्रामकतालाई नियन्त्रण गर्न सकिने छैन र यसले विश्वमा खतरा निम्त्याउने छ ।”
पहिलो पटक म्युनिक सम्मेलनलाई सम्बोधन गर्दै नेतन्याहुले भन्नुभयो, “आवश्यक परेमा इजरायल इरानका मध्यपूर्वका सहयोगीलाई मात्र होइन कि इरानविरुद्ध नै खरो उत्रने छ ।” 
इरानसँगको सन् २०१५ को आणविक सम्झौताको कट्टर आलोचक नेतन्याहुले जर्मनीको नाजी समूहसँग भएको असफल प्रयास, जसलाई सन् १९३८ को म्युनिक सम्झौता भनिन्छ, इरानसँगको सम्झौता पनि उस्तै (समानान्तर) भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “इरानसँग भएको आणविक सम्झौताले यस क्षेत्रमा र छिमेकमा पनि खतरनाक इरानी बाघलाई खुला गरिदिएको छ । इरानले मध्यपूर्वको ठूलो क्षेत्रलाई विनाशको बाटोमा हिँडाइरहेको छ ।”
आयातकार गाढा हरियो धातु जसलाई इजरायली प्रधानमन्त्री नेतन्याहुले इरानी चालकविहीन युद्धकविमान (ड्रोन) भन्नुहँुदै यदि इजरायलले उक्त विमानलाई नखसालिदिएको भए के हुने थियो भन्ने प्रश्न गर्नुभयो । इजरायलले करिब एक हप्ता पहिले उक्त ड्रोनलाई खसालिदिएको थियो ।
विमानको ध्वस्त भएको भागको तस्वीरलाई देखाउँदै नेतन्याहुले सम्मेलनमा सहभागी इरानी विदेशमन्त्री मोहम्मद जाविदलाई सोध्नुभयो, “के तपाईं यसलाई चिन्नुहुन्छ ? तपाईंले चिन्नुपर्छ, यो तपाईंकै हो ।” 
“इजरायलले आतङ्कवादको जाललाई हाम्रो घाँटीमा फाल्न दिनेछैन,” इजरायली प्रधानमन्त्रीले भन्नुभयो । 
इजरायली वायुसेनाले इजरायली आकाशमा प्रवेश गरेको इरानी ड्रोनलाई आकाशमा नै नस्ट गरिदिएपछि प्रत्युत्तरमा इरानले इजरायली एफ–१६ लाई खसालेको थियो यसका कारण इजरायल तथा सिरिया तथा इरानबीचको तनाव थप चर्किएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
भ्रष्टाचारको आरोप लागेका साउदी अरेबियाका राजकुमार थुनामुक्त (01.30.2018)
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा (01.25.2018)
उत्तर–दक्षिण वार्ताको अन्तिम तयारी (01.09.2018)
सन् २०१७ को विश्व राजनीति ः हाइड्रोजन बमदेखि जेरुसेलमसम्म (01.02.2018)
उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध (12.26.2017)
जेरुसेलम घोषणाविरुद्धको प्रदर्शन रोकिएन (12.19.2017)
डायनाको सालिक निर्माण गरिने (12.12.2017)
ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने (12.05.2017)
अमेरिकी निर्णयको उत्तर कोरियाद्वारा विरोध (11.28.2017)
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित् (11.24.2017)
सिरियामा प्रगति हुँदैछ ट्रम्प र पुटिनले (11.15.2017)
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा (11.07.2017)
राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ (11.07.2017)
शक्तिशाली परमाणु विकास गर्न निर्देशन (10.11.2017)
मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज (09.12.2017)
उत्तर कोरियाले हल्लायो संसार (09.06.2017)
टाउकाको मोलसहित ६९ जना आतंकवादीको सूची सार्वजनिक (08.29.2017)
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि (08.15.2017)
हिरोसीमा वियोगको ७२ वर्ष स्मरण (08.08.2017)
राष्ट्रपतिका छोराले गरेको कुराकानी गलत (07.26.2017)



 
::| Latest News

 
[Page Top]