युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 07.23.2018, 08:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै
Tuesday, 03.20.2018, 10:58am (GMT+5.5)

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारी आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरू भएको हो ।
सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरू अनौपचारिकरूपमा हेलसिन्कीमा वार्तामा बस्न लागेका हेलसिन्कीबाट विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । उत्तर कोरियाली विदेशमन्त्रालयको अमेरिका डेक्सका प्रमुख चोख्वाङ इल दुइदिने औपचारिक भ्रमणका लागि आइतबार हेलसिन्की पुग्नुहुने यहाँको सरकारी टेलिभिजनले जानकारी दिएको छ ।
साथै आइतबार नै दक्षिण कोरियाका लागि पूर्वअमेरिकी राजदूत काथलिन स्टेफन पनि यहाँ आइपुग्नु हुने समाचारमा जनाइएको छ । उहाँहरूबीच आइतबारै साँझ यहाँ अनौपचारिक भेटघाट रहेको यहाँको एक दैनिक पत्रिका हेलसाइन सानमोतको अनलाइन संस्करणले जानकारी दिएको छ ।
यो कुराको पुष्टि फिनल्याण्डको विदेश मन्त्रालयले पनि गरेको छ । उक्त दैनिकका अनुसार विदेश मन्त्रालयले यी दुई अधिकारीको भेटवार्ताको चाँजो मिलाएको छ ।्
फिनल्याण्डको सरकारी समाचार समिति, एसटिटीले उक्त वार्ता आइतबार साँझ हेलसिन्कीमा रहेको जापानी दूताबासमा हुने पनि जानकारी गराएको छ । फिनल्याण्डको विदेश मन्त्रालयको एसिया डेक्सका प्रमुख किमो लादेभिर्ताले सो वार्ता विशुद्ध प्राज्ञिक तर अर्थपूर्ण हुने भन्दै यसको व्यवस्थापन फिनल्याण्डले गरेको पुष्टि गर्नुभयो । साथै उहाँले यस वार्ता अन्तरराष्ट्रिय सम्बन्धका हिसाबले र त्यसका लागि व्यवस्थापनको काम गरिएको पनि उक्त समाचार समितिलाई जानकारी दिनुभएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ दक्षिण कोरिया र उत्तर कोरियाली नेता किमको सन्देश बोकेर अमेरिका जानुभएको थियो । उहाँको सो भ्रमणपछि अमेरिकाले उत्तर कोरियासँग वार्तागर्ने आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
अझै रोकिएन सिरियाको गुटामा आक्रमण (03.06.2018)
उत्तर कोरियासँग बैठक चाँडै हुनसक्छ (02.20.2018)
भ्रष्टाचारको आरोप लागेका साउदी अरेबियाका राजकुमार थुनामुक्त (01.30.2018)
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा (01.25.2018)
उत्तर–दक्षिण वार्ताको अन्तिम तयारी (01.09.2018)
सन् २०१७ को विश्व राजनीति ः हाइड्रोजन बमदेखि जेरुसेलमसम्म (01.02.2018)
उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध (12.26.2017)
जेरुसेलम घोषणाविरुद्धको प्रदर्शन रोकिएन (12.19.2017)
डायनाको सालिक निर्माण गरिने (12.12.2017)
ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने (12.05.2017)
अमेरिकी निर्णयको उत्तर कोरियाद्वारा विरोध (11.28.2017)
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित् (11.24.2017)
सिरियामा प्रगति हुँदैछ ट्रम्प र पुटिनले (11.15.2017)
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा (11.07.2017)
राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ (11.07.2017)
शक्तिशाली परमाणु विकास गर्न निर्देशन (10.11.2017)
मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज (09.12.2017)
उत्तर कोरियाले हल्लायो संसार (09.06.2017)
टाउकाको मोलसहित ६९ जना आतंकवादीको सूची सार्वजनिक (08.29.2017)
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि (08.15.2017)



 
::| Latest News

 
[Page Top]