युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 07.23.2018, 08:48pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
उत्तर कोरिया संसारकै लागि त्रास
Tuesday, 03.27.2018, 12:09pm (GMT+5.5)

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको बताउनुभएको छ । जापानको भ्रमणमा रहनुभएका पूर्वराष्ट्रपति ओबामाले आइतबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा सो धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो– उत्तर कोरियाले आणविक अस्त्रको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ । हामीले अहिले पनि उसका आणविक कार्यक्रम र धम्कीका बारेमा सुनेका छौँ तर पनि यसको समाधानका लागि कुनै पहल गरेको सुनेका छैनौँ– उहाँले भन्नुभयो ।
राष्ट्रपति ओबामाले भन्नुभयो– उत्तर कोरियाले यस्तो प्रणालीको विकास गरिरहेको छ कि त्यसले विश्वलाई प्रतिदिन धम्कीमात्र दिइरहेको छ, तर त्यस समस्या समाधानका लागि कुनै एकमात्र देशले मात्र केही गर्न पनि सक्दैन । 
ओबामा प्रशासनका बेलामा उत्तर कोरियालाई संसारबाटै एक्ल्याउने रणनीति अपनाइएको र उसमाथि आर्थिक नाकाबन्दी लगाइएको जानकारी पनि उहाँले दिनुभयो ।
यसबाट उत्तर कोरिया संसारबाटै एक्लिने मात्र नभएर आर्थिकरूपमा पनि घुँडा टेक्ने र अन्त्यमा उसले सबै हातहतियार त्याग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । आइतबार पूर्वराष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको थियो । त्यस अवसरमा दुई देशबीचको आर्थिक लगानी र सम्झौताका विषयमा छलफल भएको बताइएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै (03.20.2018)
अझै रोकिएन सिरियाको गुटामा आक्रमण (03.06.2018)
उत्तर कोरियासँग बैठक चाँडै हुनसक्छ (02.20.2018)
भ्रष्टाचारको आरोप लागेका साउदी अरेबियाका राजकुमार थुनामुक्त (01.30.2018)
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा (01.25.2018)
उत्तर–दक्षिण वार्ताको अन्तिम तयारी (01.09.2018)
सन् २०१७ को विश्व राजनीति ः हाइड्रोजन बमदेखि जेरुसेलमसम्म (01.02.2018)
उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध (12.26.2017)
जेरुसेलम घोषणाविरुद्धको प्रदर्शन रोकिएन (12.19.2017)
डायनाको सालिक निर्माण गरिने (12.12.2017)
ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने (12.05.2017)
अमेरिकी निर्णयको उत्तर कोरियाद्वारा विरोध (11.28.2017)
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित् (11.24.2017)
सिरियामा प्रगति हुँदैछ ट्रम्प र पुटिनले (11.15.2017)
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा (11.07.2017)
राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ (11.07.2017)
शक्तिशाली परमाणु विकास गर्न निर्देशन (10.11.2017)
मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज (09.12.2017)
उत्तर कोरियाले हल्लायो संसार (09.06.2017)
टाउकाको मोलसहित ६९ जना आतंकवादीको सूची सार्वजनिक (08.29.2017)



 
::| Latest News

 
[Page Top]