युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 07.23.2018, 08:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
अमेरिकाबाट फर्किए रूसी कूटनीतिज्ञ
Tuesday, 04.03.2018, 01:30pm (GMT+5.5)

एकजना बृटिश गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ प्रयोग गरेर हत्या प्रयास गरेको भन्ने आरोपमा अमेरिकाले देश निकालाको आदेश दिएका अमेरिकास्थित रूसी कूटनीतिज्ञहरूले वासिङ्टन छोडेका छन् । 
उनीहरू शनिबार अमेरिका छोडेर आफ्नो देश प्रस्थान गरेका हुन् । ती रूसी कूटनीतिज्ञहरू आफ्नो परिवारका सदस्यसहित करिब १७० जनाले देश छाडेका हुन् ।
अमेरिका सरकारले ६० जना कूटनीतिज्ञलाई देश छोड्न भनेको थियो । उनीहरू दुइवटा विमानबाट मस्को जाने कार्यक्रम रहेको रूसी अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकाबाट रूसी कूटनीतिज्ञहरू फर्किँदै गर्दा यता रूसको सेन्ट् पिटस्बर्गस्थित अमेरिकी कन्सुलेट कार्यालय पनि बन्द गर्ने रूसी सरकारको निर्देशन आएको छ । 
शनिबार नै त्यहाँबाट अमेरिकी झण्डा हटाइएको समाचार पनि रूसी अधिकारीहरूले नै दिएका छन् । रूस सरकारले पनि करिब ६० जना अमेरिकी कूटनीतिज्ञलाई आफ्नो देशबाट निकालिने जनाएको छ । यसको जानकारी उसले यसअघि नै दिएको हो ।
उता शनिवारै रूसी विदेश मन्त्रालयले मस्कोस्थित बृटिश राजदूतलाई बोलाएर त्यहाँबाट बृटिश कूटनीतिज्ञहरू पनि हटाउन लागेको जानकारी दिएको थियो । बेलायतले रूसी कूटनीतिज्ञहरू हटाएकोले सोही सरह नै आफूहरूले पनि हटाउन खोजेको जानकारी विदेश मन्त्रालयले दिएको बताइएको छ ।  तर अमेरिका र बेलायतले भने आफ्ना कूटनीतिज्ञहरूलाई बिनाकुनै आधार रूसले देश निकाला गरिरहेको भन्दै यस कदमको विरोध गर्दै आएका छन् । 
त्यसैगरी अरू केही युरोपेली र पश्चिमा मुलुकहरूले पनि आफ्नो देशमा रहेका रूसी कूटनीतिज्ञहरूलाई हटाइरहेकोले आफूहरूले पनि सोही बमोजिम नै कामगर्ने रूसको भनाई छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
फेसबुक प्रमुखद्वारा क्षमा याचना (03.27.2018)
उत्तर कोरिया संसारकै लागि त्रास (03.27.2018)
अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै (03.20.2018)
अझै रोकिएन सिरियाको गुटामा आक्रमण (03.06.2018)
उत्तर कोरियासँग बैठक चाँडै हुनसक्छ (02.20.2018)
भ्रष्टाचारको आरोप लागेका साउदी अरेबियाका राजकुमार थुनामुक्त (01.30.2018)
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा (01.25.2018)
उत्तर–दक्षिण वार्ताको अन्तिम तयारी (01.09.2018)
सन् २०१७ को विश्व राजनीति ः हाइड्रोजन बमदेखि जेरुसेलमसम्म (01.02.2018)
उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध (12.26.2017)
जेरुसेलम घोषणाविरुद्धको प्रदर्शन रोकिएन (12.19.2017)
डायनाको सालिक निर्माण गरिने (12.12.2017)
ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने (12.05.2017)
अमेरिकी निर्णयको उत्तर कोरियाद्वारा विरोध (11.28.2017)
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित् (11.24.2017)
सिरियामा प्रगति हुँदैछ ट्रम्प र पुटिनले (11.15.2017)
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा (11.07.2017)
राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ (11.07.2017)
शक्तिशाली परमाणु विकास गर्न निर्देशन (10.11.2017)
मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज (09.12.2017)



 
::| Latest News

 
[Page Top]