युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 07.23.2018, 08:48pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता
Tuesday, 04.03.2018, 01:31pm (GMT+5.5)

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार शुरू भएको समाचार छ । उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग पनि उत्तर कोरियाको वार्ता हुन लागेको भनिएका बेला सोलमा यो सैन्य अभ्यास शुरू भएको बताइएको छ । 
अमेरिकी सेनाको पनि ठूलो संख्याको उपस्थितिमा शुरू भएको सो सैन्य अभ्यासकाकारण यसै महिनामा हुन लागेको उत्तर र दक्षिण कोरियाको वार्ता प्रभावित हुने हो कि भन्ने प्रश्न जनमानसमा उठेको छ । यद्यपि यस विषयमा उत्तर कोरियाले भने कुनै प्रतिक्रिया दिएको छैन । अधिकारीहरूले आइतबार बिहान सबेरैबाट यस्तो सैन्य अभ्यास शुरू भएको बताएका छन् । 
यस अभ्यासमा दक्षिण कोरियाका २ लाख ९० हजार सेनाको उपस्थिति रहेको छ । त्यसैगरी अमेरिकाका ११ हजार ५०० सैनिक सो अभ्यासमा रहेका पनि बताइएको छ । दक्षिण कोरियाको रक्षामन्त्रालयले यस सैनिक अभ्यासलाई सामान्य, सानो संख्याको र यी दुई देशबीचको नियमित प्रक्रिया हो भनेको छ । 
यो सैन्य अभ्यास केही महिना अघि नै गर्ने भनिएको थियो । तर ढिलागरी आइतबार शुरू भएको अधिकारीहरूले जनाएका छन् । यहाँ अत्याधुनिक हातहतियारका साथै सैन्य कलाहरूको पनि प्रदर्शन गरिने भएको छ । यस बारेमा दक्षिण कोरियाले थप जानकारी भने केही दिएको छैन । 
हालैका दिनहरूमा उत्तर कोरियाले आणविक अस्त्र उत्पादन र परीक्षणको काम बन्द गरेको छ । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकासँग पनि शान्ति वार्ता गर्ने पहल थालेको छ । 
यसैका लागि गत बुधबारमात्र उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणबाट फर्किनुभएको थियो । उहाँले अणुअस्त्र कार्यक्रम उत्पादान नगर्ने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि वार्ता गर्ने बताउनुभएको छ । 
यसैकारण संयुक्तराज्य अमेरिका पनि उत्तर कोरियासँग वार्ताका लागि सहमत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा स्पष्ट गरिसक्नुभएको छ । विकसित घटनाक्रमअनुसार उत्तर र दक्षिण कोरियाबीच यही अप्रिलको अन्त्यतिर र उत्तर कोरिया र अमेरिकाबीच आगामी मे महिनामा वार्ता हुने बताइएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अमेरिकाबाट फर्किए रूसी कूटनीतिज्ञ (04.03.2018)
फेसबुक प्रमुखद्वारा क्षमा याचना (03.27.2018)
उत्तर कोरिया संसारकै लागि त्रास (03.27.2018)
अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै (03.20.2018)
अझै रोकिएन सिरियाको गुटामा आक्रमण (03.06.2018)
उत्तर कोरियासँग बैठक चाँडै हुनसक्छ (02.20.2018)
भ्रष्टाचारको आरोप लागेका साउदी अरेबियाका राजकुमार थुनामुक्त (01.30.2018)
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा (01.25.2018)
उत्तर–दक्षिण वार्ताको अन्तिम तयारी (01.09.2018)
सन् २०१७ को विश्व राजनीति ः हाइड्रोजन बमदेखि जेरुसेलमसम्म (01.02.2018)
उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध (12.26.2017)
जेरुसेलम घोषणाविरुद्धको प्रदर्शन रोकिएन (12.19.2017)
डायनाको सालिक निर्माण गरिने (12.12.2017)
ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने (12.05.2017)
अमेरिकी निर्णयको उत्तर कोरियाद्वारा विरोध (11.28.2017)
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित् (11.24.2017)
सिरियामा प्रगति हुँदैछ ट्रम्प र पुटिनले (11.15.2017)
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा (11.07.2017)
राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ (11.07.2017)
शक्तिशाली परमाणु विकास गर्न निर्देशन (10.11.2017)



 
::| Latest News

 
[Page Top]