युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.25.2018, 03:29am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
कतार अरब सङ्कट समाधान गर्न तयार
Tuesday, 04.24.2018, 01:09pm (GMT+5.5)

खाडी मलुक कतार र अरब क्षेत्रका साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स तथा इजिप्टबीच केही समयदेखि जारी कूटनीतिक सङ्कटको समाधान गर्ने विषयमा तयार रहेको कतारले दोहोराएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता लुल्लाह अल–खतेरले साउदी अरबमा भएको ‘गल्फ शिल्ड जोइन्ट एक्सरसाइज–१’ मा सहभागी हुने क्रममा यही जमघट नै खाडी मुलुकबीचको समस्या समाधान गर्ने नयाँ मौका बन्ने बताउनुभएको कतारको एआई–शार्क नामक समाचारपत्रले जनाएको छ । 
अल हतेरलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले लेखेको छ, अहिलेसम्म चाहिने तहसम्मको कुनै समाधान देखेका छैनौँ तर रक्षा मन्त्रालयले कतारी सैन्य वार्ता समूहको साउदी अरबमा उपस्थित टोलीले संयुक्त अभ्यासमा सहभागिता हुने घोषणा गरेको छ ।
अल खतेरले भन्नुभयो, “आगामी दिनमा खाडी मुलुकहरूले कस्तो प्रतिक्रिया जनाउने छन् अहिल्यै अनुमान गर्न सकिन्न ।” गत बिहीबार कतारको सैनाले गल्फ शिल्ड जोइन्ट एक्सरसाइज–१ मा आफ्नो सेना गत मार्च २१ गतेदेखि  अप्रिल १६ सम्म सहभागिता जनाएको घोषणा गरेको थियो ।
सन् २०१७ को जुनमा साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध, हवाई, सामुद्रिक तथा स्थल सम्पर्क तोडेको घोषणा गरेका थिए । कतारले आतङ्कवादलाई सघाएको तथा अरब समुदायको हितविपरित इरानसँग निकट बनेकोलगायत आरोप लगाउँदै उक्त निर्णय गरेका थिए । तर अरब मुलुकहरूले लगाएको उक्त आरोपको कतारले निरन्तर खण्डन गर्दै आएको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार (04.12.2018)
उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता (04.03.2018)
अमेरिकाबाट फर्किए रूसी कूटनीतिज्ञ (04.03.2018)
फेसबुक प्रमुखद्वारा क्षमा याचना (03.27.2018)
उत्तर कोरिया संसारकै लागि त्रास (03.27.2018)
अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै (03.20.2018)
अझै रोकिएन सिरियाको गुटामा आक्रमण (03.06.2018)
उत्तर कोरियासँग बैठक चाँडै हुनसक्छ (02.20.2018)
भ्रष्टाचारको आरोप लागेका साउदी अरेबियाका राजकुमार थुनामुक्त (01.30.2018)
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा (01.25.2018)
उत्तर–दक्षिण वार्ताको अन्तिम तयारी (01.09.2018)
सन् २०१७ को विश्व राजनीति ः हाइड्रोजन बमदेखि जेरुसेलमसम्म (01.02.2018)
उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध (12.26.2017)
जेरुसेलम घोषणाविरुद्धको प्रदर्शन रोकिएन (12.19.2017)
डायनाको सालिक निर्माण गरिने (12.12.2017)
ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने (12.05.2017)
अमेरिकी निर्णयको उत्तर कोरियाद्वारा विरोध (11.28.2017)
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित् (11.24.2017)
सिरियामा प्रगति हुँदैछ ट्रम्प र पुटिनले (11.15.2017)
अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा (11.07.2017)



 
::| Latest News

 
[Page Top]