युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 09.26.2018, 04:07am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
पाकिस्तानी निर्वाचन एलियन शनिक्तद्वारा गराइने
Tuesday, 05.08.2018, 10:53am (GMT+5.5)

पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीले पाकिस्तानमा हुन गइरहेको आम निर्वाचन ‘एलियन’ शक्तिबाट गराइने बताउनुभएको छ । 
पाकिस्तानी डन न्यूजले प्रधानमन्त्री अब्बासीको शब्दलाई उद्धृत गर्दै भनेको छ, “पाकिस्तानको निर्वाचन आयोगले प्रधानमन्त्रीलाई ‘गैरजिम्मेवार भनाइहरू’ नदिन कडा दबाब दिएपछि प्रधानमन्त्रीले निर्वाचन ‘एलियन’ ले गराउने बताउनुभएको छ ।”
पाकिस्तानी निर्वाचन प्रक्रियालाई लिएर पाकिस्तानी अधिकारीबाट ‘एन्जेल’ र ‘अदृश्य शक्ति’ ले निर्वाचन गराउने भन्ने भनाइहरू यसअघि आएका भए पनि ‘एलियन’ द्वारा गराउने भन्ने भनाइ नयाँ भएको डनले जनाएको छ । प्रधानमन्त्रीबाट आएको भनाइले निर्वाचन पारदर्शी नहुने संकेत सरकारले मसुस गरेको बुझ्न सकिन्छ ।
अब्बासीको ‘एलियनले निर्वाचन गर्दैछन्’ भन्ने भनाइ भ्रष्टाचार आरोपपछि प्रधानमन्त्री रहन अयोग्य घोषणा गरिएका पूर्व प्रधानमन्त्री नवाज सरिफले दुई दिन पहिले व्यक्त गरेको भनाइसँग मिल्दोजुल्दो देखिएको छ ।
अब्बासीले भन्नुभयो, “हाम्रो प्रतिष्पर्धा पाकिस्तानी पिपुल्स पार्टी (पिपिपी) का सहअध्यक्ष असिफ अलि जर्दारी र पाकिस्तान तेहरिक–आई–इन्साफका अध्यक्ष इमरान खानसँग नभई एलियन्ससँग हुँदैछ ।”
“निर्वाचन विदेशी (एलियन) शक्तिले गराउने छ तर पनि पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले सहभागिता जनाउने छ”, प्रधानमन्त्री अब्बासीले प्रतिनिधिसभाका सभामुख सरदार आयाज सद्दिकले पाकिस्तानी तल्लो सदनका सदस्यलाई दिएको स्वागत समारोहमा सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा बताउनुभयो ।
यसैबीच पाकिस्तानको निर्वाचन आयोगका प्रवक्ता अल्ताफ खानले भने निर्वाचन आयोगलाई दिइएको आदेशअनुसार संविधानको धारा २१८ अन्तर्गत रहेको निर्वाचन ऐन, २०१७ ले निर्दिष्ट कानूनअनुसार गराइने बताउनुभयो । उहाँले निर्वाचन आयोग आफ्ना कानूनी तथा संवैधानिक कर्तव्य पूरा गर्न पूर्णतयाः स्वतन्त्र रहेको बताउनुभयो ।
तर तेहरिक–आई–इन्साफका अध्यक्ष खानले भने सरकारको मर्यादित पदमा रहेको व्यक्तिले यस किसिमको गैरजिम्मेवार भनाइ राख्न नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “सत्ताधारी दलबाट आएका यस्ता अफबाहले संविधानलाई खतरामा पार्न सक्छन् ।”
गृहमन्त्रीमाथि गोली प्रहार प्रहार
यसैबीचच आइतबार पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार लाहोरमा भएको जुलुसमा सहभागी हुने क्रममा गोली प्रहार भएको छ । उहाँले आगामी केही समयपछि हुने निर्वाचनको प्रचारका लागि लाहोर क्षेत्रमा आफ्नो दलको कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्थ्यो ।
इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उहाँ अहिले खतरामुक्त रहेको बताउनुभयो । खानले भन्नुभयो, “गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । इकबाल खतरामुक्त हुनुहुन्छ ।” 
प्रहरीले आक्रमणकारीलाई समातिसकेको र अनुसन्धान अगाडी बढेको उहाँले बताउनुभयो । यसबारे थप जानकारी आउन बाँकी छ । प्रधानमन्त्री शहीद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
गृहमन्त्रीमाथिको आक्रमण शनिबार प्रधानमन्त्री अब्बासीले निर्वाचन विदेशी (एलियन) शक्तिले गराउने छ तर पनि पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले सहभागिता जनाउने छ भनी प्रतिनिधिसभाका सभामुख सरदार आयाज सद्दिकले पाकिस्तानी तल्लो सदनका सदस्यलाई दिएको स्वागत समारोहमा सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा बताएपछि भएको छ ।
अब्बासीले शनिबार आँफ्नो दलको प्रतिष्पर्धा पाकिस्तानी पिपुल्स पार्टी (पिपिपी) का सहअध्यक्ष असिफ अलि जर्दारी र पाकिस्तान तेहरिक–आई–इन्साफका अध्यक्ष इमरान खानसँग नभई एलियन्ससँग हुने बताउनुभएको थियो । 
पाकिस्तानमा आगामी महिना संघीय निर्वाचन हुने अपेक्षा गरिएको छ । यद्यपि सत्ताधारी दल र विपक्षी दलबीचको जुहारीले निर्वाचन हुनेमा पनि आशंका गर्न थालिएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
कतार अरब सङ्कट समाधान गर्न तयार (04.24.2018)
पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार (04.12.2018)
उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता (04.03.2018)
अमेरिकाबाट फर्किए रूसी कूटनीतिज्ञ (04.03.2018)
फेसबुक प्रमुखद्वारा क्षमा याचना (03.27.2018)
उत्तर कोरिया संसारकै लागि त्रास (03.27.2018)
अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै (03.20.2018)
अझै रोकिएन सिरियाको गुटामा आक्रमण (03.06.2018)
उत्तर कोरियासँग बैठक चाँडै हुनसक्छ (02.20.2018)
भ्रष्टाचारको आरोप लागेका साउदी अरेबियाका राजकुमार थुनामुक्त (01.30.2018)
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा (01.25.2018)
उत्तर–दक्षिण वार्ताको अन्तिम तयारी (01.09.2018)
सन् २०१७ को विश्व राजनीति ः हाइड्रोजन बमदेखि जेरुसेलमसम्म (01.02.2018)
उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध (12.26.2017)
जेरुसेलम घोषणाविरुद्धको प्रदर्शन रोकिएन (12.19.2017)
डायनाको सालिक निर्माण गरिने (12.12.2017)
ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने (12.05.2017)
अमेरिकी निर्णयको उत्तर कोरियाद्वारा विरोध (11.28.2017)
अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित् (11.24.2017)
सिरियामा प्रगति हुँदैछ ट्रम्प र पुटिनले (11.15.2017)



 
::| Latest News

 
[Page Top]