युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.20.2018, 06:05pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
युद्धविराम गर्ने सहमतिसँगै दशौँ हजार नागरिक घर फर्के
Tuesday, 07.10.2018, 02:25pm (GMT+5.5)

सिरियाली सरकारको मुख्य सहयोगी रूस र दक्षिण सिरियामा सक्रिय विद्रोही समूहबीच युद्धविरामका लागि सहमति भएपछि दशौँ हजार नागरिक स्वदेश फर्किएका सिरियाली मानव अधिकारवादी संघसंस्थाले जनाएका छन् ।
सरकारी सेनाले रसियाको सहयोगमा गत दुई हप्तादेखि गरेको कारबाहीमा झण्डै ५०० जनाको मृत्यु भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको छ ।
युद्धविराम सहमतिपछि विद्रोहीले दारा क्षेत्रबाट पछि हट्ने सहमति भएपनि उक्त क्षेत्रबाट पछि हट्ने समयलाई विलम्ब गर्दा दुई स्थानमा भएका हवाई आक्रमणमा चार सर्वसाधारणको मृत्यु भएको छ तर दक्षिण सिरियाका अन्य क्षेत्रमा अवस्था क्रमश सामान्य बन्न थालेको मानव अधिकारवादी समूहले जनाएको छ ।
सिरियामा सातवर्ष पहिले चलेको गृहयुद्धसँगै विद्रोहीको नियन्त्रणमा रहेको दारा प्रान्तको जोर्डनसँगको सीमाक्षेत्र र इजरायलद्वारा नियन्त्रणमा लिएको गोलन हाइट्सलाई सिरियाले पुनः फिर्ता गर्ने प्रतिवद्धतासहित अघि बढेपछि अन्तर्राष्ट्रिय समुदायको दवावमा युद्धविराम गरिएको हो ।
जुन १९ पछि सरकारी फौजद्वारा गरेको व्यापक रूपमा गोलाबारी गर्न थालेपछि करिब तीन लाख २० हजार नागरिक विस्थापित बनेका संयुक्त राष्ट्रसंघको ठहर छ । उक्त क्षेत्रमा जोर्डनले सिरियाली आप्रवासी शरणार्थीको भार धान्न नसक्ने भन्दै प्राय सबै नाकालाई बन्द गरिदिएको छ ।
विद्रोही र सरकारी फौजबीच गत शुक्रबार युद्धविरामको सहमति भएको थियो । सहमति अनुसार विद्रोहीले सरकारलाई ठूलाखाले हतियार बुझाउने र उक्त प्रदेशमा सरकारको उपस्थितिलाई स्वीकार गर्नुपर्ने बताइएको छ ।
प्राप्त सूचनाअनुसार शनिबार र आइतबार करिब ६० हजार सिरियाली नागरिक घर फर्केका छन् । युद्धविराम सहमति स्लामिक स्टेट (आइएस) जिहादी समूहका लागि भने लागू हुने छैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
ट्रम्प भन्छन् उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ (05.30.2018)
पाकिस्तानी निर्वाचन एलियन शनिक्तद्वारा गराइने (05.08.2018)
कतार अरब सङ्कट समाधान गर्न तयार (04.24.2018)
पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार (04.12.2018)
उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता (04.03.2018)
अमेरिकाबाट फर्किए रूसी कूटनीतिज्ञ (04.03.2018)
फेसबुक प्रमुखद्वारा क्षमा याचना (03.27.2018)
उत्तर कोरिया संसारकै लागि त्रास (03.27.2018)
अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै (03.20.2018)
अझै रोकिएन सिरियाको गुटामा आक्रमण (03.06.2018)
उत्तर कोरियासँग बैठक चाँडै हुनसक्छ (02.20.2018)
भ्रष्टाचारको आरोप लागेका साउदी अरेबियाका राजकुमार थुनामुक्त (01.30.2018)
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा (01.25.2018)
उत्तर–दक्षिण वार्ताको अन्तिम तयारी (01.09.2018)
सन् २०१७ को विश्व राजनीति ः हाइड्रोजन बमदेखि जेरुसेलमसम्म (01.02.2018)
उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध (12.26.2017)
जेरुसेलम घोषणाविरुद्धको प्रदर्शन रोकिएन (12.19.2017)
डायनाको सालिक निर्माण गरिने (12.12.2017)
ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने (12.05.2017)
अमेरिकी निर्णयको उत्तर कोरियाद्वारा विरोध (11.28.2017)



 
::| Latest News

 
[Page Top]