युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.16.2018, 03:27am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
जापानमा वर्षाका कारण कम्तीमा सयजनाको मृत्यु
Tuesday, 07.10.2018, 02:26pm (GMT+5.5)

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण सोमबारबार बिहानसम्ममा १०० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका जापानी अधिकारीले पुष्टि गरेका छन् । 
जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले अविरल वर्षापछि आएको बाढीका कारण १०० जनाको ज्यान गएको बताएको छ । केही दिन यताको अविरल बाढी र त्यसका कारण आएको पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् ।
आइतबार अधिकारीले दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेका स्थानबाट २० लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका थिए । हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ प्रहरी, अग्निनियन्त्रक र सेना पनि परिचालन गरिएको छ ।
जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ । जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । त्यसैगरी शनिबारदेखि आइतबार अपरान्हसम्म पनि हिरोसिमा, क्योटोलगायतका शहरमा भारी वर्षा भएको छ ।
जापानी प्रधानमन्त्री सिन्जो आबेले वर्षा र बाढीबाट भएको क्षतिको न्युनिकरण गर्न तथा खोजी र उद्धारकार्य कुशलतापूर्वक सञ्चालन गर्न सुरक्षा निकायलाई आदेश दिनुभएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
युद्धविराम गर्ने सहमतिसँगै दशौँ हजार नागरिक घर फर्के (07.10.2018)
ट्रम्प भन्छन् उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ (05.30.2018)
पाकिस्तानी निर्वाचन एलियन शनिक्तद्वारा गराइने (05.08.2018)
कतार अरब सङ्कट समाधान गर्न तयार (04.24.2018)
पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार (04.12.2018)
उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता (04.03.2018)
अमेरिकाबाट फर्किए रूसी कूटनीतिज्ञ (04.03.2018)
फेसबुक प्रमुखद्वारा क्षमा याचना (03.27.2018)
उत्तर कोरिया संसारकै लागि त्रास (03.27.2018)
अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै (03.20.2018)
अझै रोकिएन सिरियाको गुटामा आक्रमण (03.06.2018)
उत्तर कोरियासँग बैठक चाँडै हुनसक्छ (02.20.2018)
भ्रष्टाचारको आरोप लागेका साउदी अरेबियाका राजकुमार थुनामुक्त (01.30.2018)
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा (01.25.2018)
उत्तर–दक्षिण वार्ताको अन्तिम तयारी (01.09.2018)
सन् २०१७ को विश्व राजनीति ः हाइड्रोजन बमदेखि जेरुसेलमसम्म (01.02.2018)
उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध (12.26.2017)
जेरुसेलम घोषणाविरुद्धको प्रदर्शन रोकिएन (12.19.2017)
डायनाको सालिक निर्माण गरिने (12.12.2017)
ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने (12.05.2017)



 
::| Latest News

 
[Page Top]