युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.20.2018, 05:32pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो
Tuesday, 09.11.2018, 12:03pm (GMT+5.5)

टोकियो । गत साता उत्तरी जापानमा गएको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका लागि अझै पनि दशौं हजार सेना र प्रहरी परिचालन गरिएको छ ।
मन्त्रिपरिषद्का मुख्य सचिव योसिहिडे सुगाले हराइरहेका व्यक्तिको खोजी कार्य सकिएको बताउनुभएको छ । करिब ४० हजार प्रहरी, सेना र अन्य उद्धारकर्मीहरुले अस्थायी शिविरमा आश्रय लिइरहेका दुई हजार ७०० भन्द बढी व्यक्तिलाई सहयोग गरिरहेका छन् । गत साता उत्तरी जापानको होक्काइडो द्वीप आसपास केन्द्रविन्दु भएको शक्तिशाली भूकम्प गएको थियो ।
मृत्यु भएका अधिकांश व्यक्ति सानो ग्रामीण इलाका आट्सुमाका रहेका छन् । करिब ६।६ म्याग्नीच्यूडको भूकम्पका कारण माथिबाट बगेको पहिरोले गाउँमा जनधनको ठूलो क्षति गरेको थियो ।
मुख्य सचिव सुगाले स्थानीय जनतालाई आफ्ना घरहरुमा फिर्ता ल्याउन सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने बताउनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा ठूलो वर्षा हुने मौसम भविष्यवाणी अझै पनि प्राप्त भइरहेकाले जनधनको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको संवाददाताहरुलाई बताउनुभयो ।
प्राकृतिक प्रकोपका कारण लगातार जनधनको ठूलो क्षति बेहोरेको जापानमा पछिल्लो भूकम्पले थप समस्या सिर्जना गरेको थियो । जापानको पश्चिमी क्षेत्रमा जेबी नामको आँधीले ११ जनाको मृत्यु हुनुका साथै क्षेत्रीय विमानस्थल बन्द गर्नु परेको थियो ।
दोस्रो कार्यकालका लागि पार्टीभित्र चुनावी प्रचार गरिरहनुभएका जापानका प्रधानमन्त्री शिन्जो आबेले सरकारले जनताको सुरक्षाका लागि हरसम्भव प्रयत्न गरिने बताउनुभएको छ ।

उत्तर कोरियाको वार्षिकोत्सव परेडमा क्षेप्यास्त्र गायब
उत्तर कोरिया स्थापनाको ७०औँ वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तरराष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोपसहित हजारौँ सैनिकले मार्चपास गरेका छन् । 
उत्तर कोरियाली नेता कीम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनीया राष्ट्रपतिका कूटनीतिक प्रतिनिधिले समेत नेता कीमसँगै मार्चपास गर्ने सैनिकले चढाएको सलामी ग्रहण गरेका थिए । 
दोस्रो विश्वयुद्ध समाप्त हुनैलाग्दा कोरियाली द्वीपलाई बिभाजन गरी ७० वर्षअघि रुस र अमेरिकाले सेप्टेम्बर ९, १९४८ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) स्थापना भएको घोषणा गरेका थिए । 
एक्काइस तोपको सलामी पश्चात् कीम इल सुङ स्क्वाएर छिचोल्दै दर्जनौं सैनिक टुकडीले मार्चपास गरेको थियो । सैनिकमध्ये केहीले नाइट–भिजन चश्मा लगाएका थिए भने केहीले रकेटयुक्त ग्रिनेड लन्चर बोकेका थिए । यी आधुनिक हतियारसहितको मार्चपासलाई नेता कीमसहितका विशिष्ट व्यक्तिले रोष्ट्रमबाट अवलोकन गरेका थिए ।
नेता कीमसँगै चिनिया प्रतिनिधि एवं चिनीया कम्युनिष्ट पार्टीका पोलिटब्यूरो स्थायी समितिका सदस्य ली झाङ्सु रहेका थिए । उनीहरु दुबैबीच समयसमयमा कुराकानी भएको देखिन्थ्यो ।
मार्चपासमा सैनिक बाहन, रकेट लन्चर्स र ट्याङ्कको लाइन अघि बढेको थियो । आकाशमा सैनिक बिमानले आतिसबाजी देखाएका थिए । अन्त्यमा, क्षेप्यास्त्र देखाइएको थियो । त्यहाँ जहाज विध्वंसक क्रुज क्षेप्यास्त्र जडित कुम्सोङ–३ र जमिनबाट हावामा मार हान्ने पोन्गे–५ देखाइएको थियो ।
तर मार्चपासमा गत वर्ष पहिलोपटक परीक्षण गरिएका संयुक्तराज्य अमेरिकासम्म मार हान्न सक्ने ह्वासोङ–१४ र १४ क्षेप्यास्त्र प्रदर्शन गरिएन । “उत्तर कोरियाले सैनिक क्षमतालाई नियन्त्रणमा राख्न चाहेको देखिन्छ । उत्तर कोरियाले आणविक निःशस्त्रीकरणमा देखाएको प्रतिबद्धता स्वागतयोग्य छ र यसलाई सबैले प्रोत्साहित गर्नु पर्दछ,” कोरिया जोखिम समूहका व्यवस्थापन निर्देशक चाड ओक्यारोलले भन्नुभयो ।
सैनिक मार्चपास सकिएलगत्तै हजारौं नागरिकले कोरिया एकीकरणको आग्रह गरिएका प्लेकार्डसहित रंगीबिरङ्गी पहिरनमा प्रस्तुतीकरण गरेका थिए । अप्रिलमा कीमले उत्तर कोरियाको आणविक विकासको काम समाप्त भएको घोषणा गर्नुभएको थियो । उहाँले समाजवादी आर्थिक विकासमा ध्यान दिइने जानकारी पनि दिनुभएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
चीनमा ३८ हजार सुँगुर मारियो (09.04.2018)
मुसलमान महिलाद्वारा मोदी ‘राखी’ उपहार (08.28.2018)
ट्रम्पद्वारा ‘सबै प्रकारका जातिवाद’को निन्दा (08.14.2018)
दुई कोरिया रेलले जोडिँदै (07.25.2018)
जापानमा वर्षाका कारण कम्तीमा सयजनाको मृत्यु (07.10.2018)
युद्धविराम गर्ने सहमतिसँगै दशौँ हजार नागरिक घर फर्के (07.10.2018)
ट्रम्प भन्छन् उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ (05.30.2018)
पाकिस्तानी निर्वाचन एलियन शनिक्तद्वारा गराइने (05.08.2018)
कतार अरब सङ्कट समाधान गर्न तयार (04.24.2018)
पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार (04.12.2018)
उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता (04.03.2018)
अमेरिकाबाट फर्किए रूसी कूटनीतिज्ञ (04.03.2018)
फेसबुक प्रमुखद्वारा क्षमा याचना (03.27.2018)
उत्तर कोरिया संसारकै लागि त्रास (03.27.2018)
अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै (03.20.2018)
अझै रोकिएन सिरियाको गुटामा आक्रमण (03.06.2018)
उत्तर कोरियासँग बैठक चाँडै हुनसक्छ (02.20.2018)
भ्रष्टाचारको आरोप लागेका साउदी अरेबियाका राजकुमार थुनामुक्त (01.30.2018)
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा (01.25.2018)
उत्तर–दक्षिण वार्ताको अन्तिम तयारी (01.09.2018)



 
::| Latest News

 
[Page Top]