युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.16.2018, 02:32am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो
Tuesday, 10.02.2018, 12:09pm (GMT+5.5)

दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुइवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर यी बच्चा विशिष्ट किसिमका छन् । “यी बच्चा कृत्रिम गर्भाधानबाट जन्माइएका हुन् । विश्वमै यो पहिलो प्रयोग हो,” प्रिटोरिया विश्वविद्यालयले घोषणा गरेको छ । यो विश्वविद्यालयका वैज्ञानिक पोथी अफ्रिकी सिंहको प्रजनन प्रणालीबारे अध्ययन गरिरहेका छन् ।
सिंहले गत अगस्ट २५ मा दुइवटा बच्चा जन्मायो, एउटा भाले र अर्को पोथी । तिनी दुवै स्वस्थ र सामान्य छन्, विश्वविद्यालयका अनुसन्धान निर्देशक आन्द्रे ग्यान्सविन्टले बताउनुभयो । उहाँको टोलीलाई १८ महिनाको गहन परीक्षणपछि यस्तो सफलता प्राप्त भएको हो ।
“हामीले शुरुमा स्वस्थ सिंहबाट विर्य सङ्कलन गरेका थियौँ,” ग्यान्सविन्टले भन्नुभयो । त्यसपछि पोथी सिंह गर्भाधानका लागि योग्य भएपछि कृत्रिम रुपबाट गर्भाधान गराइएको थियो । “भाग्यवस, यो सफल भयो,” ग्यान्सविन्टले थप्नुभयो, “विगतमा पनि धेरैपटक प्रयत्न गरिएका थिए, तर यस पटक आश्चर्य भयो, धेरै मिहिनेत गर्नुपरेन ।”
उहाँले यो सफलतालाई विस्तार गर्न सकिने बताउनुभयो । वैज्ञानिकले यो विधिलाई प्रयोग गरी अन्य सङ्कटापन्न बाघ, सिंह, चितुवाजस्ता प्राणीको संरक्षण गर्न सकिने बताएका छन् ।
अफ्रिकाका २६ वटा मुलुकबाट सिंह बिलुप्त भइसकेका छन् र सिंहको संख्या दुई दशकभित्रै करिब ४३ प्रतिशतले घटेको छ । अहिले विश्वभर करिब २० हजार मात्र सिंह बाँकी रहेको अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघले जनाएको छ । संघले अफ्रिकी सिंह सबैभन्दा जोखिममा रहेको बताएको छ ।
“हामीले अहिल्यै केही गरेनौं भने यहाँका सिंह बिलुप्त हुन्छन्,” ग्यान्सविन्टले बताउनुभयो ।
उहाँले सिंहलाई नै एक ठाउँबाट अर्को ठाउँमा प्रजननका लागि लैजानुपर्ने अवस्थाको अब अन्त्य भएको बताउनुभयो । नयाँ प्रविधिको प्रयोगमार्फत अब सिंहको विर्यमात्र एक ठाउँबाट अर्को ठाउँमा लगे पुग्ने अवस्था सिर्जना भएको छ । उत्तरी अमेरिका र युरोपमा समेत हात्तीको प्रजनन गराउन यस्तै प्रविधि प्रयोगमा आउन थालिसकेको छ ।
सिंहमाथिको यो परीक्षण राजधानी प्रिटोरियाभन्दा करिब ८० किलोमिटर उत्तरपश्चिमको उकुटुला संरक्षण केन्द्रमा गरिएको थियो ।
तर जीवजन्तुका क्षेत्रमा क्रियाशील संघसंस्थाले यो अनुसन्धानप्रति त्यति चासो दिएका छैनन् । “दक्षिण अफ्रिकी यो प्रविधिले नाफामुखी प्रवृत्ति निम्त्याउने खतरा देखिन्छ,” बोर्न फ्री फाउन्डेसनका मार्क जोन्सले बताउनुभयो ।
“यो विधिले सिंह जन्माउने, सिंहको शिकार खेल्ने तथा सिंहका हाडखोरको व्यापार हुने मात्र हो, र यसले सिंहको संरक्षणमा केही पनि योगदान दिँदैन,” उहाँले भन्नुभयो । अठार वटा अन्तरराष्ट्रिय तथा अफ्रिकी संरक्षण संस्थाले वैज्ञानिकलाई एक पत्र लेखी अध्ययनप्रति विमती जनाएका छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा (09.25.2018)
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो (09.11.2018)
चीनमा ३८ हजार सुँगुर मारियो (09.04.2018)
मुसलमान महिलाद्वारा मोदी ‘राखी’ उपहार (08.28.2018)
ट्रम्पद्वारा ‘सबै प्रकारका जातिवाद’को निन्दा (08.14.2018)
दुई कोरिया रेलले जोडिँदै (07.25.2018)
जापानमा वर्षाका कारण कम्तीमा सयजनाको मृत्यु (07.10.2018)
युद्धविराम गर्ने सहमतिसँगै दशौँ हजार नागरिक घर फर्के (07.10.2018)
ट्रम्प भन्छन् उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ (05.30.2018)
पाकिस्तानी निर्वाचन एलियन शनिक्तद्वारा गराइने (05.08.2018)
कतार अरब सङ्कट समाधान गर्न तयार (04.24.2018)
पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार (04.12.2018)
उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता (04.03.2018)
अमेरिकाबाट फर्किए रूसी कूटनीतिज्ञ (04.03.2018)
फेसबुक प्रमुखद्वारा क्षमा याचना (03.27.2018)
उत्तर कोरिया संसारकै लागि त्रास (03.27.2018)
अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै (03.20.2018)
अझै रोकिएन सिरियाको गुटामा आक्रमण (03.06.2018)
उत्तर कोरियासँग बैठक चाँडै हुनसक्छ (02.20.2018)
भ्रष्टाचारको आरोप लागेका साउदी अरेबियाका राजकुमार थुनामुक्त (01.30.2018)



 
::| Latest News

 
[Page Top]