युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.22.2018, 11:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
किमसँगको कुराकानी लाभदायी : पोम्पेओ
Wednesday, 10.10.2018, 01:55pm (GMT+5.5)

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली नेता किम जोङ–अनबीच कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणलगायतका बिषयमा भएको कुराकानी उत्पादनमुलक भएको बताइएको छ ।
दुई नेताबीच करिब दुई घण्टा कुराकानी भएको बताउँदै अमेरिकी विदेशमन्त्री पोम्पेओले भन्नुभयो, “वार्ता सही र उत्तपादनमुलक भएको छ ।” कुराकानीपछि उहाँहरूसँगै बसेर खाना खानुभएको थियो ।
दुई नेताबीच कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरण प्रक्रिया र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेताबीचको दोस्रो शिखर सम्मेलनका बिषयमा केन्द्रित भएको उहाँले बताउनुभयो । 
विदेशमन्त्री पोम्पेओले दुवै देशको सहमतिमा छिट्टै अमेरिकी राष्ट्रपति र नेता किमबीचको दोस्रो वार्ताको मिति तथा स्थान तय गरिने जानकारी गराउनुभयो ।
अमेरिकी विदेशमन्त्री प्योङयाङबाट वार्तामा भएका बिषयलाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनलाई तथा विदेशमन्त्री काङ क्युङ ह्वालाई जानकारी गराउन आइतबार नै सिओलतर्फ प्रस्थान गर्नुभयो ।
राष्ट्रपति ट्रम्पले भनेजस्तै वार्ताका क्रममा धेरै चरण पार गर्नुपर्ने भएको र जसमध्ये आज एउटा चरण रहेको थियो । यो अगाडी बढ्ने मार्ग तय गर्नका लागी अर्को कदम हो, पोम्पेओले दक्षिण कोरियाली राष्ट्रपति मुनलाई ब्लु हाउसमा जानकारी गराउनुभयो ।  “त्यसैले मलाई लाग्छ यो हामी सबैका लागि राम्रो प्रतिफल भएको छ ।”
अमेरिकी कुटनीतिज्ञले आणविक निशस्त्रीकरण र वासिङटनसँगको ‘स्थिर सम्बन्ध’ निर्माण गर्न खेलेको भूमिकाका लागि सिओललाई धन्यवाद दिनुभयो । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीचको वार्तालाई वातावरण मिलाउने सिलसिलामा पोम्पेओ शनिबार जापान आइपुग्नुभएको थियो भने आइतबार प्योङयाङ आउनुभएको थियो । अमेरिकी विदेशमन्त्रीका रूपमा पोम्पेओको योे भ्रमण उत्तर कोरियाका लागि चौथो हो ।
पोम्पेओले शनिबारै टोकियोमा प्रधानमन्त्री सिन्जो आवे र विदेशमन्त्री तारो कानोसँग उत्तर कोरियाबारे छलफल गर्नुभएको थियो । उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्दा जापानी भूभाग भएर भएका र यसबाट जापानी जनतामा निकै त्रासको अवस्था बनेको थियो ।
जापानले प्योङयाङ नेतृत्वलाई कडा दबाब सिर्जना गर्नुपर्ने बताउँदै आएको छ । जापानी प्रधानमन्त्री आवेले उत्तर कोरिया र जापानबीचको सम्बन्ध सुधारका लागि प्रत्यक्ष वार्ता गरेर मात्र अघि बढ्न सकिने बताउनुभएको थियो ।
पोम्पेओ सिओलबाट सोमबार चीनका लागि प्रस्थान गर्नुहुनेछ । चीन उत्तर कोरियाको बलियो राजनीतिक तथा आर्थिक सहयोगी मानिने गर्छ । तर पोम्पेओको बेइजिङ बसाइ भने सहज नहुने देखिएको छ । केही दिनपहिले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनलाई सैन्य उत्तेजना फैलाएको, व्यावसायिक चोरी गरेको, मानव अधिकार उल्लङ्घनका घटनामा बढोत्तरी गराएको र अमेरिकी निर्वाचनमा ट्रम्पविरुद्ध हस्तक्षेप गरेको लगायतका आरोप लगाएका कारण चीन अमेरिकासँग खुशी छैन ।



Rating (Votes: )   
Share     Print


Other Articles:
कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो (10.02.2018)
ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा (09.25.2018)
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो (09.11.2018)
चीनमा ३८ हजार सुँगुर मारियो (09.04.2018)
मुसलमान महिलाद्वारा मोदी ‘राखी’ उपहार (08.28.2018)
ट्रम्पद्वारा ‘सबै प्रकारका जातिवाद’को निन्दा (08.14.2018)
दुई कोरिया रेलले जोडिँदै (07.25.2018)
जापानमा वर्षाका कारण कम्तीमा सयजनाको मृत्यु (07.10.2018)
युद्धविराम गर्ने सहमतिसँगै दशौँ हजार नागरिक घर फर्के (07.10.2018)
ट्रम्प भन्छन् उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ (05.30.2018)
पाकिस्तानी निर्वाचन एलियन शनिक्तद्वारा गराइने (05.08.2018)
कतार अरब सङ्कट समाधान गर्न तयार (04.24.2018)
पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार (04.12.2018)
उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता (04.03.2018)
अमेरिकाबाट फर्किए रूसी कूटनीतिज्ञ (04.03.2018)
फेसबुक प्रमुखद्वारा क्षमा याचना (03.27.2018)
उत्तर कोरिया संसारकै लागि त्रास (03.27.2018)
अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै (03.20.2018)
अझै रोकिएन सिरियाको गुटामा आक्रमण (03.06.2018)
उत्तर कोरियासँग बैठक चाँडै हुनसक्छ (02.20.2018)



 
::| Latest News

 
[Page Top]