युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.19.2018, 11:01am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर
Tuesday, 11.20.2018, 11:31am (GMT+5.5)

कम्बोडियाका खमेर रुज शासनकालका दुईजना उच्च नेताहरु जातीय नरसंहारमा दोषी भेटिएको छ । कम्बोडियाको झण्डै एक तिहाई मानिसको मृत्युको कारण मानिएको क्रुर सत्ता पतन भएको ४० वर्षपछि शुक्रबार यस्तो ठहर गरिएको हो ।
खमेर रुज शासनका पूर्व प्रमुख ८७ वर्षीय खिउ साम्फान र दोस्रो नम्बरका नेता ९२ वर्षीय नुओन चेअ मात्र हाल जीवित छन् । अतिवादी माओवादी समूहका यी दुवै नेता सन् १९७५ देखि १९७९ सम्म कम्बोडियाको शासनसत्ताका प्रमुख पदाधिकारी थिए । 
“ब्रदर नं. १” भनेर चिनिने पोलपोटले अतिबढी काम लगाएको, भोकमरी र आमहत्याका कारण झण्डै २० लाख कम्बोडियालीको ज्यान लिएका थिए, तर शुक्रबारको फैसलामा यो हत्यालाई पहिलोपटक नरसंहार ठहर गरिएको छ । 
सन् १९७५ अप्रिलमा नोमपेन्हमा हिंसा मच्चाएको र मानिसलाई पलायन हुन बाध्य पारेको अभियोगमा दुई नेतालाई सन् २०१४ मा जन्मकैदको सजाय दिइएको थियो । तर कम्बोडियाली विशेष अदालतले शुक्रबार गरेको फैसलामा नुओन चेअलाई अल्पसंख्यक भियतनामी र चाम अल्पसंख्यक मुस्लिम समुदायको नरसंहारमा पनि संलग्न रहेको भन्दै दोषी ठहर गरेको छ । 
“पोलपोटसँगै मिलेर नुओन चेअले शक्तिको दुरुपयोग गरेका छन् ... त्यसकारण यी सबै अपराधमा नुओन चेअ जिम्मेवार ठहरिन्छन्,” न्यायाधीश नील नोन्नले आदेशमा बताउनुभयो । “चाम अल्पसंख्यक र धार्मिक समूहमा आबद्ध मानिसको हत्या गरी नरसंहारजस्तो गम्भीर अपराधमा नुओन चेअ संलग्न पाइए ।”
खिउ साम्फान पनि भियतनामी अल्पसंख्यकमाथि नरसंहार मच्चाएको आरोपमा दोषी भेटिएका छन्, अदालतको आदेशमा भनिएको छ । अदालतले फैसला सुनाउने क्रममा अदालत बाहिर भेला भएका सयौंले फैसलाको स्वागतमा नाराबाजी गरेका थिए ।
जातीय नरसंहारको यो घटनामा पोलपोट शासनकालका चार वर्षलाई समेटिएको छ ।“यो फैसलाले नुरेम्बर्ग फैसलालाई सम्झाएको छ, र यसको विशेष महत्व छ । यो फैसला कम्बोडिया, अन्तर्राष्ट्रिय फौजदारी न्याय तथा इतिहासको प्रामाणिक कथाका रुपमा रहनेछ,” खमेर रुज मामिलामा राष्ट्रसंघ महासचिवका विशेष विज्ञका रुपमा सेवा गरिसक्नुभएका डेभिड सेफरले बताउनुभयो । 
बौद्धमार्गीको बाहुल्य रहेको कम्बोडियामा खमेर रुज विद्रोहीहरुले बलको आडमा सामाजिक वर्ग र धार्मिक प्रणालीलाई ध्वस्त बनाउने अभियान चलाएका थिए । कारागार र कार्यस्थलमा जबर्जस्ती बिबाह, बलात्कार समेतका अमानवीय कार्यहरु पनि यही शासनकालमा भएको थप आरोप समेत दुवैमाथि लागेको छ । 
कम्बोडियाली र अन्तर्राष्ट्रिय कानुनको प्रयोग गर्नेगरी स्थापित यो अदालत सन् २००६ मा संयुक्त राष्ट्रसंघको अगुवाईमा गठन भएको हो । यो विशेष अदालतले खमेर रुजका वरिष्ट नेताहरुबाट भएका अपराधको सुनुवाई गर्दछ । यो अदालतले तीन जना विरुद्ध मात्र फैसला दिएको छ । अनुसन्धान र अदालती प्रक्रियामा करिब ३० करोड अमेरिकी डलर खर्च भइसकेको छ । 
खमेर रुज शासनका विदेश मन्त्री इएङ सारी र उनकी पत्नीको मृत्यु भइसकेको छ, भने पोल पोटको सन् १९९८ मा मृत्यु भएको थियो । धेरैको विश्वासमा शुक्रबारको फैसला अन्तिम हुनेछ । राजनीतिक हस्तक्षेपबाट विशेष अदालतको काम कारबाहीमा असर पुगेको थियो । 
विगतमा खमेर रुजका कार्यकर्ता समेत रहेका प्रधानमन्त्री हुन सेनले खमेर शासनका बारेमा थप अनुसन्धान नगर्ने बताउँदै आउनुभएको छ । उहाँको विचारमा थप अनुसन्धानले मुलुकको स्थायित्वमा असर पर्नेछ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
किमसँगको कुराकानी लाभदायी : पोम्पेओ (10.10.2018)
कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो (10.02.2018)
ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा (09.25.2018)
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो (09.11.2018)
चीनमा ३८ हजार सुँगुर मारियो (09.04.2018)
मुसलमान महिलाद्वारा मोदी ‘राखी’ उपहार (08.28.2018)
ट्रम्पद्वारा ‘सबै प्रकारका जातिवाद’को निन्दा (08.14.2018)
दुई कोरिया रेलले जोडिँदै (07.25.2018)
जापानमा वर्षाका कारण कम्तीमा सयजनाको मृत्यु (07.10.2018)
युद्धविराम गर्ने सहमतिसँगै दशौँ हजार नागरिक घर फर्के (07.10.2018)
ट्रम्प भन्छन् उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ (05.30.2018)
पाकिस्तानी निर्वाचन एलियन शनिक्तद्वारा गराइने (05.08.2018)
कतार अरब सङ्कट समाधान गर्न तयार (04.24.2018)
पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार (04.12.2018)
उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता (04.03.2018)
अमेरिकाबाट फर्किए रूसी कूटनीतिज्ञ (04.03.2018)
फेसबुक प्रमुखद्वारा क्षमा याचना (03.27.2018)
उत्तर कोरिया संसारकै लागि त्रास (03.27.2018)
अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै (03.20.2018)
अझै रोकिएन सिरियाको गुटामा आक्रमण (03.06.2018)



 
::| Latest News

 
[Page Top]