युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 09:37pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
उत्तर कोरिया वार्ता र सहकार्य अघि बढाउन इच्छुक
Tuesday, 01.01.2019, 12:37pm (GMT+5.5)

उत्तर कोरियाका नेता कीम जोङ–अनले कोरियाली प्रायःद्वीपमा शान्ति र समृद्धि निर्माण गर्ने प्रयत्नलाई सन् २०१९ मा समेत निरन्तरता दिने बताउनुभएको छ । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनलाई नयाँ वर्षका अवसरमा पठाउनुभएको सन्देशमा उत्तर कोरियाको यस्तो प्रतिबद्धता प्राप्त भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेता कीमले लामो समयदेखि जारी विवादलाई साम्य बनाउन दुबै कोरियाका नेताले व्यावहारिक कदम अबलम्बन गरेको पनि बताउनुभएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका प्रवक्ता कीम इ–काइयोमले संवाददाताहरूलाई भन्नुभयो, “अध्यक्ष कीमले राष्ट्रपति मूनलाई आइतबार लेख्नु भएको चिठी प्राप्त भएको छ ।” 
“कोरियाली प्रायःद्वीपमा शान्ति र समृद्धिका निम्ति मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” कीमको पत्रमा उल्लेख छ । “एक वर्षमा तीन पटक भेटघाट भएको र त्यसक्रममा सम्बन्ध सुधारका लागि व्यावहारिक कदमहरू चालिएका छन् । सैनिक तनाव र युद्धको त्रासबाट दुबै देशका जनतालाई मुक्त गर्न हामीहरू सक्षम भएका छौं ।”
राष्ट्रपति कार्यालयका प्रवक्ताले अध्यक्ष कीमले यस वर्षको अन्त्यभित्रै सियोलको भ्रमण गर्ने आफ्नो प्रतिज्ञा पूरा गर्न नपाएकोमा दुःख लागेको बताउनुभएको जानकारी दिनुभयो । 
“अध्यक्ष कीमले सन् २०१९ मा राष्ट्रपति मूनलाई समयसमयमा भेट गर्न इच्छुक रहेको बताउनुभएको छ । साथै, शान्ति र समृद्धिका विषयमा छलफललाई अगाडि बढाउन इच्छुक रहनुका साथै मिलेर नै कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणको अभियान सफल बनाउने कीमले बताउनुभएको छ,” राष्ट्रपति कार्यालयका प्रवक्ताले बताउनुभयो ।
यसैबीच, दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता कीम जोङ–इनबाट व्यक्त आणविक निःशस्त्रीकरण प्रतिको प्रतिबद्धतालाई स्वागत गर्नुभएको छ । उहाँले संयुक्तराज्य अमेरिकासँग रोकिएको आणविक निःशस्त्रीकरण वार्ता पुनः शुरु गर्न नेता कीमको प्रतिबद्धताले थप बल पुग्ने बताउनुभयो ।
यसैबीच चीनका विदेशमन्त्री वाङ यीले अन्तर–कोरियाली सम्बन्ध सुधारका लागि भएका हालैका प्रगतिलाई चीनले पूर्ण समर्थन गर्ने बताउनुभएको छ । उहाँले गत जुनमा सम्पन्न शिखर सम्मेलनमा भएका सम्झौताको कार्यान्वयन गर्न संयुक्तराज्य अमेरिका र उत्तर कोरिया समक्ष आग्रह पनि गर्नुभयो । 
विदेशमन्त्री वाङले कोरियाली द्वीपमा आणविक निःशस्त्रीकरण गर्न तथा शान्तिपूर्ण कोरिया निर्माणका लागि वार्ताद्वारा समस्याका समाधान गर्न चीनले सदैब समर्थन गरिआएको चर्चा गर्दै विगत २० वर्षदेखि चीनले कोरियामा शान्तिपूर्ण वातावरण निर्माण गर्न विशेष पहल गरिरहेको बताउनुभयो ।
उहाँले उत्तर कोरियाली नेता कीमको पूर्ण प्रतिबद्धता आणविक निःशस्त्रीकरणमा देखिएको बताउँदै यस वर्षका वार्ता र संवादले सर्वत्र आशा जगाएको छ भन्नुभयो । चीनका उच्च कुटनीतिक व्यक्तित्व वाङले चीनका स्थानीय संवाददाताहरूसँग कुरा गर्दै उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाका शीर्ष व्यक्तिहरूबीच भएको सिंगापुर बैठकले कोरियाली द्वीपमा उत्पन्न जटिलता अन्त्य गर्न सार्थक प्रयत्न गरेको छ भन्नुभयो । उहाँले उत्तर र दक्षिण कोरियाली नेताहरूबीचको एकै वर्ष भएका तीनवटा बैठकले अन्तर कोरियाली सम्बन्धमा नयाँ आयाम सिर्जना गरेको बताउनुभयो ।
वाङले दुबै कोरियाबीचको सम्बन्धमा सुधार ल्याई कोरियाली द्वीपमा वास्तविक शान्ति स्थापना गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । “अब उत्तर कोरिया र अमेरिकाले पनि सम्झौता बमोजिमका कार्यहरू जतिसक्दो चाँडो सम्पन्न गर्नु पर्दछ,” वाङले भन्नुभयो ।
उहाँले कोरियाली द्वीपमा शान्तिपूर्ण अवस्था सिर्जना गर्ने कार्यमा चीनको पूर्ण समर्थन रहने बताउनुभयो । विदेशमन्त्री वाङले आणविक निःशस्त्रीकरणको कार्य सँगसँगै उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच शान्ति सम्झौतालाई पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
चीनद्वारा क्यानडेली राजदूतसँग सोधपुछ (12.11.2018)
राम मन्दीर निर्माणको माग गर्दै दिल्लीमा प्रदर्शन (12.11.2018)
खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर (11.20.2018)
किमसँगको कुराकानी लाभदायी : पोम्पेओ (10.10.2018)
कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो (10.02.2018)
ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा (09.25.2018)
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो (09.11.2018)
चीनमा ३८ हजार सुँगुर मारियो (09.04.2018)
मुसलमान महिलाद्वारा मोदी ‘राखी’ उपहार (08.28.2018)
ट्रम्पद्वारा ‘सबै प्रकारका जातिवाद’को निन्दा (08.14.2018)
दुई कोरिया रेलले जोडिँदै (07.25.2018)
जापानमा वर्षाका कारण कम्तीमा सयजनाको मृत्यु (07.10.2018)
युद्धविराम गर्ने सहमतिसँगै दशौँ हजार नागरिक घर फर्के (07.10.2018)
ट्रम्प भन्छन् उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ (05.30.2018)
पाकिस्तानी निर्वाचन एलियन शनिक्तद्वारा गराइने (05.08.2018)
कतार अरब सङ्कट समाधान गर्न तयार (04.24.2018)
पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार (04.12.2018)
उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता (04.03.2018)
अमेरिकाबाट फर्किए रूसी कूटनीतिज्ञ (04.03.2018)
फेसबुक प्रमुखद्वारा क्षमा याचना (03.27.2018)



 
::| Latest News

 
[Page Top]