युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.23.2019, 03:59am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
थाइल्यान्डमा ८० प्रतिशत मतदान
Thursday, 03.28.2019, 10:58am (GMT+5.5)

थाई सेनाले सत्ताकब्जा गरेयता पहिलोपटक आमनिर्वाचन भएको छ । निर्वाचन आयोगका महासचिव जारुङभिथ फूम्माले करिब ८० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको बताउनुभयो । थाइल्यान्डमा केही वर्षदेखि राजनीतिक अस्थिरता हाबी छ । सैनिक पक्षधर र सत्ताच्यूत गरिएका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकबीच मुख्यरूपमा सङ्घर्ष चलिरहेको छ ।
पछिल्लो पटक सन् २०१४ मा सत्ता हत्याएपछि थाइल्यान्डको शक्तिशाली सेनाले कानुन व्यवस्थालाई सही मार्गमा ल्याउने र लोकतन्त्र पुनर्वहाली गर्ने बचनबद्धता प्रकट गरेको थियो, तर पटकपटक आमनिर्वाचन स्थगन गर्दै आएको थियो ।
आलोचकहरूको भनाईमा सेनाले जारी गरेको नयाँ संविधानले पछिल्लो मतदानबाट जस्तोसुकै परिणाम आएपनि सत्तामाथि सेनाको प्रभाव विशिष्ट रहनेछ । संविधानमै नयाँ संसदमा सेनाका व्यक्तिहरूको बाक्लो उपस्थितिलाई सुनिश्चित गरिएको छ ।
यस पटकको चुनावमा पाँच करोडभन्दा बढी व्यक्ति मतदानका लागि योग्य थिए । १८ देखि २६ वर्ष उमेर समूहका सत्तरी लाखभन्दा बढी व्यक्तिले पहिलो पटक मतदानमा भाग लिँदैछन् । सबैजसो पार्टीले यो समूहको झुकावलाई विशेष महत्व दिएका छन् ।
चुनावको पूर्वसन्ध्यामा थाइल्यान्डका नरेश माहा वाजीरालोङकोर्नले मतदानलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आम देशवासीसँग आग्रह गर्नुभएको थियो । थाइ नरेशको आह्वानलाई स्थानीय सबैजसो टेलिभिजनहरूले पटक पटक प्रसारण गरेका थिए । 
विद्यालय, मन्दिर, सरकारी कार्यालय लगायतका ठाउँमा विहानैदेखि मतदान गर्नेहरूको भीड लागेको थियो । निर्वाचनका लागि देशभर पाँच करोड १० लाखभन्दा बढी मतदाता रहेका छन् । तीमध्ये झण्डै एक लाख २० हजार मतदाताले देश बाहिरबाट मतदान गर्न पाउने छन् । निर्वाचन आयोगका अधिकारीका अनुसार देश बाहिरबाट मतदान गर्नेहरू ६७ देशमा रहेका छन् । 
निर्वाचनमा झण्डै १० हजार उम्मेदवार चुनावी मैदानमा छन् । थाइल्याण्डमा कूल ३५० निर्वाचन क्षेत्र रहेका छन् । हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी निर्वाचन हुने कूल सांसदको संख्या भने पाँच सय रहेको छ । 
निर्वाचनमा झण्डै ४० राजनीतिक दलले भाग लिएका छन् । पूर्व प्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यिङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई भने अदालतले विघटन गरिदिएपछि सो पार्टी निर्वाचनमा सहभागी हुनबाट बञ्चित भएको छ । 
थाक्सिन सिनावात्रालाई सन् २००६ मा सैनिक सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । त्यसपछि सन् २०१४ मा उहाँकी बहिनी यिङ्लकको सत्तामा पुनरागमन भएको थियो । तर  उहाँलाई पनि भ्रष्टाचारको आरोपमा सत्ताबाट हटाइएको थियो । त्यसपछि पाँच वर्षदेखि सैनिक जनरल प्रयुत चान–ओ–चाले सरकारको नेतृत्व गर्नुभएको छ । उहाँ पनि अहिले निर्वाचनमा प्रतिस्पर्धी हुनुहुन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रपति ट्रम्पद्वारा भिटो प्रयोग (03.18.2019)
उत्तर कोरिया वार्ता र सहकार्य अघि बढाउन इच्छुक (01.01.2019)
चीनद्वारा क्यानडेली राजदूतसँग सोधपुछ (12.11.2018)
राम मन्दीर निर्माणको माग गर्दै दिल्लीमा प्रदर्शन (12.11.2018)
खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर (11.20.2018)
किमसँगको कुराकानी लाभदायी : पोम्पेओ (10.10.2018)
कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो (10.02.2018)
ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा (09.25.2018)
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो (09.11.2018)
चीनमा ३८ हजार सुँगुर मारियो (09.04.2018)
मुसलमान महिलाद्वारा मोदी ‘राखी’ उपहार (08.28.2018)
ट्रम्पद्वारा ‘सबै प्रकारका जातिवाद’को निन्दा (08.14.2018)
दुई कोरिया रेलले जोडिँदै (07.25.2018)
जापानमा वर्षाका कारण कम्तीमा सयजनाको मृत्यु (07.10.2018)
युद्धविराम गर्ने सहमतिसँगै दशौँ हजार नागरिक घर फर्के (07.10.2018)
ट्रम्प भन्छन् उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ (05.30.2018)
पाकिस्तानी निर्वाचन एलियन शनिक्तद्वारा गराइने (05.08.2018)
कतार अरब सङ्कट समाधान गर्न तयार (04.24.2018)
पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार (04.12.2018)
उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता (04.03.2018)



 
::| Latest News

 
[Page Top]