युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 07.24.2019, 06:21am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी
Tuesday, 04.30.2019, 01:41pm (GMT+5.5)

श्रीलङ्कामा गत आइतबार भएको आत्मघाती आक्रमणमा सम्लग्न अतिवादी स्लामिक समूहका सदस्यहरू मारिएका तथा पक्राउ परेका र मुलुकको अवस्था सामान्य बनिसकेको प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतबार बताउनुभएको छ ।
प्रधानमन्त्रीले भन्नुभयो, “आगामी दिनमा यस किसिमका घटना हुन नदिन पूर्व सावधानीस्वरूप स्लामिक अतिवादी समूहविरूद्ध सरकारले कडा कानूनी व्यवस्था गर्ने योजना ल्याएको छ । श्रीलङ्कामा गैरकानूनी रूपमा काम गर्दै आएका विदेशी क्रिश्चियन धार्मिक नेतालाई पनि फिर्ता गरिने छ ।” 
प्रधानमन्त्री विक्रमासिङ्गेले आइतबार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “गत साता २५३ जनाको ज्यान जानेगरी भएको आत्मघाती आक्रमण एउटा सानो तर सुसङ्गठित समूहले गराएको अनुसन्धानबाट थाहा भैसकेको छ ।”
“आक्रमणमा सम्लग्न अधिकांशलाई सरकारले पक्राउ गरिसकेको छ भने केही मारिएका छन्,” उहाँले भन्नुभयो । 
“अब देशको सुरक्षास्थिति सामान्य बनिसकेको छ ।सबै मिलेर सम्पूर्ण समुदायको जनजीवनलाई सामान्य बनाउन काम गर्नुपर्छ ।”
तीन गिर्जाघर तथा तीन होटेललाई लक्षित गरी गत हप्ता भएका आक्रमणमा ४० विदेशी पाहुनासहित २५३ जनाको मृत्यु भएको सरकारको तथ्याङ्क छ ।
आक्रमणपछि करिब १०० जनालाई पक्राउ गरिएको छ । अधिकारीका अनुसार श्रीलङ्कामा स्लामिक स्टेट समूहका करिब १४० अनुयायी रहेका छन् ।
सरकारले शनिकबारदेखि लागु हुनेगरी आपतकालीन कानूनी व्यवस्थामार्फत गत हप्ताको आक्रमणहरूमा सम्लग्न रहेको भनिएको अतिवादी स्लामिक समूह नेशनल तोहित जमात (एनटिजे) समूहमाथि रोक लगाएको छ ।
प्रहरी प्रमुख निलम्बित, नयाँ सुरक्षा प्रमुख नियुक्त
यसैबीच श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी प्रमुखलाई सोमबार निलम्बन गर्नु भएको श्रीलङ्काको राष्ट्रपतिको कार्यालयले सोमबार जनाएको छ । एक हप्ता अगाडि भएको विस्फोटनका घटनामा परी साढे दुई सय भन्दा बढीको मृत्यु भएको घटनालाई लिएर उहाँले प्रहरी प्रमुख पुजिथ जयासुन्दरालाई निलम्वन गर्नुभएको हो ।
इस्लामिक स्टेट (आईएस)का लडाकूहरूले आक्रमण गर्ने चेतावनी दिएको भएपनि सुरक्षा निकायको नेतृत्वले वेवास्ता गरेको आरोप उहाँमाथि लाग्दैआएको छ । राष्ट्रपति सिरिसेनाले यसअघि सुरक्षा सचिवलाई पनि बर्खास्त गर्नु भएको थियो । उहाँले त्यस ठाउँमा सोमबार नै नयाँ सचिव नियुक्त गर्नुभएको छ ।   
प्रहरी प्रमुख जयासुन्दरालाई निलम्बन गरेपछि बरिष्ठ प्रहरी उपमहानिरिक्षक चन्दन विक्रमासिङघेलाई कार्यबाहक प्रहरी प्रमुख बनाइएको छ । 
उहाँले सोमबार नै सेनाका पुर्व प्रमुख शान्ता कोट्टेगोडालाई देशको सुरक्षा प्रमुखमा नियुक्त गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तत्कालिन राष्ट्रपति महिन्दा राजापाक्षेले सन् २००५ मा सेना प्रमुख रहनु भएका ६९ बर्षीय कोट्टाटेगोडालाई आक्रमणको जिम्मेवारी लिँदै राजिनामा दिन दवाव दिनुभएको बताइएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
श्रीलंकामा आतंकवादी हमला २ सय ९० जनाको मृत्यु (04.25.2019)
अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा (04.16.2019)
अमेरिकी नयाँ प्रतिबन्धविरूद्ध उभिने भेनेजुयलाको चेतावनी (04.10.2019)
अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा (04.10.2019)
सीमा बन्द गर्ने ट्रम्पको चेतावनी (04.04.2019)
थाइल्यान्डमा ८० प्रतिशत मतदान (03.28.2019)
राष्ट्रपति ट्रम्पद्वारा भिटो प्रयोग (03.18.2019)
उत्तर कोरिया वार्ता र सहकार्य अघि बढाउन इच्छुक (01.01.2019)
चीनद्वारा क्यानडेली राजदूतसँग सोधपुछ (12.11.2018)
राम मन्दीर निर्माणको माग गर्दै दिल्लीमा प्रदर्शन (12.11.2018)
खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर (11.20.2018)
किमसँगको कुराकानी लाभदायी : पोम्पेओ (10.10.2018)
कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो (10.02.2018)
ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा (09.25.2018)
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो (09.11.2018)
चीनमा ३८ हजार सुँगुर मारियो (09.04.2018)
मुसलमान महिलाद्वारा मोदी ‘राखी’ उपहार (08.28.2018)
ट्रम्पद्वारा ‘सबै प्रकारका जातिवाद’को निन्दा (08.14.2018)
दुई कोरिया रेलले जोडिँदै (07.25.2018)
जापानमा वर्षाका कारण कम्तीमा सयजनाको मृत्यु (07.10.2018)



 
::| Latest News

 
[Page Top]