युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 06.20.2019, 09:08am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू
Wednesday, 06.05.2019, 12:24pm (GMT+5.5)

चीनले शनिबारदेखि लागु हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर थप गरेको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । घोषणाअनुसार अमेरिकाबाट उत्पादित लगभग ६० अर्ब अमेरिकी डलरका आयातित सामान सूचीमध्ये केही सामानका लागि छुट्टाछुट्टै थप कर उठाउनेछ । यसरी लिइने थप करमा सामानअनुसार थप २५ प्रतिशत, २० प्रतिशत र १० प्रतिशतको भन्सार कर असुल्नेछ । त्यस्तै पहिला थप छ प्रतिशतको भन्सार कर उठाउने गरेको सामानमा निरन्तर छ प्रतिशत थपिएको छ ।
चीन–अमेरिका व्यापार विवादबारे अमेरिका र चीनबीच लामो समय छलफलपछि विश्व समुदायले विवाद अन्त्य गरी दुई ठूला अर्थतन्त्रले सम्झौता गर्ने अपेक्षा गरिएको थियो ।
चिनियाँ कानून र नियम बमोजिम, चीनले ’अविश्वसनीय एकाइ सूची’ खडा गर्ने छ । जसमा बजारको नियमको पालना नगर्ने, सम्झौता विपरीत काम गर्ने, व्यापारिक उद्देश्य बाहेकका अन्य लक्ष्य लिएकाहरूले चिनियाँ कम्पनीमाथि नाकाबन्दी र आपूर्ति विच्छेद गरेर चिनियाँ कम्पनीको आधिकारिक हक अधिकारमा गम्भीर क्षति पुर्याएका विदेशी व्यवसाय, संगठन वा व्यक्तिलाई नै समावेश गराइने चीनले बताएको छ । यसका लागि चीनले आवश्यक ठोस कदम छोटो समयमै सार्वजनिक गर्ने चीनले शुक्रबार नै बताएको थियो । 
“चीनले विचारविमर्श र छलफलमार्फत व्यापार द्वन्द्व र मतभेदको समाधान गर्नुलाई प्राथमिकता दिइरहेको बताउँदै आएको छ । तर अमेरिकाले पेलेर अघि बढ्न खोजेमा चीनले पनि बाध्य भै तदनुरूप कदम चाल्न पछि हट्ने छैन,” चिनियाँ बाणिज्य मन्त्रालयका प्रवक्ताले भने ।

श्वेत पत्रमार्फत अडान व्यक्त 
चीनले “चीन–अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान” सम्बन्धमा श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषद्को प्रेस कार्यालयले आइतबार जारी गरेको श्वेतपत्रमा चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक छलफलमा अमेरिकाले तीन पटक आफ्नो वचन उल्लङ्घन गरेको बताइएको छ । 
चीनले सहयोगको तरिकामार्फत यस सङ्घर्षको समाधान गर्दै पारस्परिक हित तथा साझा फाइदा पाउने इच्छा लिएको छ तर पनि सहयोगको सिद्धान्त छ भने छलफलको पनि आधार छ । महत्वपूर्ण सैद्धान्तिक समस्यामा चीनले दृढताका साथ सहुलियत दिने छैन ।
सो श्वेत–पत्रमा भनिएको छ, “अमेरिकाको भन्सार कर असुलीले आफू र अरू दुवैका लागि क्षति पु¥याएको, चालू वर्षको अप्रिलसम्म चीनबाट अमेरिकालाई निर्यात गरेको परिमाण लगातार पाँच महिनासम्म घट्दै आएको देखिएको तर अमेरिकाले चीनलाई निर्यात गरेको परिमाण लगातार आठ महिनासम्म घटिरहेको देखिन्छ । व्यापार द्वन्द्वबाट अमेरिका फेरि महान भएको छैन ।
आर्थिक व्यापारिक सम्झौता सम्मान र दुवै पक्षको हितको आधारमा हुनुपर्छ भन्ने दाबी पत्रमा उल्लेख छ । 
चीनले भनेको छ, “चीनको मुख्य हितसँग सम्बन्धित महत्वपूर्ण सिद्धान्तबारेमा चीन सम्झौता गर्दैन र दुई पक्षबीच सम्झौताको पूर्वाधार भनेको अमेरिकाले असुलेको सबै भन्सार कर रद्द गर्ने साथै सम्पन्न हुने सम्झौता सन्तुलित हुने र दुवै पक्षको साझा हितअनुकूल हुनुपर्छ भन्ने हो ।”
दुई मुलुकबीच आर्थिक तथा व्यापारिक द्वन्द्व तथा मतभेदको समाधान अन्त्यमा वार्ता र छलफलद्वारा गर्नुभन्दा राम्रो विकल्प नरहेको पनि श्वेत पत्रको निष्कर्ष छ । 
बेइजिङ तथा वाशिङटनले आपसी हितका लागि दुवै पक्षको विजयी व्यापार विवाद अन्त्यका लागि छलफल र दुवैलाई मान्य हुने गरी सन्धि गर्नु नै हो र यसबाट दुई मुलुकको फाइदा र विश्वका विभिन्न मुलुकको अपेक्षा अनूकुल विश्व अर्थतन्त्रमा टेवा पुग्नेमा श्वेत पत्रले जोड दिएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम (05.28.2019)
एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन (05.28.2019)
स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी (04.30.2019)
श्रीलंकामा आतंकवादी हमला २ सय ९० जनाको मृत्यु (04.25.2019)
अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा (04.16.2019)
अमेरिकी नयाँ प्रतिबन्धविरूद्ध उभिने भेनेजुयलाको चेतावनी (04.10.2019)
अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा (04.10.2019)
सीमा बन्द गर्ने ट्रम्पको चेतावनी (04.04.2019)
थाइल्यान्डमा ८० प्रतिशत मतदान (03.28.2019)
राष्ट्रपति ट्रम्पद्वारा भिटो प्रयोग (03.18.2019)
उत्तर कोरिया वार्ता र सहकार्य अघि बढाउन इच्छुक (01.01.2019)
चीनद्वारा क्यानडेली राजदूतसँग सोधपुछ (12.11.2018)
राम मन्दीर निर्माणको माग गर्दै दिल्लीमा प्रदर्शन (12.11.2018)
खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर (11.20.2018)
किमसँगको कुराकानी लाभदायी : पोम्पेओ (10.10.2018)
कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो (10.02.2018)
ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा (09.25.2018)
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो (09.11.2018)
चीनमा ३८ हजार सुँगुर मारियो (09.04.2018)
मुसलमान महिलाद्वारा मोदी ‘राखी’ उपहार (08.28.2018)



 
::| Latest News

 
[Page Top]