युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 07.23.2019, 08:52pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
चीन भन्छ- अमेरिका इरान वार्ता गर
Tuesday, 06.18.2019, 02:35pm (GMT+5.5)

ओमानको सामुद्रिक क्षेत्रमा पेट्रोलियम पदार्थ (तेल) लिएर आफ्नो गन्तव्यतर्फ हिँडिरहेका दुई ट्याङ्करमाथि भएको आक्रमणपछि अमेरिका इरानबीच वार्ताका लागि चीनले आग्रह गरेको छ । बिहीबार ट्याङ्करमाथि भएको आक्रमणमा इरानको सम्लग्नता रहेको अमेरिकाले आरोप लगाएको छ भने इरानले घटनामा आफ्नो सम्लग्नता नरहेको जनाएको छ । तर चीनले घटनाले खाडी क्षेत्रको समस्यालाई चर्काउनसक्ने भन्दै यसप्रति समयमै संयमता अपनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले पत्रकारसँगको नियमित भेटमा शुक्रबार भन्नुभयो, “तेल ट्याङ्करमाथि भएका आक्रमणबारे सम्बन्धित पक्षले आफ्ना मतभिन्नतालाई सही तरिकाबाट समाधान गर्नसक्ने विश्वास चीनको रहेको छ । उनीहरूले द्वन्द्वलाई वार्ता र परामर्शबाट टुङ््याउनु राम्रो हुनेछ ।”
उहाँले भन्नुभयो, “यो खाडी क्षेत्रका मुलुकहरूको चासोको बिषय हो र घटना विश्व समुदायको चासोको पनि बिषय हो ।” विष्फोटबाट क्षति भएका दुईमध्ये एक नर्वेली र एक जापानी कम्पनीको तेल ट्याङकर रहेका र उनीहरूले खाडी क्षेत्रबाट तेल लिएर आ–आफ्नो देशतर्फ गएको हुनसक्ने विश्वास गरिएको छ । यद्यपि यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले घटनामा इरानको सम्लग्नता भएको बलियो आधारहरू रहेका भन्दै वासिङ्टन आफ्ना सहयोगी मुलुकहरूको सुरक्षाका लागि प्रतिवद्ध रहेको दावी गर्नुभएको छ ।
इरानको विदेशमन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत् आरोपको खण्डन गरेको छ । तेहरानले आरोप पूर्णरूपमा ‘आधारहीन’ रहेको इरानको दावी छ । तेल प्रयोगका हिसाबले विश्वका प्रमुख आठ ठूला मुलुकमध्ये चीनले गत बर्ष इरानमाथि अमेरिकी प्रतिबन्धपछि पनि तत्कालका लागि तेल आयात गर्नसक्ने बताएको थियो । तर उक्त छुटको प्रावधान मे महिनामा अन्त्य भएको अमेरिकाले घोषणा गरेको थियो । 
चिनियाँ राष्ट्रपति सी चिनफिङले किर्गिजिस्तानको बिस्केकमा भएको इरानी समकक्षी हसन रौहानीसँगको भेटमा इरानी आणविक सम्झौताको समर्थनमा चीनको पूर्ण सहयोग रहने बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू (06.05.2019)
एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन (05.28.2019)
शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम (05.28.2019)
स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी (04.30.2019)
श्रीलंकामा आतंकवादी हमला २ सय ९० जनाको मृत्यु (04.25.2019)
अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा (04.16.2019)
अमेरिकी नयाँ प्रतिबन्धविरूद्ध उभिने भेनेजुयलाको चेतावनी (04.10.2019)
अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा (04.10.2019)
सीमा बन्द गर्ने ट्रम्पको चेतावनी (04.04.2019)
थाइल्यान्डमा ८० प्रतिशत मतदान (03.28.2019)
राष्ट्रपति ट्रम्पद्वारा भिटो प्रयोग (03.18.2019)
उत्तर कोरिया वार्ता र सहकार्य अघि बढाउन इच्छुक (01.01.2019)
चीनद्वारा क्यानडेली राजदूतसँग सोधपुछ (12.11.2018)
राम मन्दीर निर्माणको माग गर्दै दिल्लीमा प्रदर्शन (12.11.2018)
खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर (11.20.2018)
किमसँगको कुराकानी लाभदायी : पोम्पेओ (10.10.2018)
कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो (10.02.2018)
ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा (09.25.2018)
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो (09.11.2018)
चीनमा ३८ हजार सुँगुर मारियो (09.04.2018)



 
::| Latest News

 
[Page Top]