युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.23.2019, 11:19pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
महिला सांसदले राष्ट्रसँग माफी माग्नुपर्छ- ट्रम्प
Monday, 07.22.2019, 05:30pm (GMT+5.5)

डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी कङ्ग्रेस (संसद्)मा प्रतिनिधित्व गर्ने चार जना सांसदले उनीहरूले व्यक्त गरेका ‘घृणाजन्य कुरा’लाई लिएर अमेरिकासँग क्षमा माग्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।
आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “मेरो विचारमा ती चार सांसदले अमेरिकी राष्ट्रियतालाई सम्मान गर्न सकेका छैनन् ।” 
ट्रम्पको डेमोक्रेटिक पार्टीका सांसदहरू, अलेक्जेड्रिया ओकासियो–कोर्टेज, रसिदा त्लाइब, इल्हान ओमार र आयन्ना प्रेस्लीतर्फ सङ्केत गर्दै उनीहरू जहाँबाट आएका हुन् त्यतै फर्किनु उचित भएको भन्ने भनाइलाई थप सान्दर्भिक तुल्याउन पुनः नयाँ अभिव्यक्ति दिनुभएको हो ।
उहाँले भन्नुभयो, “उनीहरूले डेमोक्रेटिक पार्टीलाई विनास गर्दैछन् । तर समृद्ध अमेरिकालाई विनास गर्न उनीहरूको कुनै सामथ्र्य रहने छैन । उनीहरू कमजोर र असुरक्षित छन् ।”
वामपन्थी विचारको पक्षधर अमेरिकी अल्पसङ्ख्यक ती सांसदहरूको भनाइप्रति आक्रोश व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले उनीहरू जहाँबाट आएका हुन् त्यही जान भन्नुभएको एक हप्ता पछि पुनः अर्को अभिव्यक्ति आएको हो । 
हिस्पानिक, अरबी, सोमानियाली, र अफ्रिकी मुलका सांसदमध्ये तीन अमेरिकामा नै जन्मेहुर्केका अमेरिकी नागरिक हुन् । ओमारसहितका ती सांसदलाई ट्रम्पले अमेरिकालाई दुष्टहरूको शक्ति देख्ने वामपन्थी विचारका प्रशंसक भएको भनी दिएको अभिव्यक्तिले ट्रम्पका हजारौँ समर्थक तथा सहयोगीलाई हौसला प्रदान गरेको थियो । उनीहरूले अमेरिकी रिपब्लिकनको प्रभाव क्षेत्र मानिने कतिपय ठाउँमा प्रदर्शनसमेत गरेका थिए ।
तर अमेरिकी राष्ट्रपतिको उक्त भनाइप्रति अमेरिकी डेमोक्रेट्स नेतासँगै बेलायती प्रधानमन्त्री टरिजा मे, जर्मन चान्सलर एन्जेला मर्केलसहितका केही युरोपेली नेताहरूले समेत आलोचना गरेका थिए । 

तातो हावाका कारण छ जनाको मृत्यु 
अमेरिकामा तातो हावाका कारण छ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । तीमध्ये चार जनाको पूर्वीराज्य मेरील्याण्डमा, एक जनाको पश्चिमी राज्य एरिजोनामा र अर्का एक जनाको मध्य क्षेत्रको राज्य अर्कान्सासमा भएको हो । 
अमेरिकी फुटबल खेलाडी ३२ वर्षीय मिच पेट्रुसको बिहीबार बेलुका आफ्नो पसलबाट बाहिर निस्केको बेलामा मृत्यु भएको बताइएको छ ।
स्थानीय अधिकारीका अनुसार एरिजोनामा एक जना प्राविधिकको पनि बिहीबार नै मृत्यु भएको छ । 
बढ्दै गएको तापक्रम शनिबार ३८ डिग्री सेल्सीयससम्म पुगेको र यो अत्यधिक धेरै मानिएको छ । अत्यधिक गर्मीका कारण कतिपय कार्यक्रम स्थगित भएका छन् ।


बेलायती तेल ट्याङ्कर चालक दलका सदस्य सुरक्षित र स्वस्थ
इरानद्वारा कब्जामा लिइएको बेलायती तेल ट्याङ्करका सबै चालक दलका सदस्यहरू सुरक्षित र स्वस्थ रहेको इरानी अधिकारीलाई उद्धृत गरी यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । तेल ट्याङ्कर ‘स्टेना इम्पेरो’मा भएका सबै २३ जना चालक दलका सदस्य ‘सुरक्षित र स्वस्थ’ रहेको इरानी बन्दगाह तथा सामुद्रिक सङ्गठनका प्रमुखले बताउनुभएको उक्त टेलिभिजनले जनाएको छ ।
उक्त ट्याङ्करमा २३ चालक दलका सदस्य रहेका छन् । उनीहरूमध्ये १८ जना भारतीय नागरिक रहेको नयाँ दिल्लीले जनाएको छ ।  बन्दर अब्वास बन्दरगाहबाट कब्जामा लिइएको ट्याङ्करमा १८ जना भारतीय नागरिकले काम गर्थे र उनीहरूलाई ट्याङ्करसँगै नियन्त्रणमा लिइएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले बताउनुभयो ।
इरानी अधिकारीका अनुसार बेलायती ध्वजावाहक ट्याङ्करले माछामार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुङ्गालाई ठक्कर दिएको र ‘अन्तर्राष्ट्रिय सामुद्रिक नियम’ को उल्लङ्घन गरेको आरोपमा ट्याङ्करलाई कब्जामा लिइएको बताइएको छ । इरानी सामुद्रिक इलाका हर्मुजको घाँटीबाट इरानी रिभोलुसनरी गार्डका सिपाहीले उक्त तेल ट्याङ्करलाई नियन्त्रणमा लिएका थिए । 
उता बेलायतले ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने ट्याङ्कर (पानीजहाज) तत्काल छाड्न बेलायतले इरान समक्ष आग्रह गरेको छ । बेलायतले इरानको सो कार्य गैरकानुनी रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ । 
नियन्त्रणमा लिइएको उक्त ट्याङ्कर अबिलम्ब छाड्न बेलायत समेत युरोपेली अरु मुलुकले इरान समक्ष निरन्तर आग्रह गरिरहेका छन् । उक्त जहाजका १८ जना चालक भारतीय रहेकाले भारतले समेत जहाजमा कार्यरत भारतीयलाई मुक्त गर्न आग्रह गरेको छ । 
इरानको क्रान्तिकारी गार्डले अन्तरराष्ट्रिय जलमार्गको नियम उल्लंघन गरेको भन्दै गत शुक्रबार स्टेना इम्पेरा जहाजलाई हर्मुज घाँटीबाट नियन्त्रणमा लिएको थियो । स्ट्रेट अफ हर्मुज भनिने यस जलक्षेत्रको मार्ग हुँदै विश्वको झण्डै एक तिहाई इन्धन आदानप्रदान हुने गर्दछ ।
करिब एक महिनाअघि इरानी तेल ट्याङ्कर बेलायती सेनाको सहयोगमा जिब्राल्टरमा नियन्त्रण गरिएको थियो । इरानले पटक पटक अनुरोध गरेपनि उक्त जहाज बेलायतले इरानलाई फिर्ता गरेको छैन । बेलायतको उक्त कदमको विरोध गर्दै इरानी सरकार र सेनाले हर्मुजको जलक्षेत्रमा बेलायती जहाज आए नियन्त्रणमा लिइने धम्की दिइरहेको थियो । 
बेलायती ध्वजावाहक ट्याँकरले माछा मार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुङ्गालाई ठक्कर दिएको र ‘अन्तरराष्ट्रिय सामुद्रिक नियम’को उल्लङ्घन गरेको आरोप इरानको छ । आणविक सम्झौताबाट अमेरिका फिर्ता भएपछि इरानमाथि अमेरिकाले गरेको आर्थिक प्रतिबन्धको घोषणाका कारण अमेरिका र इरानबीच देखिएको तनाव बढिरहेका समय पछिल्ला केही हप्ता इरानले आफूमाथिको प्रतिबन्धको प्रतिवाद गर्ने नाममा इरानी क्षेत्र भए पार हुने जहाजमाथिको निगरानीलाई कडा बनाएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
चीन भन्छ- अमेरिका इरान वार्ता गर (06.18.2019)
चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू (06.05.2019)
एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन (05.28.2019)
शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम (05.28.2019)
स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी (04.30.2019)
श्रीलंकामा आतंकवादी हमला २ सय ९० जनाको मृत्यु (04.25.2019)
अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा (04.16.2019)
अमेरिकी नयाँ प्रतिबन्धविरूद्ध उभिने भेनेजुयलाको चेतावनी (04.10.2019)
अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा (04.10.2019)
सीमा बन्द गर्ने ट्रम्पको चेतावनी (04.04.2019)
थाइल्यान्डमा ८० प्रतिशत मतदान (03.28.2019)
राष्ट्रपति ट्रम्पद्वारा भिटो प्रयोग (03.18.2019)
उत्तर कोरिया वार्ता र सहकार्य अघि बढाउन इच्छुक (01.01.2019)
चीनद्वारा क्यानडेली राजदूतसँग सोधपुछ (12.11.2018)
राम मन्दीर निर्माणको माग गर्दै दिल्लीमा प्रदर्शन (12.11.2018)
खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर (11.20.2018)
किमसँगको कुराकानी लाभदायी : पोम्पेओ (10.10.2018)
कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो (10.02.2018)
ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा (09.25.2018)
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो (09.11.2018)



 
::| Latest News

 
[Page Top]