युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 04:53pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
अफगानिस्तानमा सुरु भो निर्वाचनको चहलपहल
Tuesday, 07.30.2019, 12:08pm (GMT+5.5)

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा आउँदो सेप्टेम्बरको अन्त्यतिर हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रपति मोहम्मद असरफ घानीले आइतबारदेखि प्रचारप्रसार अभियान सुरु गर्नुभएको छ ।युद्धग्रस्त देश अफगानिस्तानमा घानीले फेरि राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नु भएको हो ।  
राष्ट्रपति निर्वाचनका लागि घानीसहित कूल १८ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन् ।   आइतबारदेखि सुरु भएको प्रचार प्रसार अभियान झण्डै दुई महिना चलेर सेप्टेम्बर २५ तारिखका दिन अन्त्य हुनेछ । 
निर्वाचन आयोगले एक वक्तव्य जारी गरेर मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिसम्म मात्रै प्रचारप्रसार गर्न पाइने जनाएको छ । 
घानीले मुख्य प्रतिस्पर्धा अफगान गुप्तचर निकायका पूर्वप्रमुख रहमातुल्लाह नबिलसँग गर्नु पर्ने देखिएको छ । नबिल पनि राष्ट्रपति पदका लागि सशक्त उम्मेदबार हुनुहुन्छ । 
निर्वाचनमा बहालवाला राष्ट्रपति घानीले सरकारी स्रोत साधनको दुरुप्रयोग गर्ने विषयलाई पनि ध्यान दिएर हेरिएको समाचारमा जनाइएको छ । 
अफगानिस्तानमा राष्ट्रपति चयनका लागि आउँदो सेप्टेम्बर २८ तारिखका दिन मतदान हुने तय भइसकेको छ । 
यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानीले उच्चस्तरीय शान्ति परिषद्को सचिवालय विघटन गरिदिनु भएको छ । तालिबान विद्रोहीसँग वार्ता गर्नका लागि सन् २०१० मा तत्कालिन राष्ट्रपति हमिद् कारजाईले बनाउनु भएको सो सचिवालयलाई घानीले शनिबार विघटन गर्नुभएको हो । 
अफगानी राष्ट्रपतिका प्रवक्ता सेदिक सेदिकीले परिषद्को काम नव गठित शान्ति मामिला मन्त्रालयले गर्ने भएकाले परिषद्को आवश्यकता नदेखिएको पत्रकारहरुलाई जानकारी दिनुभयो । सरकारी निकायका रुपमा परिषद्ले विद्रोही तालिवान तथा अरु आतङ्कवादी समूहरुलाई पुनर्मिलन र मेलमिलापका लागि पहल गर्दै आइरहेको थियो । 
परिषद्मार्फत् राष्ट्रिय र अन्तरराष्ट्रिय तहका वार्ता तथा छलफल गर्नका लागि ७४ जनाले काम गरेका थिए । झण्डै २० वर्षदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा विभिन्न विद्रोही तथा आतङ्कवादी समूह सक्रिय रहेका छन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
महिला सांसदले राष्ट्रसँग माफी माग्नुपर्छ- ट्रम्प (07.22.2019)
चीन भन्छ- अमेरिका इरान वार्ता गर (06.18.2019)
चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू (06.05.2019)
शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम (05.28.2019)
एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन (05.28.2019)
स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी (04.30.2019)
श्रीलंकामा आतंकवादी हमला २ सय ९० जनाको मृत्यु (04.25.2019)
अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा (04.16.2019)
अमेरिकी नयाँ प्रतिबन्धविरूद्ध उभिने भेनेजुयलाको चेतावनी (04.10.2019)
अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा (04.10.2019)
सीमा बन्द गर्ने ट्रम्पको चेतावनी (04.04.2019)
थाइल्यान्डमा ८० प्रतिशत मतदान (03.28.2019)
राष्ट्रपति ट्रम्पद्वारा भिटो प्रयोग (03.18.2019)
उत्तर कोरिया वार्ता र सहकार्य अघि बढाउन इच्छुक (01.01.2019)
चीनद्वारा क्यानडेली राजदूतसँग सोधपुछ (12.11.2018)
राम मन्दीर निर्माणको माग गर्दै दिल्लीमा प्रदर्शन (12.11.2018)
खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर (11.20.2018)
किमसँगको कुराकानी लाभदायी : पोम्पेओ (10.10.2018)
कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो (10.02.2018)
ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा (09.25.2018)



 
::| Latest News

 
[Page Top]