युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 12.14.2019, 05:52am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
भारतले थप्यो काश्मिरमा १० हजार सैनिक, स्थानीय त्रसित
Tuesday, 07.30.2019, 12:10pm (GMT+5.5)

गत साताको अन्त्यमा भारत प्रशासित काश्मिरमा १० हजार भारतीय सैनिक तैनाथ गरिएपछि स्थानीय त्रसित बनेको काश्मिरबाट एएफपीलाई प्राप्त सूचनाहरूमा जनाइएको छ । यद्यपि भारतीय अधिकारीले उक्त कदम नियमित तालिकाअनुसार भएको जनाइएको छ । भारतले मुसलमान समुदायको बहुमत भएको उक्त हिमाली क्षेत्रमा सन् १९४७ मा भारत र पाकिस्तानबीच भएको विभाजित बनेपछि उक्त क्षेत्रमा करीब पाँच लाख सैनिकलाई सुरक्षार्थ खटाएको छ ।
काश्मिर क्षेत्रमा पछिल्ला वर्षहरूमा विद्रोहीहरूका गतिविधि बढेको भारतीय बुझाइ छ भने भारतको सर्वोच्च अदालतले गत वर्ष काश्मिरसम्बन्धी एउटा मुद्दामा सुनुवाई शुरू गरेपछि स्थानीयहरूमा उनीहरूमा निहित विशेषाधिकार गुम्नसक्ने त्रास बढेको बताइएको छ ।
अधिकारीले भनेका छन्, “सैनिक दस्ताको तैनाथी गत वर्षदेखि निर्वाचनका लागि खटिएका सैनिक अधिकारीलाई आराम दिन र वार्षिक रूपमा हुने हिन्दू तीर्थयात्रीको सुरक्षाका लागि भएको हो ।” उक्त स्थानमा २० हजार सैनिक तैनाथ गर्ने योजना सरकारको रहेको बताइएको छ । 
“सैनिकहरूले लगातार सात महिनादेखि उक्त क्षेत्रमा निरन्तर काम गरिरहेका, केही बिदामा घरमा जान चाहेका र केहीलाई तालीममा खटाइएकाले सीमा क्षेत्रमा सुरक्षाको प्रत्याभूत गराइराख्न १० हजार सैनिक अधिकारी तैनाथ गरिएको हो,” प्रहरी महानिर्देशक दिलबाग सिंहले बताउनुभयो । 
“नियमित सेवाका लागि उक्त स्थानबाट २०० कम्पनी (२० हजार सैनिक) माग भएकाले थप केही जाने तयारी रहेको छ ।”
तर एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भन्नुभयोे, “यस क्षेत्रमा सम्भावित विरोध तथा आन्दोलनका कार्यक्रम हुनसक्ने सूचनाका आधारमा थप सैनिकको तैनाथ गरिएको हो ।” तर उहाँले यसबारेमा बिस्तृत विवरण दिनुभएन । 

एप्पलमाथि राष्ट्रपति ट्रम्पको कडाई
अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्यूटर’ को उत्पादन अमेरिकामै नगरे एप्पलको उक्त उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिनुभएको छ । 
राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत जारी सन्देशमा भनिएको छ, “यदि एप्पलले चीनमा बनाएका ‘म्याक प्रो’ को सामानमा छुट मागेमा उसमाथि लाग्ने सेवा शुल्कमा कुनै छुट दिइने छैन । त्यो छुट र सेवा पाउनका लागि एप्पलका लागि प्रयोग गरिने सामानको उत्पादन अमेरिकामै हुनुपर्छ ।”
अमेरिकी राष्ट्रपतिले एप्पललाई म्याक प्रोको पार्ट्स चीनमा बनाएमा आयातमा कुनै पनि छुट नदिइने र नमाने परिणाम आयातमा बन्देज लगाउने चेतावनी दिनुभएको हो ।
चीन र अमेरिकाबीच गत वर्षदेखि चलेको व्यापार विवादका कारण कतिपय बहुराष्ट्रिय कम्पनीको कारोबारमा समस्या हुने गरेको छ ।
तर गत महिना जापानमा अमेरिकी राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङबीच वार्तापछि व्यापार विवादलाई अन्त्य गर्न यसअघि जारी रहेको चिनियाँ तथा अमेरिकी प्रतिनिधिमण्डलको वार्तालाई निरन्तरता दिने सहमति भएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
अफगानिस्तानमा सुरु भो निर्वाचनको चहलपहल (07.30.2019)
महिला सांसदले राष्ट्रसँग माफी माग्नुपर्छ- ट्रम्प (07.22.2019)
चीन भन्छ- अमेरिका इरान वार्ता गर (06.18.2019)
चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू (06.05.2019)
शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम (05.28.2019)
एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन (05.28.2019)
स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी (04.30.2019)
श्रीलंकामा आतंकवादी हमला २ सय ९० जनाको मृत्यु (04.25.2019)
अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा (04.16.2019)
अमेरिकी नयाँ प्रतिबन्धविरूद्ध उभिने भेनेजुयलाको चेतावनी (04.10.2019)
अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा (04.10.2019)
सीमा बन्द गर्ने ट्रम्पको चेतावनी (04.04.2019)
थाइल्यान्डमा ८० प्रतिशत मतदान (03.28.2019)
राष्ट्रपति ट्रम्पद्वारा भिटो प्रयोग (03.18.2019)
उत्तर कोरिया वार्ता र सहकार्य अघि बढाउन इच्छुक (01.01.2019)
चीनद्वारा क्यानडेली राजदूतसँग सोधपुछ (12.11.2018)
राम मन्दीर निर्माणको माग गर्दै दिल्लीमा प्रदर्शन (12.11.2018)
खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर (11.20.2018)
किमसँगको कुराकानी लाभदायी : पोम्पेओ (10.10.2018)
कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो (10.02.2018)



 
::| Latest News

 
[Page Top]