युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 07:05pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
चिकित्सकको घरमा दुई हजार मानव भ्रुणका अवशेष
Tuesday, 09.17.2019, 11:56am (GMT+5.5)

अमेरिकाको इन्डियाना राज्यका पूर्व चिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीहरुले बताएका छन् । गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रुणलाई औषधिको प्रयोग गरी सुरक्षित राखेको पाइएको छ । डा उल्रीच क्लोपफर नाम गरेका ती चिकित्सकको गत साता निधन भएको प्रहरीले जनाएको छ ।
विल काउन्टी शेरिफ कार्यालयले शुक्रबार अबेर एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा डा क्लोपफर संलग्न रहेको जनाएको छ । डा उल्रीचको परिवारले भ्रुणका बारेमा प्रहरीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।
प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धानमा दुई हजार २४६ वटा सुरक्षित भ्रुण भेटिएको जनाएको छ । तर मेडिकल प्रक्रिया पूरा गरे वा नगरेको भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाई छ । प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।
डा क्लोपफरको गत सेप्टेम्बर ३ मा मृत्यु भएको थियो । इन्डियानाको साउथ बेन्डमा लामो समयदेखि उनले गर्भपतन सम्बन्धी सेवा प्रदान गरिरहेका थिए । तर सन् २०१५ देखि इन्डियाना राज्यले डा क्लोपफरको क्लिनिकलाई दिएको लाइसेन्स रद्द गरी यो सेवा बन्द गरेको थियो । इन्डियाना राज्यको स्वास्थ्य सेवा विभागले क्लिनिकले सञ्चालन प्रक्रियामा लापरवाही गरेको भन्दै सचेत गराएको थियो ।
स्वास्थ्य सेवा विभागले उक्त क्लिनिकले खासगरी बिरामीको नाम राम्रोसँग नलेख्ने तथा मेडिकल गर्भपतनका नीतिहरु अनुशरण नगर्ने जनाएको थियो । गर्भपतनका बारेमा कम्तीमा १८ घण्टा अघि जनचेतनामूलक तालीम आयोजना गर्नुपर्ने सरकारी नियमलाई समेत उक्त क्लिनिकले बेवास्ता गरेको विभागको भनाई छ । तालीम लिएको विषयलाई राम्रोसँग दस्तावेजीकरण नगरेको र लापरवाही गरेको थियो ।
क्लोपफर इन्डियाना राज्यकै चर्चित गर्भपतन चिकित्सक मानिन्थे । साउथ बेन्ड ट्रिब्युन अखबारका अनुसार धेरै दशकदेखि इन्डियाना काउन्टीका धेरै ठाउँमा उनले हजारौंलाई सेवा दिएका थिए । इन्डियानाका जीवनको अधिकार भन्ने संस्थाका अध्यक्ष माइक फिच्टरले एक वक्तव्य प्रकाशन गरी भन्नुभएको छ, “डा क्लोपफरको इलिनोइज क्लिनिकमा हजारौं भ्रुणको अवेशष पाइएको खबरले हामीलाई त्रसित बनाएको छ ।” उहाँले यी भ्रुणसँग इन्डियाना राज्यमा गरिएका गर्भपतनको कुनै सम्बन्ध रहे नरहेको खोजी गर्नुपर्ने बताउनुभयो ।
फिच्टरले गर्भपतनले अमेरिकामा उद्योगको रुप लिएकाले यसलाई गम्भीर छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । यस घटनाका बारेमा इन्डियाना राज्यका गभर्नर एरिक होल्कोम्बको प्रतिक्रिया लिन खोजिए पनि सम्भव भएन ।
गर्भपतनसम्बन्धी सरकारी नियमहरुको पूर्णपालना नगरेको, कर्मचारी नराखेको तथा गर्भपतन अघि–पछि सेवा नदिएको भन्दै सन् २०१६ को नोभेम्बरमा इन्डियानाको मेडिकल लाइसेन्सिङ बोर्डले क्लोपफरको लाइसेन्स (अनुमति पत्र) निलम्बन गरेको थियो । 
डा क्लोपफरले त्यसयता गर्भपतन सेवा बन्द गरेका थिए, तर उनले बोर्ड समक्ष आफ्नो ४३ वर्षको सेवा अवधिमा एक जना बिरामीको पनि ज्यान नगएको बताएका थिए । इन्डियाना राज्यमा रिपब्लिकन पार्टीकी सांसद ज्याकी वालोस्र्कीले पछिल्लो घटनाको पटाक्षेपले आफूलाई अत्यन्त दुःखित बनाएको बताउनुभएको छ । 
गत मे महीनामा अमेरिकी सर्वोच्च अदालतले गर्भपतन सम्बन्धी इन्डियाना राज्यको कानुनलाई सदर गरेको थियो जसमा गर्भपात गरिएको भ्रुणका अवशेष सङग्रह गर्न नपाइने र त्यसलाई विसर्जन गर्नुपर्ने व्यवस्था छ । उक्त कानुनमा सन् २०१६ मा उपराष्ट्रपति माइक पेन्सले हस्ताक्षर गर्नुभएको थियो । त्यस बखत उहाँ इन्डियाना राज्यका गभर्नर हुनुहुन्थ्यो । तर यस विरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो ।

साउदी तेल उत्पादनमा आधा कटौती
यमनका हुथी विद्रोहीहरुले गरेको ड्रोन आक्रमणबाट साउदी अरेबियाको तेल उत्पादन कारखानामा ठूलो क्षति पुगेको साउदी सरकारले जनाएको छ । आक्रमणका कारण विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको छ । ड्रोन आक्रमणबाट साउदी तेल कारखानामा ठूलो आगलागी भएको थियो, यद्यपि आगो नियन्त्रणमा ल्याइएको साउदी सरकारले जनाएको छ ।
केही महीनादेखि साउदी अरेबियाका तेलकुवा र कारखानाहरुमा हुथी विद्रोहीहरुले मानव रहित विमान (ड्रोन) बाट आक्रमण तीव्र बनाएका छन् । साउदी गठबन्धनले यमनका हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गरेको भन्दै प्रतिशोधस्वरुप हुथी विद्रोहीहरुले साउदी पूर्वाधारमा आक्रमण गरिरहेका छन् ।
साउदी अरेबियाका ऊर्जा मन्त्री अब्दुलाजिज बिन सल्मानले अब्काक तेल प्रशोधन केन्द्र र खुराइस तेल कुवामा क्षति पुगेका कारण दुबैबाट तेल उत्पादन अस्थायी रुपमा रोकिएको बताउनुभयो । मन्त्री अब्दुलाजिजले जारी गर्नुभएको विज्ञप्तिमा दुबै ठाउँको आगो नियन्त्रणमा आइसकेको उल्लेख छ । 
मन्त्री अब्दुलाजिजको वक्तव्यमा करीब ५७ लाख ब्यारेल कच्चातेलको आपूर्ति कटौती भएको उल्लेख छ । तेल उत्पादन र आपूर्तिमा प्रभाव पर्ने वा नपर्ने विषयमा साउदी अरेबियाको मुख्य तेल कम्पनी साउदी आराम्कोले विश्लेषण गरिरहेको छ । 
इरान समर्थित हुथी विद्रोहीहरुले ड्रोन आक्रमणको जिम्मेवारी लिएका छन् । हुथी विद्रोहीहरुले हाल यमनको राजधानी सानासहित अधिकाँश क्षेत्रमा नियन्त्रण कायम गरेका छन् । साउदी अरेबियाले सन् २०१५ देखि नै यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई समर्थन गर्दै हुथी विद्रोही विरुद्ध हवाई आक्रमण गरिरहेको छ । यस आक्रमणबाट यमनमा ठूलो जनधनको क्षति हुनुका साथै मानवीय सङकट उत्पन्न भएको छ । 
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने साउदी अरेबियामा भएको ड्रोन आक्रमण हुथी विद्रोहीले नभइ इरानले गरेको दाबी गर्नुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ, “यो आक्रमण यमनबाट भएको कुनै प्रमाण भेटिएको छैन ।”
हुथी विद्रोहीका सैनिक प्रवक्ता याहिया सरीयाले साउदी अरेबियामा १० वटा ड्रोन आक्रमण गरिएको र त्यसका लागि सैनिक गुप्तचर सूचना साउदी अरेबियाबाटै प्राप्त गरेको दाबी गर्नुभएको छ । उहाँले परिस्थितिमा सुधार ल्याउन साउदी सरकारले यमनमा जारी राखेको हवाई हमला तत्काल बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अमेरिका–तालिबान वार्ता सङ्कटमा, ट्रम्प भन्नुहुन्छ, “क्याम्प डेभिड गोप्य बैठक रद्द” (09.10.2019)
काश्मिर : स्वतन्त्रता दिवस हुँदै राष्ट्रसङ्घीय सुरक्षा परिषद्सम्म (08.20.2019)
भारतले थप्यो काश्मिरमा १० हजार सैनिक, स्थानीय त्रसित (07.30.2019)
अफगानिस्तानमा सुरु भो निर्वाचनको चहलपहल (07.30.2019)
महिला सांसदले राष्ट्रसँग माफी माग्नुपर्छ- ट्रम्प (07.22.2019)
चीन भन्छ- अमेरिका इरान वार्ता गर (06.18.2019)
चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू (06.05.2019)
शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम (05.28.2019)
एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन (05.28.2019)
स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी (04.30.2019)
श्रीलंकामा आतंकवादी हमला २ सय ९० जनाको मृत्यु (04.25.2019)
अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा (04.16.2019)
अमेरिकी नयाँ प्रतिबन्धविरूद्ध उभिने भेनेजुयलाको चेतावनी (04.10.2019)
अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा (04.10.2019)
सीमा बन्द गर्ने ट्रम्पको चेतावनी (04.04.2019)
थाइल्यान्डमा ८० प्रतिशत मतदान (03.28.2019)
राष्ट्रपति ट्रम्पद्वारा भिटो प्रयोग (03.18.2019)
उत्तर कोरिया वार्ता र सहकार्य अघि बढाउन इच्छुक (01.01.2019)
चीनद्वारा क्यानडेली राजदूतसँग सोधपुछ (12.11.2018)
राम मन्दीर निर्माणको माग गर्दै दिल्लीमा प्रदर्शन (12.11.2018)



 
::| Latest News

 
[Page Top]