युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.10.2019, 12:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
बेहुलीले जन्ती लिएर बेहुलाकोमा गएपछि
Wednesday, 09.25.2019, 03:36pm (GMT+5.5)

विवाहमा बेहुलाले बेहुली पक्षले तोकेको स्थानमाा जन्ती लिएर विवाह गर्न जाने चलन छ । तर बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौती दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सञ्जालमा जताततै छाएका (भाइरल)  छन् ।
यसले परम्पराको नाममा हुने महिला अधिकार हनन्का विषयमा बहस तीव्र बनाइ दिएको छ ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार खाजिदा अख्तर खुशीले सयौँ जन्ती लिएर बेहुला तारिकुल इस्लामको घरमा पुग्नुभएको थियो । शनिबार सम्पन्न विवाह बङ्गलादेशको पश्चिमी ग्रामीण जिल्ला मेहरपुरमा भएको हो ।
मुसलमान परम्परा अन्य परम्पराका तुलनामा बढी कट्टर मानिने भए पनि एशियाली यस मुलुकमा भएको विवाह उत्सवले सामाजिक सञ्जालमार्फत विश्वभर चर्चा पाएको छ । खुशीले जन्ती लिएर बेहुलाकहाँ गएको घटनाले विश्वभर स्थापित मान्यतालाई उल्टाएको छ ।
“हो, परम्परागतरूपमा यो असमान्य हो । तर, अन्य दिदीबहिनीले पनि यसलाई व्यवहारमा ल्याउने साहस गरून् भन्ने ध्येयका साथ मैले नयाँ चलनको शुरूआत गरेँ,” खुशीले एएफपीसँगको कुराकानीमा आइतबार बताउनुभयो ।
विवाहका लागि बेहुला रहेका इस्लामका अनुसार उनीहरूको यो प्रयोगलाई परिवार र साथीहरूको साथ भएको थियो ।
इस्लामले भन्नुभयो, “महिला पुरूषबीचको समान अधिकारका लागि लैङ्गिक विभेद्लाई अन्त्य गर्ने उद्देश्यका साथ हामीले नयाँ प्रचलनलाई व्यवहारमा ल्यायौँ । यसलाई हाम्रो परिवार र समाजले स्वीकार ग¥यो ।” 
म विश्वस्त छु एक पुरुषले जे गर्नसक्छ त्यो महिलाले पनि गर्न सक्छिन् भन्ने एउटा नयाँ सन्देश हाम्रो विवाहले दिएको छ ।
विवाहपछि उनीहरूको विवाहको फोटो तथा भिडियोहरू अनलाइन तथा सामाजिक सञ्जालमा छाएको छ । यसले सामाजिक सञ्जालमा विवाहको नयाँ अभ्यासबारे तातो बहस शुरू भएको छ ।
विवाह परम्परावादी मूल्यमान्यता दरोसँग गाँजिएको बहुसङ्ख्यक मुसलमान रहेको १६ करोड ८० लाख जनसङ्ख्या रहेको मुलुक बङ्गलादेशका सञ्चारमाध्यमको मुख्य समाचार बनेको छ । 
बङ्गाली दैनिक प्रोथम आलोको वेबसाइटमा लेखक सद्दाक हसनले विवाहबारे लेख्नुहुन्छ, “पक्कै पनि यो हाम्रो संस्कार र संस्कृतिमा ठूलो समाचार हो ।” अन्य लेखक तथा पत्रपत्रिकाले पनि घटनालाई एक फरक अभ्यासका रूपमा उल्लेख गरेका छन् ।
कतिपय पत्रपत्रिकाले त यसलाई विशेष महत्वका साथ छापेका छन् । केही किशोरहरूले बेहुली खुशीको प्रशंसा गर्दै भनेका छन्, “उहाँ साहसी महिला हुनुहुन्छ । म उहाँजस्ता महिलालाई विवाह गर्न चाहन्छु ।”
यसैगरी केहीले भने उक्त घटनालाई व्यापक आलोचना गर्दै यसले नव जोडी तथा उहाँको परिवारमा नराम्रो प्रभाव छाड्ने बताएका छन् । “त्यो परिवारलाई सजाय दिनुपर्छ,” मोहम्मद अबुल हस्नतले च्यानल २४ को वेबसाइटमा लेख्नुभएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
इरानले ग¥यो खाडी क्षेत्रको सुरक्षाको दावी (09.25.2019)
चिकित्सकको घरमा दुई हजार मानव भ्रुणका अवशेष (09.17.2019)
अमेरिका–तालिबान वार्ता सङ्कटमा, ट्रम्प भन्नुहुन्छ, “क्याम्प डेभिड गोप्य बैठक रद्द” (09.10.2019)
काश्मिर : स्वतन्त्रता दिवस हुँदै राष्ट्रसङ्घीय सुरक्षा परिषद्सम्म (08.20.2019)
भारतले थप्यो काश्मिरमा १० हजार सैनिक, स्थानीय त्रसित (07.30.2019)
अफगानिस्तानमा सुरु भो निर्वाचनको चहलपहल (07.30.2019)
महिला सांसदले राष्ट्रसँग माफी माग्नुपर्छ- ट्रम्प (07.22.2019)
चीन भन्छ- अमेरिका इरान वार्ता गर (06.18.2019)
चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू (06.05.2019)
शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम (05.28.2019)
एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन (05.28.2019)
स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी (04.30.2019)
श्रीलंकामा आतंकवादी हमला २ सय ९० जनाको मृत्यु (04.25.2019)
अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा (04.16.2019)
अमेरिकी नयाँ प्रतिबन्धविरूद्ध उभिने भेनेजुयलाको चेतावनी (04.10.2019)
अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा (04.10.2019)
सीमा बन्द गर्ने ट्रम्पको चेतावनी (04.04.2019)
थाइल्यान्डमा ८० प्रतिशत मतदान (03.28.2019)
राष्ट्रपति ट्रम्पद्वारा भिटो प्रयोग (03.18.2019)
उत्तर कोरिया वार्ता र सहकार्य अघि बढाउन इच्छुक (01.01.2019)



 
::| Latest News

 
[Page Top]