युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.13.2019, 04:13pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
आईएसका आफन्त भागेपछि फ्रान्सद्वारा चासो व्यक्त
Tuesday, 10.15.2019, 11:33am (GMT+5.5)

टर्कीले उत्तरपूर्वी सिरियामा हवाई आक्रमणलाई बढाएपछि उक्त क्षेत्रमा रहेका शिविरहरूमा लामो समयदेखि बस्दै आएका जिहादीका सयौँ आफन्तजन शिविरबाट भागेका समाचारहरू आइरहँदा यसप्रति फ्रान्सले चासो व्यक्त गरेको छ ।
विगत केही दिनयता टर्कीले उक्त क्षेत्रमा हवाई आक्रमण गरेको छ भने यसका कारण कम्तीमा २८ सिरियाली कूर्दिस सर्वसाधारणको मृत्यु भएको छ ।
सिरियाली द्वन्द्वका कारण शिविरमा बस्दै आएका उनीहरूले टर्कीले चलाएको पछिल्लो कारबाहीपछि जीवन जोगाउनका लागि नै भागेका बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको छ । 
यसैबीच फ्रान्सले शिविरबाट भागेका कूर्दका विदेशी आफन्तहरू जिहादी रहेका र उनीहरूलाई शिविरबाट भाग्न बाध्य पारिएपछि आउनसक्ने गतिविधिप्रति टर्की जिम्मेवार बन्नुपर्छ,” फ्रान्स सरकारका प्रवक्ता सिवेथ नादियले फ्रान्स थ्री टेलिभिजनसँग भन्नुभयो । शिविरमा देखिएको भागाभागको स्थितिलाई तत्काल नियन्त्रणमा ल्याउनुपर्ने उहाँको धारणा थियो ।
विगत चार दिनमा टर्कीले सिरियाली सिमानामा गरेको हवाई आक्रमणमा परी मृत्यु हुने सर्वसाधारणको सङ्ख्या २८ पुगेको र शनिबार कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको थियो । 

अमेरिकाले करीब एक हजार सैनिक सिरियाबाट फिर्ता गर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा तैनाथ करीब एक हजार सैनिकलाई फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
टर्कीको आक्रमणका कारण उत्तरी सिरियाबाट एक लाख ३० हजार कुर्द नागरिक विस्थापित भएको समाचार आइरहेका समय अमेरिकाको भनाइ बाहिरिएको हो ।
आइतबार अमेरिकी रक्षा मन्त्री मार्क एस्परले भन्नुभयो, “राष्ट्रपति ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्नका लागि निर्देशन दिनुभएको छ ।” करीब एक हजार अमेरिकी सैनिकलाई सिरियाबाट फिर्ता बोलाउन लागिएको उहाँले बताउनुभयो ।
रक्षा मन्त्री एस्परले सीबीएसको फेस द नेसनसँगको कुराकानीमा भन्नुभयो, “अमेरिकी राष्ट्रिय सुरक्षा टोलीसँगको छलफलपछि मैले राष्ट्रपतिसँग शनिबार राति कुराकानी गरेँ । उहाँले विचारपूर्वक अमेरिकी सैनिकलाई उत्तरी सिरियाबाट फिर्ता बोलाउन निर्देशन दिनुभएको छ ।” 
सिरियाबाट एक हजारको हाराहारीमा सैनिक फिर्ता गरिन लागेको उहाँले फक्स न्यूजसँगको कुराकानीमा पनि बताउनुभयो ।
मैले समयसीमा दिन सक्दिन किनकी यो समयसँगै परिवर्तन पनि हुनसक्छ । हामीले यो पक्का गर्ने छौँ कि सैनिक टुकडीको फिर्ता सुरक्षित र सावधानीपूर्वक गरिने छ ।
सिरियाको उत्तरी क्षेत्रमा अमेरिकी सहयोगमा कुर्दहरूले टर्कीका साथै सिरियाली सरकारसँग प्रतिरोध गर्दै आएका थिए । सिरियाली कुर्दहरूलाई ‘आतङ्कवादी’ बताउने टर्कीले गत बुधबारदेखि हवाई आक्रमण चलाएको छ । सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति आलोचना गर्नेहरूले अमेरिकाले आफ्ना इमान्दार सहयोगीलाई त्याग्नु गलत भएको बताएका छन् । सिरियाली कुर्दहरूले पनि अमेरिकाले सहयोग नगरेर आफूहरूलाई बीचमा धोका दिन लागेको बताएका रिपोर्टहरू सञ्चारमाध्यमहरूमा आएका छन् ।
यसैबीच संयुक्त राष्ट्रसङ्घ मानवीय सहयोगमामिला निकाय ओसीएचएले भनेको छ, “टर्कीले पछिल्ला केही दिन यता गरेको हवाई आक्रमणका कारण त्रसित एक लाख ३० हजार सिरियाली कुर्दहरू जीवन जोगाउन कै लागि आफ्नो गाउँ र समुदायलाई छोडेर भागेका छन् ।” 


Rating (Votes: )   
Share     Print


Other Articles:
स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह (10.02.2019)
बेहुलीले जन्ती लिएर बेहुलाकोमा गएपछि (09.25.2019)
इरानले ग¥यो खाडी क्षेत्रको सुरक्षाको दावी (09.25.2019)
चिकित्सकको घरमा दुई हजार मानव भ्रुणका अवशेष (09.17.2019)
अमेरिका–तालिबान वार्ता सङ्कटमा, ट्रम्प भन्नुहुन्छ, “क्याम्प डेभिड गोप्य बैठक रद्द” (09.10.2019)
काश्मिर : स्वतन्त्रता दिवस हुँदै राष्ट्रसङ्घीय सुरक्षा परिषद्सम्म (08.20.2019)
भारतले थप्यो काश्मिरमा १० हजार सैनिक, स्थानीय त्रसित (07.30.2019)
अफगानिस्तानमा सुरु भो निर्वाचनको चहलपहल (07.30.2019)
महिला सांसदले राष्ट्रसँग माफी माग्नुपर्छ- ट्रम्प (07.22.2019)
चीन भन्छ- अमेरिका इरान वार्ता गर (06.18.2019)
चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू (06.05.2019)
एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन (05.28.2019)
शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम (05.28.2019)
स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी (04.30.2019)
श्रीलंकामा आतंकवादी हमला २ सय ९० जनाको मृत्यु (04.25.2019)
अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा (04.16.2019)
अमेरिकी नयाँ प्रतिबन्धविरूद्ध उभिने भेनेजुयलाको चेतावनी (04.10.2019)
अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा (04.10.2019)
सीमा बन्द गर्ने ट्रम्पको चेतावनी (04.04.2019)
थाइल्यान्डमा ८० प्रतिशत मतदान (03.28.2019)



 
::| Latest News

 
[Page Top]