युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 09:15pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
गद्दी आरोहणको खुशियालीमा राष्ट्रिय उत्सव
Thursday, 11.14.2019, 11:45am (GMT+5.5)

जापानका सम्राट नारूहितोको गद्दी आरोहणको खुशियाली मनाउन शनिबार टोकियोस्थित ‘इम्पेरियल प्यालेस प्लाजा’ मा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा नर्तकी तथा प्रसिद्ध गायकगायिककाहरूले खुशियाली व्यक्त गर्दै आफ्ना प्रस्तुती गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रम हेर्नका लागि करीब २० हजार पाहुनालाई आमन्त्रण गरिएको थियो भने १० हजार नागरिकले टिकट लिएका थिए ।
जापानका सम्राट नारूहितोको अक्टोबर २२ मा भएको गद्दी आरोहणपछि जापानी परम्परा अनुसार उक्त सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । जापानी झण्डा फहराउँदै सम्राट नारूहितालाई प्रत्यक्ष अभिनन्दन गरिरहेका दर्शकलाई सम्बोधन गर्दै आफूलाई बधाइ दिन जम्मा भएका सबैप्रति आभार प्रकट गर्नुभएको थियो । कार्यक्रमलाई प्रधानमन्त्री सिन्जो आवे लगायतका उच्च अधिकारीहरूले सम्बोधन गरेका थिए ।
जे–पप ग्रुप आरसीले कार्यक्रमका लागि तयार पारेका प्रस्तुतीद्वारा दर्शकलाई मनोरञ्जन दिनुका साथै सम्राट नारूहितोको सफलताका लागि कामना गरिएको थियो । त्यस्तै जापानी संस्कृति झल्किने नाच तथा सांस्कृतिक प्रस्तुतीले हलमा रहेका करीब ३० हजार दर्शकलाई कार्यक्रमस्थलमा मनोरन्जन प्रदान गरिएको थियो ।
यसै गरी आइतबार सम्राट नारूहितोको गद्दी आरोहणको सन्दर्भमा आँधीका कारण स्थगित भएको राजकीय जुलुससम्पन्न भएको छ । गद्दी आरोहण कै प्रक्रियान्तर्गत जापानी राज परम्पराअनुसार हुने कवाजसहितको जुलुस दरबारबाट करिब ४.६ किलोमिटरको दुरी पार गरी राजदम्पतिको निवासमा पुगी सम्पन्न भएको हो ।
आइतबारको कार्यक्रममा हजारौँ नागरिकले राजदम्पतिलाई अभिनन्दन गरेका दृश्यहरू जापानी टेलिभिजन एनएचकेले प्रत्यक्ष देखाएको थियो । समारोहमा प्रधानमन्त्री सिन्जो आवे, राजकुमार अकिसिनोलगायतका उच्चपदस्थ अधिकारीको सहभागिता थियो । शहरका सडकका दुई किनारामा बसेका नागरिकले राजदम्पतिलाई अभिनन्दन गर्न पाउँदा निकै खुशी देखिएका थिए ।
राजकीय जुलुसमा नागरिकद्वारा राजदम्पतिलार्ई स्वागत गर्ने जापानी परम्परा हो । यससँगै गद्दी आरोहणका सम्पूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।
राजगद्दी आरोहणका अन्य औपचारिक कार्यक्रम यस पहिले नै सम्पन्न भइसके पनि जापानमा करिब ८० जनाको ज्यान जानेगरी गत महिना आएको आँधीका कारण परेड तथा राजकीय जुलुस स्थगित गरिएको थियो ।
शनिबार राति राजदरबारमा एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । २० हजार पाहुनालाई आमन्त्रण गरिएको कार्यक्रममा २६ हजार दर्शक सहभागी भएका थिए ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउन आदेश (11.14.2019)
नौ भारतीय सैनिक मारिएका पाकिस्तानी सेनाको दावी (10.22.2019)
आईएसका आफन्त भागेपछि फ्रान्सद्वारा चासो व्यक्त (10.15.2019)
स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह (10.02.2019)
बेहुलीले जन्ती लिएर बेहुलाकोमा गएपछि (09.25.2019)
इरानले ग¥यो खाडी क्षेत्रको सुरक्षाको दावी (09.25.2019)
चिकित्सकको घरमा दुई हजार मानव भ्रुणका अवशेष (09.17.2019)
अमेरिका–तालिबान वार्ता सङ्कटमा, ट्रम्प भन्नुहुन्छ, “क्याम्प डेभिड गोप्य बैठक रद्द” (09.10.2019)
काश्मिर : स्वतन्त्रता दिवस हुँदै राष्ट्रसङ्घीय सुरक्षा परिषद्सम्म (08.20.2019)
भारतले थप्यो काश्मिरमा १० हजार सैनिक, स्थानीय त्रसित (07.30.2019)
अफगानिस्तानमा सुरु भो निर्वाचनको चहलपहल (07.30.2019)
महिला सांसदले राष्ट्रसँग माफी माग्नुपर्छ- ट्रम्प (07.22.2019)
चीन भन्छ- अमेरिका इरान वार्ता गर (06.18.2019)
चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू (06.05.2019)
शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम (05.28.2019)
एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन (05.28.2019)
स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी (04.30.2019)
श्रीलंकामा आतंकवादी हमला २ सय ९० जनाको मृत्यु (04.25.2019)
अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा (04.16.2019)
अमेरिकी नयाँ प्रतिबन्धविरूद्ध उभिने भेनेजुयलाको चेतावनी (04.10.2019)



 
::| Latest News

 
[Page Top]