युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 10:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
वेपत्ता भनिएका पवार सकुशल रहेको जानकारी
Wednesday, 11.27.2019, 10:40am (GMT+5.5)

राष्ट्रवादी काङ्ग्रेसका नेता नितिन पवारले सामाजिक सञ्जालमार्फत् एक भिडियो पोस्ट गर्दै आफू सकुशल रहेको बताउनुभएको छ । उहाँले आफन्त, शुभेच्छुक र परिवारलाई आफ्नो बारेमा कुनै चिन्ता नलिन उक्त भिडियोमा अनुरोध गर्नुभएको हो ।
उहाँको परिवारले शनिबार पार्टी बैठकका लागि भन्दै घरबाट निस्केका पवार परिवारको सम्पर्कमा नआएको भन्दै महाराष्ट्रको पञ्चावती प्रहरी स्टेशनमा छोराले खोजीका लागि निवेदन दिनुभएको थियो ।
भिडियोमा भनिएको छ, “मेरो परिवार र शुभेच्छुकलाई मेरो बारेमा कुनै चिन्ता नलिन आग्रह गर्दछु । म शरद पवार, अजित पवार र छगन भुजबलको साथमा छु ।” 
“मेरो बारेमा परिवार र आफन्तले अन्यथा सोच्नु पर्दैन,” भिडियोमा भनिएको छ । नितिनले महाराष्ट्रको काल्वन निर्वाचन क्षेत्रबाट विधानसभामा निर्वाचित हुनुभएको थियो । 
महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारीले शनिबार बिहानै भाजपाका देवेन्द्र फडणवीसलाई राज्यको मुख्यमन्त्री तथा राष्ट्रवादी काँग्रेस पार्टी (एनसीपी) का अजित पवारलाई उपमुख्यमन्त्रीको शपथ दिलाएपछि देखिएको फरक राजनीतिक सन्दर्भ र विधानसभामा नेतृत्व गर्ने नितिन परिवारको सम्पर्कभन्दा बाहिर भएपछि नितिनका छोराले आफ्ना पितालाई खोज्न निवेदन दिएका थिए ।
महाराष्ट्रमा भारतीय काँग्रेस (काँग्रेस–आई), शिवसेना र राष्ट्रवादी काँग्रेसको गठबन्धन सरकार बन्ने हल्ला चलिरहेका समय राष्ट्रवादीका केही नेताले अजित पवारलाई उपमुख्यमन्त्रीमा पठाएका थिए । अजितले उपमुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ खाइसक्नुभएको छ ।
तर शपथ लगत्तै राष्ट्रवादी कांग्रेस पार्टीका अध्यक्ष शरद पवारले भाजपालाई सरकार बनाउन समर्थन दिने निर्णय पार्टीको नभई अजित पवारको व्यक्तिगत फैसला रहेको बताउनुभएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
गद्दी आरोहणको खुशियालीमा राष्ट्रिय उत्सव (11.14.2019)
अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउन आदेश (11.14.2019)
नौ भारतीय सैनिक मारिएका पाकिस्तानी सेनाको दावी (10.22.2019)
आईएसका आफन्त भागेपछि फ्रान्सद्वारा चासो व्यक्त (10.15.2019)
स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह (10.02.2019)
बेहुलीले जन्ती लिएर बेहुलाकोमा गएपछि (09.25.2019)
इरानले ग¥यो खाडी क्षेत्रको सुरक्षाको दावी (09.25.2019)
चिकित्सकको घरमा दुई हजार मानव भ्रुणका अवशेष (09.17.2019)
अमेरिका–तालिबान वार्ता सङ्कटमा, ट्रम्प भन्नुहुन्छ, “क्याम्प डेभिड गोप्य बैठक रद्द” (09.10.2019)
काश्मिर : स्वतन्त्रता दिवस हुँदै राष्ट्रसङ्घीय सुरक्षा परिषद्सम्म (08.20.2019)
भारतले थप्यो काश्मिरमा १० हजार सैनिक, स्थानीय त्रसित (07.30.2019)
अफगानिस्तानमा सुरु भो निर्वाचनको चहलपहल (07.30.2019)
महिला सांसदले राष्ट्रसँग माफी माग्नुपर्छ- ट्रम्प (07.22.2019)
चीन भन्छ- अमेरिका इरान वार्ता गर (06.18.2019)
चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू (06.05.2019)
एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन (05.28.2019)
शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम (05.28.2019)
स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी (04.30.2019)
श्रीलंकामा आतंकवादी हमला २ सय ९० जनाको मृत्यु (04.25.2019)
अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा (04.16.2019)



 
::| Latest News

 
[Page Top]