युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 10:13pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
भाइ राष्ट्रपति पूर्व राष्ट्रपति दाइ प्रधानमन्त्री
Wednesday, 11.27.2019, 10:42am (GMT+5.5)

श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । गत बिहिबार प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले शपथग्रहण गर्नुभएको छ ।
परिवर्तित राजनीतिक सन्दर्भमा देशको नेतृत्वका लागि मार्ग प्रशस्त गर्दै निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बुधबार राजीनामा दिनुभएको थियो । बुधबार नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षले भूतपूर्व राष्ट्रपति आफ्नै दाजुलाई प्रधानमन्त्रीका लागि बुधबार नै सिफारिस गर्नुभएको थियो । 
प्रधानमन्त्रीमा नियुक्त हुनुभएका राजापक्षे यसअघि झण्डै दश वर्ष राष्ट्रपति हुनुभएको थियो । सन् २००५ देखि २०१५ सम्म उहाँले राष्ट्रपतिका रुपमा श्रीलङ्कामा शासन गर्नु भएको थियो ।
यसअघि बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजिनामाको घोषणा गर्नुभएको थियो । नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन उहाँले राजिनामा दिनु भएको हो ।
राजिनामा दिने बारेमा विक्रमासिङ्घेले मङ्गलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गर्नुभएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिङ्घेले राष्ट्रपति राजापाक्षेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको समाचारमा जनाइएको छ ।
विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले आफ्नै दाई महिन्दालाई प्रधानमन्त्री बनाउनु भएको हो । महिन्दा नेतृत्वको नयाँ सरकारको मन्त्रीमण्डल सानो आकारको हुने जनाइएको छ ।
सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रीपरिषद् मात्रै रहने अनुमान गरिएको छ । श्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्री सबै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन् । 
तत्कालिन सत्तारुढ दल युनाइडेट नेसनल पार्टी (युडीपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्नु भएका सजिथ प्रेमादासलाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बन्नु भएको हो । पराजित हुनुभएका प्रेमादास भने ५३ बर्षको हुनुहन्छ । 
निर्वाचनका बेला उम्मेदवारले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्युनिकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए । अन्तरराष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिने गर्नुभएको थियो ।
झण्डै दश बर्ष अगाडि रक्षा सचिव रहेका बेला तमिल टाईगर्सको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका राजापाक्षे राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहनु भएका राजापाक्षे दाई महिन्दा राष्ट्रपति भएका बेला रक्षा सचिव बन्नु भएको थियो । 
नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा गत शनिबार मतदान भएको थियो भने मत परिणाम आइतबार घोषणा गरिएको थियो । निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशाप्रियाले शनिबार भएको मतदानका क्रममा कुल मतदातामध्ये झण्डै ८० प्रतिशत मतदाता सहभागी भएको बताउनुभयो ।  
मतदानका लागि देशभरी १२ हजारभन्दा बढी मतदान केन्द्र राखिएको थियो भने ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका थिए भने ३५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । 


Rating (Votes: )   
Share     Print


Other Articles:
वेपत्ता भनिएका पवार सकुशल रहेको जानकारी (11.27.2019)
गद्दी आरोहणको खुशियालीमा राष्ट्रिय उत्सव (11.14.2019)
अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउन आदेश (11.14.2019)
नौ भारतीय सैनिक मारिएका पाकिस्तानी सेनाको दावी (10.22.2019)
आईएसका आफन्त भागेपछि फ्रान्सद्वारा चासो व्यक्त (10.15.2019)
स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह (10.02.2019)
बेहुलीले जन्ती लिएर बेहुलाकोमा गएपछि (09.25.2019)
इरानले ग¥यो खाडी क्षेत्रको सुरक्षाको दावी (09.25.2019)
चिकित्सकको घरमा दुई हजार मानव भ्रुणका अवशेष (09.17.2019)
अमेरिका–तालिबान वार्ता सङ्कटमा, ट्रम्प भन्नुहुन्छ, “क्याम्प डेभिड गोप्य बैठक रद्द” (09.10.2019)
काश्मिर : स्वतन्त्रता दिवस हुँदै राष्ट्रसङ्घीय सुरक्षा परिषद्सम्म (08.20.2019)
भारतले थप्यो काश्मिरमा १० हजार सैनिक, स्थानीय त्रसित (07.30.2019)
अफगानिस्तानमा सुरु भो निर्वाचनको चहलपहल (07.30.2019)
महिला सांसदले राष्ट्रसँग माफी माग्नुपर्छ- ट्रम्प (07.22.2019)
चीन भन्छ- अमेरिका इरान वार्ता गर (06.18.2019)
चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू (06.05.2019)
शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम (05.28.2019)
एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन (05.28.2019)
स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी (04.30.2019)
श्रीलंकामा आतंकवादी हमला २ सय ९० जनाको मृत्यु (04.25.2019)



 
::| Latest News

 
[Page Top]